निर्णय नं. १११३८ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११३८ - अंश चलन भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/१२/०९ ३२१३ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय का।मु।प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा। श्री कुमार चुडाल फैसला मिति स् २०७९।१२।९ मुद्दाः अंश चलन ०७९(म्ँ(०००५ पुनरावेदकरवादी स् स्व। खुवराम अग्रवालको नाति, स्व। मुरलीधर अग्रवालको छोरा, जिल्ला सुनसरी, धरान नगरपालिका, वडा नं। ५ बस्ने भगवानदास अग्रवाल विरूद्ध प्रत्यर्थीरप्रतिवादी स् स्व। खुवराम अग्रवालको नाति, स्व। मुरलीधर अग्रवालको छोरा, जिल्ला सुनसरी, धरान नगरपालिका, वडा नं। ५ बस्ने मनोहरलाल अग्रवालसमेत ०७९(म्ँ(०००६ पुनरावेदकरप्रतिवादी स् स्व। मुरलीधर अग्रवालको छोरा, जिल्ला सुनसरी, धरान नगरपालिका, वडा नं। ५ महेन्द्रपथ बस्ने मनोहरलाल अग्रवाल विरूद्ध प्रत्यर्थीरवादी स् जिल्ला मोरङ, धरान नगरपालिका, वडा नं।५ बस्ने भगवानदास अग्रवाल निजी आर्जनको भनी पुष्टि भइसकेको सम्पत्ति र सगोलमा रहेको भनी दाबी गरिएका सम्पत्तिहरू विभिन्न स्वरूपमा रही अस्तित्वसमेत भिन्नै रहने हुन्छ भने अस्तित्वसँगै उक्त सम्पत्तिहरूको मोल पनि फरक हुने । यसबाट सगोलको सम्पत्ति अर्थात् सगोलको जग्गामा घर निर्माण गर्दा उक्त घरसमेत सगोलकै मानिएमा उक्त घर निर्माण गर्ने पक्षलाई अन्याय पर्न जाने । अलग अस्तित्व र मोल कायम भएको सम्पत्तिउपरको अधिकार पनि अलगअलग हुनसक्ने । निजी आर्जन गरेका वा निजी आर्जनबाट घर निर्माण गरेका पक्षले स्वस्फूर्त रूपमा आफ्नो निजी आर्जनको सम्पत्ति अन्य पक्षलाई हस्तान्तरण गरे वा आफ्नो स्वामित्व त्याग गरेमा मात्र स्वामित्वमा परिवर्तन आई उक्त सम्पत्ति सगोलको कायम हुनसक्ने हो । तर निजी आर्जन गरेको व्यक्तिले सो सम्पत्तिमा आफ्नो स्वामित्व त्याग नगरेसम्मको अवस्थामा उक्त सम्पत्ति निजी नै हुने । सगोलको सम्पत्तिमा घर निजी आर्जनको स्रोतबाट निर्माण भएको सप्रमाण पुष्टि भए घर निजी नै कायम हुने र सो पुष्टि हुन नसकेमा घर पनि सगोलकै कायम हुने । ९प्रकरण नं। २१० वादीका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ता श्री राघवलाल वैद्य तथा विद्वान् अधिवक्ताद्वय श्री लक्ष्मण शर्मा न्यौपाने र श्री प्रदीपकुमार राजवंशीले वादी प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विश्वप्रकाश सिग्देल, श्री हरिहर दाहाल र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री विमल ढकाल प्रत्यर्थीरवादीका तर्फबाट स् अवलम्बित नजिर स् ने।का।प।२०४१, अङ्क २, नि।नं।१९०४ ने।का।प।२०४४, अङ्क ३, नि।नं।३०१५ ने।का।प।२०४५, अङ्क ६, नि।नं।३५०२ ने।का।प।२०४६, अङ्क ९, नि।नं।३९४२ ने।का।प। २०५५, अङ्क १०, नि।नं।६६१८ ने।का।प।२०६०, अङ्क ९, नि।नं।७२६५ ने।का।प।२०५३, अङ्क ५, नि।नं। ६१९४ ने।का।प।२०५४, अङ्क १, नि।नं।६३०३ ने।का।प।२०५५, अङ्क ६, नि।नं।६५५३ ने।का।प।२०५२, अङ्क १२, नि।नं।६११४ ने।का।प।२०७५, अङ्क ६, नि।नं।१००३५ ने।का।प।२०७५, नि।नं।१००३५ सम्बद्ध कानून स् प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने स् मा। न्या। श्री शेखरप्रसाद पौडेल सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने स् मा। मु। न्या। श्री भुपध्वज अधिकारी मा। न्या। श्री जनार्दनबहादुर खडका पुनरावेदन अदालत विराटनगर यस अदालतमा फैसला गर्ने स् मा।न्या। श्री ईश्वरप्रसाद खतिवडा मा। न्या। श्री नहकुल सुवेदी फैसला न्या। सुष्मालता माथेमा स् न्याय प्रशासन ऐन, २०४८ को दफा १२९१० बमोजिम यस अदालत