निर्णय नं. १११४१ - लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११४१ - लिखत दर्ता बदर भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०५/३० १७०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति: २०७९।५।३० ०७४-CI-०७७९ मुद्दाः- लिखत दर्ता बदर पुनरावेदक/प्रतिवादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने राजकुमार चौधरी (कुर्मी) विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ बस्ने शिवकुमार चौधरी (कुर्मी) वादी प्रतिवादीहरूका बिचमा अंशबन्डा नभएको अवस्थामा एकासगोलको सम्पत्ति अन्य व्यक्तिहरूलाई बेचबिखन गरी हक हस्तान्तरण गर्दा अन्य हकदारको समेत मन्जुरी लिनुपर्ने कानूनी व्यवस्था रहे भएकोमा वादीको मन्जुरी नलिई पुनरावेदक प्रतिवादीले राजीनामा पारित गरिदिएको लिखतमध्ये वादीको हकको हदसम्म उक्त लिखतले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री मञ्जुल गौतम प्रत्यर्थी/वादीका तर्फबाट : वरिष्ठ विद्वान् अधिवक्ता श्री इश्वरी भट्टराई तथा विद्वान् अधिवक्ता श्री ओजस्वी भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री मुरारीबाबु श्रेष्ठ रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री ईश्वरराज आचार्य मा. न्या. श्री शान्ता सेढाई सापकोटा उच्च अदालत तुलसीपुर बुटवल इजलास फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड विपक्षीहरू आपसमा मिली मेरोसमेत अंश हक लाग्ने जग्गा मलाई कुनै जानकारी नदिई गुपचुपमा जालसाजीबाट नन्दलाल कुर्मीले राजकुमारको नाममा बकसपत्र पारित गरिदिएको र राजकुमार चौधरीले केशरी चमार र कपिलदेव न्यौपानेलाई बिक्री गरेको कार्यले मलाई नोक्सान हुने र विपक्षीहरूले आफूलाई फाइदा हुने कार्य गरेको हुँदा विपक्षीहरूलाई झिकी बुझी विपक्षी राजकुमार चौधरीले विपक्षी केशरी चमारलाई राजीनामा पारित गरिदिएको जिल्ला रूपन्देही पटखौली गा.वि.स. वडा नं. ६ कि.नं. ६७ को ०-३-१६ जग्गामध्ये दक्षिणबाट ज.वि. ०-०-१२३/४ जग्गाको मिति २०७०।१०।२२ को राजीनामा लिखत र दर्ता बदर गरी मेरो नाममा नामसारी दर्ता गराइपाउँ भन्ने बेहोराको फिरादपत्र । सम्पूर्ण फिराद दाबी झुठ्ठा हो । वादी जगन्नाथको छोरा होइनन् । विपक्षी वादी म जगन्नाथको छोरा होइनन् । विपक्षी वादी म प्रतिवादीको घनिष्ठ सम्बन्ध भएकोले मैले वादीको नागरिकता निकाल्ने काममा साक्षी बसी सहयोग गरिदिएको हो । वादीले मेरो रकम लिई मलाई सो रकम फिर्ता नगरी धोका दिने काम गरेका छन् । विपक्षीको कारण मलाई ऋणसमेत लागेको छ । वादी हाम्रो परिवारको सदस्य होइनन् । जग्गा खरिद बिक्री गर्दा वादीसँग मन्जुरी लिनुपर्ने अवस्था छैन वादीको झुठ्ठा दाबीबाट अलग फुर्सद दिलाइपाउँ भन्नेसमेत बेहोराको राजकुमार चौधरीको प्रतिउत्तरपत्र । प्रतिवादी केशरी चमारको नामको म्याद निज प्रतिवादीले हातैमा बुझी तामेल भएकोमा निजले प्रतिउत्तरपत्र नदिएको । अदालतको आदेशानुसार दिने राजकुमार चौधरी र लिने केशरी चमार भएको मिति २०७०।१०।२२ र.नं. ३८९०ग को राजीनामा लिखतको प्रमाणित प्रतिलिपि प्राप्त भई मिसिल सामेल रहेको । प्रतिवादी राजकुमार चौधरी कुर्मीले प्रतिवादी केशरी चमा