निर्णय नं. १११४३ - लागु औषध (इन्जेक्सन)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११४३ - लागु औषध (इन्जेक्सन) भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०५/३० १८८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।५।३० ०७२-CR -२०७३ मुद्दाः लागु औषध (इन्जेक्सन) पुनरावेदक/वादी : प्र.नि.केदारराज पन्तको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला काठमाडौं गोलढुङ्गा गा.वि.स. वडा नं.२ बस्ने राजु महर्जन एउटा व्यक्तिको नामको फोन सिम अर्को व्यक्तिले प्रयोग गर्नै नसक्ने भन्ने कुनै अकाट्य व्यवस्था रहेको नदेखिने । सहप्रतिवादीले उल्लेख गरेको फोन नम्बर प्रतिवादीको नाममा जारी भएको देखिएको एउटा मात्र आधारले प्रतिवादीउपरको कसुर प्रमाणित भएको मान्न नसकिने । (प्रकरण नं. ४) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री बुद्धिप्रसाद खरेल र श्री दानबहादुर बुढा अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहको फैसला गर्ने : मा. जि.न्या. श्री कमलराज विष्ट रूपन्देही जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : मा. न्या. श्री टीकाबहादुर हमाल मा. न्या. श्री रामचन्द्र यादव पुनरावेदन अदालत बुटवल फैसला न्या. तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम दर्ता भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र परी आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । मुद्दाको सङ्क्षिप्त तथ्य जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ बसपार्क भन्ने स्थानको पूर्वमा भैरहवा बसपार्क जाने पक्की सडक, पश्चिम पर्वत गेष्ट हाउस, उत्तर बुटवलतर्फ जाने पक्की सडक, दक्षिण बेलहियातर्फ जाने पक्की सडक यति चार किल्लाभित्र पर्ने बसपार्क भन्ने स्थानमा जिल्ला पाल्पा दोभान गा.वि.स वडा नं. ५ बस्ने वर्ष २० को शंकर गुरूङ दक्षिणबाट उत्तरतर्फ पैदल आइरहेको अवस्थामा निजको शरीर खानतलासी गर्दा निजको छातीमुनि पेटको भागमा र दुवै तिघ्रासमेतमा सेतो टेपले बाँधेर लुकाइ छिपाइ राखेको अवस्थामा लागु औषध २।२ एमएलको झोलसहितको डाइजेपाम १०० सिसी, फेनरागन १०० सिसी र लुपिजेसिक १०० सिसी फेला परेको भन्नेसमेत बेहोराको खानतलासी एंव बरामदी मुचुल्का । मिति २०६९।४।२ गतेका दिन अं.१७:३० बजेको समयमा जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ स्थित बसपार्क भन्ने स्थानमा शङ्कित अवस्थामा हिँडिरहेका शंकर गुरूङको शरीर खानतलासी गर्दाका अवस्थामा निजको शरीरबाट लागु औषध डाइजेपाम १०० सिसी, फेनारगन १०० सिसी र लुपिजेसिक १०० सिसी फेला परेको हुँदा निजलाई पक्राउ गरी यसै प्रतिवेदनसाथ दाखिल गरेका छौं भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । मिति २०६९।४।२ गतेका दिन अं.१७:३० बजेको समयमा प्रतिवादी शंकर गुरूङको साथबाट बरामद हुन आएको लागु औषध डाइजेपाम, फेनरागन र लुपिजेसिक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, रूपन्देही जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई ५/५ सिसीका दरले नमुना छुट्ट्याइएको नमुना मुचुल्का । मिति २०६९।४।२ गतेका दिन म भैरहवाबाट भारतको सुनौली बजारमा रहेको किशान मेडिकलअगाडि आइपुग्दा मलाई सो मेडिकलका सञ्चालक रेहान मुसलमानले काठमाडौंमा लागु औषध पुर्‍याउनु छ भनी नगद रू. १५००।– दिई सामान