निर्णय नं. १११४४ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११४४ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०८/०६ १९५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना आदेश मिति : २०७९।०८।०६ ०७८-WO-१२०१ मुद्दा : उत्प्रेषणसमेत निवेदक : ध्रुवनारायण झाको छोरी धनुषा जिल्ला, विदेह नगरपालिका वडा नं. ३ बस्ने निक्कीकुमारी झा विरूद्ध विपक्षी : नेपाल सरकार, गृह मन्त्रालय सिंहदरबार, काठमाडौंसमेत मौलिक हक उपभोग गर्ने, रोजगार प्राप्त गर्ने, सार्वजनिक पद धारण गर्ने, राजनीतिक अधिकार उपभोग गर्ने, सामाजिक सुरक्षा प्राप्त गर्ने र मतदान गर्ने आदि विभिन्न मौलिक हकहरू राज्यले आफ्ना नागरिकलाई प्रदान गर्दछ । राजनीतिक हक नागरिकबाहेक अन्य व्यक्तिलाई प्राप्त हुँदैन । नागरिकता व्यक्तिको व्यक्तिगत पहिचानसँग जोडिएको अत्यन्त संवेदनशील विषय हुँदा सारभूतरूपमा नागरिक हो भन्ने देखिएको स्थितिमा कार्यविधिको स-सानो अत्तो थापेर समस्यामा पार्नु न्यायपूर्ण नहुने । (प्रकरण नं. ७) कानूनबमोजिम अधिकारप्राप्त अधिकारीद्वारा आफ्नो कानूनी कर्तव्य पूरा गर्नुपर्ने । सो नगर्नु समानता विरूद्ध मात्र होइन समन्यायको समेत बर्खिलाप हुने । निवेदकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको भनेबाट विपक्षी कार्यालय आफैँ संवेदनशील भई सो विषयवस्तुलाई हेर्नु वाञ्छनीय देखिने । (प्रकरण नं. १०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुषमा गौतम विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री पुष्पराज बास्तोला अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क २, नि.नं.८५५७, पृ. १५५ ने.का.प. २०६८, नि.नं.८५५७, अङ्क २ पृष्ठ २४७ सम्बद्ध कानून : नेपालको संविधान नागरिकतासम्बन्धी ऐन, २०६३ फैसला न्या.डा.आनन्दमोहन भट्टराई: नेपालको संविधानको धारा ४६ तथा धारा १३३ (२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवं आदेश यस प्रकार छः तथ्य खण्ड धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. १० बस्ने बुबा ध्रुव नारायण झा तथा आमा सुनैना देवी झाको कोखबाट मिति २०५४।१०।१५ मा आफ्नै घरमा जन्म भएको हो । मेरो बुबा र आमा दुवै नेपाली नागरिक हुनुहुन्छ । आमाले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ भने बुबाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । म निवेदक नेपालमा जन्मी नेपालमै स्नातक तहसम्मको अध्ययन पूरा गरी रोजगारीको साथै उच्च शिक्षा अध्ययनको लागि प्रयासरत रहेको छु । मसँग नागरिकताको प्रमाणपत्र नहुँदा मैले रोजगारीको लागि कुनै प्रतिस्पर्धामा भाग लिन, उच्च शिक्षा अध्ययनको लागि भर्ना हुन, बैंक खाता खोल्न साथै PAN नम्बर लिन नसक्दा धेरै अवसरहरू गुमाएको बेहोरा निवेदन गर्दछु । नागरिकता प्रमाणपत्रको अभावमा आफ्नो मताधिकारबाट समेत वञ्चित भएको छु । म निवेदकको मिति २०७५।१०।४ गते धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ३ बस्ने राहुल कुमार झासँग विवाह भएको अवगत गराउन चाहन्छु । मिति २०७६।२।२६गते स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा हाम्रो विवाह दर्ता गरेका छौं । मलाई स्नातकोत्तर तहको प्रवेश परीक्षामा सामेल हुन नागरिकताको आवश्यकता परेको हुँदा नागरिकता प्रमाणपत्र बनाउन अनुसूची १ को फाराम भरी सो अनुसूची फाराममा वडा कार्यालयले सिफारिस गरेको हुँदा सो सिफारिससहित मेरो विवाह दर्ता प्रमाणपत्र, पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मेरो आमा र बुबाको नागरिकता प्रमाणपत्र त