निर्णय नं. १११४६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११४६ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०८०/०२/०९ २६०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।०२।०९ मुद्दाः- कर्तव्य ज्यान ०७७-CR-०९३८ पुनरावेदक / प्रतिवादी : रामबहादुर थापाको छोरा, साबिक जिल्ला प्युठान, धर्मावती गा.वि.स. वडा नं.२ घर भई जिल्ला दाङ, राप्ती गाउँपालिका, वडा नं.१ बस्ने हाल कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेको संजितकुमार थापा विरूद्ध प्रत्यर्थी / वादी : रामबहादुर कार्कीको जाहेरीले नेपाल सरकार ०७५-CR-११७५ पुनरावेदक / वादी : जिल्ला ओखलढुङ्गा, मोलुङ गाउँपालिका, वडा नं.३ बस्ने रामबहादुर कार्कीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला प्युठान, ओखलढुङ्गा धर्मावती गा.वि.स. वडा नं.२ घर भई हाल दाङ जिल्ला, राप्ती गाउँपालिका, वडा नं.१ बस्ने रामबहादुर थापाको छोरा हाल कारागार कार्यालय ओखलढुङ्गामा थुनामा रहेको संजितकुमार थापा निर्दयतापूर्वक कसैले कसैलाई हारगुहार र भाग्न उम्कनसमेत नपाउने गरी पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिई जोखिमी हतियारले हानी, घोची, रोपी, करेन्ट लगाई, तेजाव खन्याई, आगो लगाई, विष खुवाई, मृतकलाई मानसिक पीडा पुग्ने काल्पनिक झुठा कुरा सुनाइ वा अरू कुनै तरिकाबाट मृतकलाई शारीरिक वा मानसिक रूपमा पीडा पुर्याई कुनै व्यक्तिलाई मार्नुअघि वा पछि शरीरका विभिन्न अङ्ग वा भागहरू छुट्याई टुक्रा पारी पासविक ढङ्गले उल्लिखित कुनै वा सबै कार्य गरी निर्ममतापूर्वक ज्यान मारेमा “क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” भनी मान्नुपर्ने । कसुरदारले कसैको हत्या गरिसकेपछि गरिने हिंस्रक प्रकृतिको कसुरजन्य कार्यले पनि त्यस्तो कसुर क्रूर अमानवीय हो वा होइन भन्ने कुरा निर्धारण हुने । कसैको मृत्यु क्रूर यातनाबाट वा निर्ममतापूर्वक भएको हो, होइन भनी छुट्याउन मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र नभई कसुर गर्ने व्यक्तिले हिंसात्मक रूपमा र क्रूरतापूर्वक ज्यान मार्ने मनसाय राखी सोअनुसारको क्रियाकलाप गरेको छ वा छैन भन्ने कुरा हेर्नुपर्ने । (प्रकरण नं.५) कुनै कसुरदारले चरम क्रूरता वा निर्ममतापूर्वक हत्या गर्ने योजना बनाएको थियो वा थिएन भन्ने कुरा कसुरको परिणाम र कसुरदारको उत्तेजक अवस्थालाई सुषुप्त रहेको वा प्रकट भएको अवस्थामा थियो भन्ने कुरालाई ध्यान दिई निर्क्यौल गर्नुपर्ने । मृतकको शरीरमा लागेको घाउचोटको संख्याको आधारमा मात्र क्रूर हत्या हो भनी भन्न सकिने अवस्था नहुने । सामान्यतयाः मृतकको नजिकका नाता सम्बन्धका आमा वा श्रीमतीलगायतको आँखाअगाडि छुराजस्तो धारिलो हतियार प्रहार गरेर वा अन्य कुनै तरिकाबाट एकै चोटमा प्रहार गरी हत्या गरिएको छ भने पनि त्यस्तो हत्यालाई क्रूरता वा निर्ममतापूर्वक गरिएको हत्या भनी मान्न सकिने । यथार्थमा कसुरदारको क्रूरता वा निर्ममतापूर्वक कसुर गर्ने मनसायको उपल्लो हद देखिने गरी गरिएको हत्यालाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१(क) को अवस्था र सजाय हुने परिस्थितिको रूपमा हेरिनुपर्ने । (प्रकरण नं.६) क्रूरतापूर्ण ढङ्गले हत्या गर्ने उद्देश्य राखी समाजले कुनै पनि रूपमा स्वीकार गर्न नसक्ने गरी मानिसलाई भाग्न उम्कन नदिई घरमा आगो लगाई जिउँदै जलाउने, नियन्त्रणमा लिई अमानवीय तरिकाले यातना दिई हत्या गर्ने, शरीरका अङ्गहरू काटी, छिनाली, पीडा दिई हत्या गर्ने, मनसायपूर्वक एकभन्दा बढी व्यक्तिहरूको व