निर्णय नं. १११४७ - दूषित दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११४७ - दूषित दर्ता बदर भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०४/१७ १०४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा। श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति स् २०७९।०४।१७ ०७५(ऋक्ष्(०२१६ मुद्दाः दूषित दर्ता बदर पुनरावेदक र प्रतिवादी स् काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं।२९ को हाल वडा नं।२६ ठमेलस्थित दिगुख्यो गुथी ९दिवाली गुठी० का थकाली गुठियारहरू रत्नमानको छोरा ऐजन ऐजन वडा नं।३० को हाल वडा नं।२७ असन बस्ने द्रव्यमान सिंह तुलाधरसमेत विरूद्ध प्रत्यर्थी र वादी स् उर्मिला श्रेष्ठसमेतको निवेदनले नेपाल सरकार, मालपोत कार्यालय, डिल्लीबजार काठमाडौं ऐनले नै पुनरावेदन लाग्ने सम्बन्धमा विशेष व्यवस्था गरी कुनै खास दफाअन्तर्गत भएका निर्णयमा मात्र पुनरावेदन लाग्ने व्यवस्था गरेकोमा अदालतले विधायिकाले कोरिदिएको सीमारेखा बाहिर गई पुनरावेदन लाग्न नसक्ने विषयका निर्णयमा समेत पुनरावदेन सुनी निर्णय गर्नु अदालतको क्षेत्राधिकारसम्बन्धी स्वीकार्य मान्यताको विपरीत हुने । आफ्नो क्षेत्राधिकार नभएको विषयमा अदालतले उजुरी वा पुनरावेदन सुनी विवादको निरूपण गर्न मिल्ने र सक्ने स्थिति नहुने । ९प्रकरण नं।२० कानूनले पुनरावदेन गर्ने हक प्रदान नभएको अवस्थामा केवल निर्णयकर्ताले निर्णयमा पुनरावेदन गर्न जानु भनी उल्लेख गरेकै आधारमा पक्षको पुनरावेदनसम्बन्धी हक सिर्जना हुन नसक्ने । ९प्रकरण नं।३० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री बद्री पाठक प्रत्यर्थी र वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी अवलम्बित नजिर स् ने।का।प।२०६१, अङ्क ६, नि।नं।७३९१ सम्बद्ध कानून स् मालपोत ऐन, २०३४ सुरू तहमा निर्णय गर्नेः श्री गोपाल गिरी मालपोत कार्यालय डिल्लीबजार पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उमेशराज पौड्याल माननीय न्यायाधीश श्री पदमराज भट्ट उच्च अदालत, पाटन फैसला न्या।नहकुल सुवेदी स् न्याय प्रशासन ऐन, २०७३ को दफा १२९१० को देहाय ९क० को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छस्( तथ्य खण्ड काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं। २९ साबिक कि।नं। २५७ को क्षेत्रफल २(८(०(० जग्गा नयाँ नापी हुँदा का।म।न।पा।२९ सिट नं। १०२(१०६४(०४ कि।नं। १२७१ को क्षे।फ। ०(६(३(३ नेपाल सरकारका नाममा दर्ता भएको जग्गालाई पारिवारिक देवाली गुठीका मोतीकाजी तुलाधरसमेत १० जनाको नाममा नाप नक्सा गराई जग्गाधनी प्रमाणपुर्जा लिएको हुँदा सार्वजनिक जग्गा सार्वजनिक गरिपाउँ भनी उर्मिला श्रेष्ठसमेतका व्यक्तिहरूको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरी निवेदन । सार्वजनिक जग्गा व्यक्तिको नाउँमा दर्ता भएको अवस्थामा त्यस्तो कार्यमा संलग्न कर्मचारीउपर अनुचित कार्य वा भ्रष्टाचारतर्फ विभागीय कारबाही वा प्रचलित कानूनबमोजिम मुद्दा चलाई त्यस्तो दुष्परिणाम प्रचलित कानूनबमोजिम सच्याउनका लागि सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउनुपर्ने व्यवस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा रहे भएकोमा त्यसरी दर्ता गर्ने कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्ने सन्दर्भमा निर्णय मिसिलको अभावका कारणसम्बन्धित कर्मचारीलाई अनुचित कार्य वा भ्रष्टाचारतर्फ कारबाही अगाडि बढाउन सक्ने अवस्था रहेको नदेखिएको यस अवस्थामा मालपोत ऐन, २०३४ को द