निर्णय नं. १११४८ - अधिकार पत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११४८ - अधिकार पत्र बदर भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०७/२५ १११८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति: २०७९।७।२५ ०७३-CI-०२३३ मुद्दाः- अधिकार पत्र बदर पुनरावेदक / प्रतिवादी : रूपन्देही, मानपकडी गाउँ विकास समिति वडा नं .५ बस्ने ज्ञान्तीदेवी कसौधन विरूद्ध प्रत्यर्थी / वादी : रूपन्देही, बुटवल महानगरपालिका वडा नं. ३ बस्ने जगदम्बाप्रसाद कसौधन सिद्धान्ततः अधिकारपत्र अधिकार प्रत्यायोजन गर्ने र त्यस्तो प्रत्यायोजित अधिकारको प्रयोगलाई वैधानिकता दिने कानूनी साधन वा माध्यम (legal instrument) हो । अर्थात् अधिकारपत्र भन्नाले अधिकारपत्र दिनेवालाले प्रत्यायोजन गरेको अधिकारको परिधिभित्र रही निजलाई प्रतिनिधित्व गर्दै जे कार्य गर्नुभनेको छ सोही कार्य गर्नु भन्ने बुझिने । विशेष गरी अधिकारपत्र कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरी दिइने र त्यस्तो काम र प्रयोजन वा अवधि समाप्त भएमा, खास घटना वा अवस्था पूरा भएमा, काम हुनुभन्दा अघि नै अधिकारपत्र दिने वा लिनेको मृत्यु भएमा, सम्बन्धित काम गर्नु नपर्ने अवस्था आएमा अधिकारपत्रको कानूनी हैसियत शून्य भएर जाने । (प्रकरण नं. २) अधिकारपत्र गरिदिने व्यक्तिको मृत्यु भएको अवस्थामा त्यस्तो व्यक्तिले गरिदिएको अधिकारपत्र जीवित नरहने र कानूनी मान्यता शून्य भएर जाने । त्यस्तो अधिकारपत्रले अधिकारपत्र दिनेवालाको मृत्युपछि सक्रिय रही कुनै हक अधिकार सिर्जना गर्ने सामर्थ्य नराख्ने । अधिकारपत्र दिनेवालको मृत्युपश्चात् शून्यतामा गएको अधिकारपत्रले मृत्यु भइसकेको कुनै व्यक्तिको सम्पत्तिमा हक स्थापित गर्न नसक्ने हुँदा शेषपछि लागु हुने गरी सम्पत्तिमाथिको हक हस्तान्तरण अधिकारपत्रमार्फत गर्न नमिल्ने । (प्रकरण नं. ३) अधिकारपत्रको कानूनी मान्यता लिखत गरी दिने कर्ताको मृत्यु भएपश्चात् स्वत: शून्य भएर जाने । शेषपछिको बकसपत्र लिखतकर्ता वा बकसपत्रदाताको मृत्युपछि क्रियाशील हुने । (प्रकरण नं. ८) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प २०४६, अङ्क २, नि.नं. ३७२० ने.का.प २०७५, अङ्क १२, नि.नं. १०१६१ सम्बद्ध कानून : सुरू तहको फैसला गर्ने मा. जि. न्या. श्री ॐकार उपाध्याय रूपन्देही जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने मा. न्या. श्री वीरेन्द्र कुमार कर्ण मा. न्या. श्री निलम पौडेल पुनरावेदन अदालत बुटवल फैसला न्या. हरिप्रसाद फुयाल: पुनरावेदन अदालत बुटवलको मिति २०७१।५।२५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम प्रतिवादीको तर्फबाट पर्न आएको निवेदनमा यस अदालतबाट मिति २०७३।३।२१ गते निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- तथ्य खण्ड मूल पुरूष लक्ष्मीनारायण कसौधन, निजको छोरा तिरथप्रसाद तथा बुहारी अवशेरा भएकोमा निजहरूका तर्फबाट जन्मेका २ भाइ छोराहरूमा जेठा प्रतिवादी परमात्माप्रसाद कसौधन र कान्छा फिरादी जगदम्बाप्रसाद कसौधन र जेठा परमात्माप्रसादको श्रीमती ज्ञान्तीदेवी भएकोमा मूल पुरूष लक्ष्मीनारायण र निजको श्रीमती, तिरथप्रसाद र अवशेरासमेतको मृत्यु भइसकेकोले बाँकी जीवित अंशियाराहरू म वादी जगदम्बाप्रसाद कसौधन र प्रतिवादी परमात्माप्रसाद कसौधन हौं । हामीहरूका बिच आपसमा अंशबन्डा भएको छैन र एकासगोलमा नै रहेका छौं । यस्तैमा दाजुभाउजूले मलाई तथा मेरो परिवारलाई अनावश्यक कुर