निर्णय नं. १११४९ - जबरजस्ती करणी उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११४९ - जबरजस्ती करणी उद्योग भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०६/०९ ४०२६ माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति: २०७९।६।९ ०७४-CR-०८०८ मुद्दाः जबरजस्ती करणी उद्योग निवेदक/वादी : परिवर्तित नाम जिल्ला सिमरा, (E) को जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला बारा, गढीमाई नगरपालिका, वडा नं. १४ बस्ने हरिप्रसाद सापकोटा जबरजस्ती करणी उद्योगको वारदात स्थापित हुनका लागि पीडितलाई जबरजस्ती करणी गर्न लाग्दा पीडित स्वयं वा तेस्रो पक्षको हस्तक्षेप वा अन्य कुनै कारणले करणी गर्ने कार्य पूरा नभएको तर मनसाय तथा तयारीका साथ करणी गर्न प्रयत्नशील रहेको अवस्था हुनुपर्ने । (प्रकरण नं. ४) निवेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री श्यामप्रसाद दाहाल विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री पदम रोका अवलम्बित नजिर : ने.का.प.२०७१ अङ्क ८ नि.नं. ९२२७ ने.का.प. २०६२, अङ्क १०, नि.नं. ७६११, पृष्ठ १२५१ सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा निर्णय गर्नेः मा. जि. न्या. श्री भरतमणि खनाल बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री ऋषि राम दवाडी मा. न्या. श्री बासुदेव आचार्य उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई ऐ. ऐनको दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा यस अदालतमा पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ । तथ्य खण्ड म जाहेरवालाको छोरी वर्ष १३ की नाम परिवर्तित (D) समेत जिल्ला बारा, गढीमाई नगरपालिका, वडा नं. १४ मा रहेको डुमरवाना पब्लिक स्कुलमा कक्षा ८ को ट्युसन पढ्ने गरेकोले मिति २०७१।१०।२८ गते बिहान अन्दाजी ८ बजेको समयमा घरबाट पढ्न गएको अवस्थामा सोही स्कुलको कक्षा कोठाभित्र सोही स्कुलको आंशिक शिक्षक जिल्ला बारा, गढीमाई नगरपालिका, वडा नं. १४ बस्ने हरिप्रसाद सापकोटाले निज छोरी एक्लै रहेको अवस्थामा पढाउँदापढाउँदै निजले छोरी परिवर्तित नाम (D) को छाती, शरीर मुसार्दै गुप्ताङ्गसमेत मुसारी जबरजस्ती करणी गर्न खोजेको हुँदा निजलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित नाम (E) को जाहेरी दरखास्त । जिल्ला बारा, गढीमाई नगरपालिका, वडा नं. १४ स्थित रहेको एल आकारको एक तल्ले बाँसले बारेको १३ वटा कोठा भएको डुमरवाना पब्लिक बोर्डिङ स्कुलको कोठामा जिल्ला बारा, गढीमाई नगरपालिका वडा नं.१४ घर भई सोही स्कुलका शिक्षक हरिप्रसाद सापकोटाले सोही स्कुलमा अध्ययनरत नाम परिवर्तित (D) लाई जबरजस्ती करणी उद्योग गरेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । म जिल्ला बारा, गढीमाई नगरपालिका, वडा नं.१४ स्थित डुमरवाना पब्लिक बोर्डिङ स्कुलको कक्षा ८ मा पढ्ने गरेको हुँदा मिति २०७१।१०।२८ गते बिहान अन्दाजी ८ बजेको समयमा म पीडित नाम परिवर्तित (D) आफ्नो घरबाट स्कुलमा कोचिङ्ग (ट्युसन) पढ्न आएकीमा सोही दिनको अन्दाजी ९ बजेको समयमा हाम्रै स्कुलका शिक्षक जिल्ला बारा, गढीमाई नगरपालिका, वडा नं.१४ बस्ने वर्ष ४२ को हरिप्रसाद सापकोटाले ट्युसन पढाउँदा पढाउँदै अन्य कोही नभएको मौका पारी मेरो शरीरको संवेदनशील अंग स्तन समाउने, शरीर मुसार्ने मैले लगाएको कपडाभित्रबाट हात हाली मेरो