निर्णय नं. १११५१ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११५१ - मोही नामसारी भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/०९/१८ ११३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : ०७२-CI-०९५२ मुद्दाः मोही नामसारी निवेदक/वादी : जिल्ला रौतहट, डुमरिया गा.वि.स. वडा नं. २ बस्ने पुण्यप्रसाद दुलालको छोरा गोविन्दप्रसाद दुलाल विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला रौतहट, गौर नगरपालिका, वडा नं.१ अवस्थित लक्ष्मीनारायण देवताको संरक्षक जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका, वडा नं. ४ बस्ने सत्यमाया मानन्धरसमेत मोहीले जग्गाको कुतबाली बुझाएमा भरपाई गरिदिनु र मोहीको मृत्युपश्चात् निजको हकदारमध्ये कुनै हकदारलाई मोही पत्याउनु पृथक् प्रयोजनमा गरिने कार्य भएकाले कुतबाली बुझाएको भरपाईको आधारमा मात्र मोहीमा पत्याएको मानी मोही हक स्थापित भएको मान्न नमिल्ने । (प्रकरण नं. ४) निवेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री बसन्तराम भण्डारी र श्री विश्वप्रकाश सिग्देल, विद्वान् अधिवक्ता श्री धीरेन्द्र रावल विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान् अधिवक्ताहरू श्री राजेश्वर अधिकारी, श्री सरिता शर्मा, श्री दुर्गा कुमारी कोइराला, श्री लिलानाथ घिमिरे, श्री सुभद्रा थापा र श्री रमेशराज कार्की अवलम्बित नजिर : ने.का.प. २०७२, अङ्क १, नि.नं.९३२५, पृष्ठ ५८ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा निर्णय गर्नेः भूमिसुधार अधिकारी श्री रामकृष्ण उप्रेती भूमिसुधार कार्यालय, रौतहट गौर पुनरावेदन तहमा निर्णय गर्नेः मा. न्या. श्री विष्णुदेव पौडेल मा. न्या. श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या. टंकबहादुर मोक्तान: साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम वादीको मुद्दा दोहोर्याइपाउँ भन्ने निवेदनमा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड प्रतिवादी लक्ष्मीनारायण देवताको नाम दर्ताको गा.वि.स. डुमरिया (म) वडा नं. २ क कि.नं.१२० को ज.वि. १-८-१० जग्गाको मोही महलमा विधिवत् मोही मेरी स्व.आमा टिकादेवी मोही रहेको र निजले उक्त जग्गा जोती कमाई साल-सालको बाली बुझाई आई निज आफ्नो कालगतिले मिति २०६७।०७।०२ मा परलोक भएको र मृतकको लोग्ने मेरो बाबु पनि पहिले नै मिति २०५७।१२।०२ मा परलोक भई निजको हक खाने दुई छोरामा जेठो झमकप्रसाद दुलाल र कान्छो म वादी गोविन्दप्रसाद दुलाल रहेकोमा हामी मोहीमा उक्त जग्गा जोती कमाई बाली बुझाउँदै आएकोले आमाको नामबाट नामसारीको लागि दाजुले म वादीलाई नै मन्जुरी गरेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) तथा मिति २०५३।९।२४ को चौथो संशोधनबमोजिम मोही नामसारी गरिपाउँ भन्नेसमेत बेहोराको गोविन्दप्रसाद दुलालको निवेदन । वादीले दाबी गरेको प्रतिवादी लक्ष्मीनारायण देवताको नाम दर्ताको गा.वि.स. डुमरिया (म) वडा नं.२क कि.नं.१२० को ज.वि.१-८-१० जग्गाको मोही मेरी आमा टिकादेवी रहेकीमा निजको मृत्युपश्चात् यी वादी गोविन्दप्रसाद दुलालको नाममा मोही नामसारी हुनुपर्ने होइन । सो जग्गा मेरो नाममा मोही नामसारी हुनुपर्ने हो । वादी दाबी झुट्टा हो, खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी झमकप्रसाद दुलालको लिखित जवाफ । वादी झमकप्रसाद प्रतिवादी यी गोविन्दप्रसाद दुलाल भएको यसै लगाउको मोही नामसारी मुद्दामा लक्ष्म