निर्णय नं. १११५२ - मूल्य अभिवृद्धि कर (०५५/०५६)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११५२ - मूल्य अभिवृद्धि कर (०५५/०५६) भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०९/१२ १५४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७८।९।१२ ०७१-RB-०१५८ मुद्दा: मूल्य अभिवृद्धि कर (०५५/०५६) पुनरावेदक/प्रतिवादी : आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं. ३, लाजिम्पाटको तर्फबाट ऐ.का प्रमुख कर प्रशासक राममणि दुवाडी विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका, वडा नं. १३ वाफलस्थित उज्वल पोलिथिन उद्योगका प्रो. श्री तारा ढुङ्गाना मुद्दाको पुनरावेदन अनुमतिको लागि दिइने निवेदन हदम्यादभित्र नपरेको अवस्थामा पुनरावेदनको अनुमति प्रदान भए पनि त्यस्तो पुनरावेदन कायम नरहने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरबहादुर काफ्ले प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गंगाप्रसाद पोखरेल अवलम्बित नजिर : ने.का.प. २०५६, अङ्क १०, नि.नं. ६७९१ ने.का.प. २०४८ अङ्क ६ पृष्ठ २३३ सम्बद्ध कानून : मूल्य अभिवृद्धि कर ऐन, २०५२ राजस्व न्यायाधिकरण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- मा. अध्यक्ष श्री दामोदरप्रसाद शर्मा मा. सदस्य श्री डम्बरबहादुर पन्त मा. सदस्य श्री दयानाथ शर्मा राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड प्रस्तुत करदाताले झुट्टा कर विवरण पेस गरेको र मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २९(२)(ख) बमोजिम रू.१,२४,०६,२९३।- को बिक्री कारोबारमा कर चुहावट गरेकोसमेत देखिन आएको भन्नेसमेत बेहोराको कर अधिकृतको प्रतिवेदन । आर्थिक वर्ष ०५५/०५६ मा कारोबारको झुट्टा विवरण पेस गरेको र ऐनको दफा २९(२)(ख) समेतको कसुर गरेको देखिएकोले सोको हुने मूल्य अभिवृद्धि कर, जरिवाना तथा ब्याजसमेत जम्मा रू.१८,९६,००२।- तिर्नु नपर्ने अथवा परिवर्तन गर्नुपर्ने कुनै ठोस प्रमाण भए ७ दिनभित्र पेस गर्नुहोला । अन्यथा यो आदेश प्राप्त भएको ७ दिनभित्र उक्त रकम सर्वसञ्चित कोषमा दाखेल गर्नुहोला भन्नेसमेत बेहोराको मिति २०५६।१२।१० को कर निर्धारण आदेश । झुत्रा प्लास्टिकबाट रिसाइक्लिन गरी उत्पादन गरेको परिमाणमा मूल्य अभिवृद्धि कर नलाग्ने भएकोले त्यस्तो उत्पादन बिक्री गर्दा मूल्य अभिवृद्धि कर असुल नगरी बिक्री गरिएकोसम्म हो । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २९(२)(ख) बमोजिमको कुनै जालसाजी कार्य गरिएको छैन / होइन । आफूले तिर्नुपर्ने र कानूनबमोजिम लाग्ने ठहराएको रकम महिनैपिच्छे बुझाउँदै आएको छु । तसर्थ, उक्त कर निर्धारण आदेशबमोजिमको रकम तिर्न बुझाउनपर्ने होइन भन्नेसमेत पुनरावेदक मूल्य अभिवृद्धि करदाताले सुरू कार्यालयमा मिति २०५६।१२।१७ मा पेस गरेको जवाफ । त्यस उद्योगको नाउँमा यस कार्यालयबाट मिति २०५६।१२।१० मा भएको मूल्य अभिवृद्धि कर निर्धारण आदेशउपर चित्त नबुझी मिति २०५६।१२।१७ मा दिनु भएको निवेदनउपर कार्यबाही हुँदा उक्त मितिको कर निर्धारण आदेशबमोजिमको रकम तिर्नु नपर्ने वा आदेश परिवर्तन गर्नुपर्ने कुनै ठोस प्रमाण पेस हुन नआएकोले मिति २०५६।१२।१० को कर निर्धारण आदेशबमोजिम २०५५ साउनदेखि २०५६ असार मसान्तसम्मको रू.१८,९६,००२।- राजस्व दाखिला गर्नुहुन मिति २०५७।१।२३ को निर्णयानुसार