निर्णय नं. १११५३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११५३ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: मंसिर अंक: ८ फैसला मिति :२०७९/११/२९ १९६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।११।२९ मुद्दा:- कर्तव्य ज्यान ०७५-CR-०८१५ पुनरावेदक/प्रतिवादी : पक्कर सिंह कुँवरको छोरा जिल्ला दार्चुला, अपी नगरपालिका वडा नं. ४ घर भई कारागार कार्यालय दार्चुलामा थुनामा रहेको रमेशसिंह कुँवर विरूद्ध प्रत्यर्थी/वादी : मानविर सिंह कुँवरको जाहेरीले नेपाल सरकार ०७५-CR-१२५४ पुनरावेदक/प्रतिवादी : पक्कर सिंह कुँवरको छोरा जिल्ला दार्चुला, अपी नगरपालिका वडा नं. ४ घर भई बाल सुधार गृह, सराङकोट, कास्कीमा रहेका परिवर्तित नाम A कुमार विरूद्ध प्रत्यर्थी/वादी : मानविर सिंह कुँवरको जाहेरीले नेपाल सरकार कसुरका सम्बन्धमा व्यक्तिले कसुर गरेको देखिन्छ वा देखिँदैन भन्ने न्यायिक निष्कर्षमा पुग्नुपर्दा प्रतिवादीहरूले अदालतमा गरेको इन्कारी बयान मात्र निर्णायक आधार बन्न नसक्ने । कुनै कसुरको अभियोग लागेको व्यक्ति आफूलाई लागेको अभियोगका सम्बन्धमा इन्कार रहनु सामान्य मानवीय स्वभावभित्रै पर्ने । कसैले आफूलाई लागेको आरोप हत्तपत्त स्वीकारी नहाल्ने । कसैले आफू विरूद्ध लागेको आरोप स्वीकार गरेन भने होइन, स्वीकार गर्यो भने यो पक्ष विचारणीय हुने । (प्रकरण नं. ३) सामान्य ज्ञानको विषयभित्र पर्ने कुनै कार्यको परिणामस्वरूप सोको नतिजाका रूपमा कुनै घटना घट्छ भने त्यो निजले चाहेरै गरिएको मानिन्छ र सो घटना घटाउने निजको चाहना मनसाय तत्त्व हुन्छ । कहिलेकाहीँ चाहना एउटा तर परिणाम अर्कै हुन पनि सक्दछ । यस्तो हो भने मात्र त्यो कार्य मनसाययुक्त नभई भवितव्यजन्य कार्य हुने । (प्रकरण नं. १०) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रेमसिंह धामी प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शम्भु कार्की अवलम्बित नजिर : ने.का.प. २०४२, नि.नं. २४४०, पृ. ६९८ ने.का.प. २०४३, नि.नं. २६१७, पृ. १०६ ने.का.प. २०६८, नि.नं. ८७३४, पृ. २०४५ ने.का.प. २०७०, नि.नं. ८९८८, पृ. ४७४ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मुलुकी अपराध संहिता, २०७४ सुरू तहको फैसला गर्ने : मा. न्या. श्री दुर्गाबहादुर भुसाल दार्चुला जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने मा. न्या. श्री राजेश्वर तिवारी मा. न्या. श्री दिनेशकुमार यादव उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास फैसला न्या. तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम दायर भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं फैसला यसप्रकार छः- मुद्दाको सङ्क्षिप्त तथ्य मिति २०७३/०५/२६ गते राति जिल्ला दार्चुला, अपी न.पा. वडा नं. ५ बस्ने कुन्दन सिंह कुँवरको बुबाको वार्षिकीमा देउडा खेल खेलिरहेको अवस्थामा पक्कर सिंह कुँवरका छोराहरू धिरेन्द्रसिंह कुँवर, परिवर्तित नाम (A) कुमार र रमेशसिंह कुँवरसमेतले गणेशसिंह कुँवरलाई कुटपिट तथा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ मेरो कमान्डमा खटी गएको प्रहरी टोलीले तत्काल घटनास्थलमा पुगी घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुलामा पठाएको र कुटपिट गर्ने तीनै जनालाई निजहरूकै घरबाट पक्राउ गरी यस कार्यालयमा दाखिला गरेकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको प्र.स.नि. दिपेन्द्रसिंह थापाको मिति २०७३।५।२७ को प्रतिवेदन । मिति २०७३/०५/२६ गते र