निर्णय नं. ४२६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२६८ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/१०/०९ २९२० निर्णय नं. ४२६८ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला २०४७ सालको रिट नं. १२४० आदेश भएको मिति: २०४७।१०।९।४ मा निवेदक : दमक न.पा. वडा नं. ३ बस्ने माकुलाल धिमाल विरुद्ध विपक्षी : मालपोत कार्यालय झापासमेत विषय : उत्प्रेषण (१) मालपोत कार्यालयले गरेको निर्णय उपर चित्त नबुझेमा कानुनका म्याद ३५ दिनभित्र सम्बन्धित निकायमा उजूर गर्न जानु भनी रिट निवेदकलाई सूचना समेत दिएकोमा सो बमोजिम कानुनी उपचारको बाटो अवलम्बन नगरी प्रस्तुत रिटनिवेदन पर्न आएकोले अन्य उपचारको व्यवस्था भएकोमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बाबुराजा जोशी प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्नआएको रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. पिता गैनाको ३ छोरामा जेठा माकचे धिमाल, माहिला म माकुलाल धिमाल, कान्छा हर्कबहादुर धिमालको बीचमा मिति २०२०।२।२९ मा बण्डापत्र खडा गरी २०२०।३।७ मा मोरंग मालमा रजिष्ट्रेशन पारित भएको बण्डापत्र अनुसार मेरो भागमा परेको साविक रैति नम्बर १०४१ को जग्गा बिगहा ९–६–५ मध्ये २०२१ सालमा नाप नक्शा हुँदा विभिन्न कित्ता कायम भई नाप नक्शा भएकोमा अरु कित्ताहरु ज.ध.प्र.पुर्जा पाइसकेकोमा सो ज.ध.प्र.पुर्जामा दमक न.पं. वडा नं. १ को कि.नं.७४१ र ७४४ को ज.ध.प्र.पुर्जामा छूट भएकोले म्याद भित्र निवेदन दिएकोमा कारवाही नभएकोले पुनः स्थानीय नगरपञ्चायतको सिफारिश साथ मैले सो छूट कित्ता जग्गा दर्ता गरिपाउँ भनी विपक्ष कार्यालयमा मिति २०३१।१।१७ मा द.नं. ८२४ मा निवेदन दिई कारवाही चलाई आएकोमा सो (साविक पेज नं. ९७) कारवाही मिसिल फेला नपरेकोले मिति २०४५।३।९ मा वन सुदृढीकरणमा समेत कारवाही चलाई आएको मिसिल फेला नपरेकोले पुनः विपक्षको कार्यालयमा छूट जग्गा दर्ता गरी पाउन सम्बन्धित न.पा.बाट मेरो हक भोगको हो भनी गरेको सर्जमिन सहितको सिफारिश, साविक रसिद, ७ नं. फाँटवारी समेत पेश गरी मिति ०४६।१०।५ मा निवेदन दिएको थिएँ । ३. मेरो निवेदनमा विपक्ष नं. १ ले मालपोत ऐन, ०३४ को दफा ७(२) अनुसार मेरो साविक दर्ता तिरो र भोगका सम्बन्धमा आवश्क छानविन गरी निर्णय गर्नु पर्नेमा विपक्षी नं. ३ कार्यालयबाट कुनै छानविन नै नगरी निवेदन माग दावीको जग्गा फिल्डबुकमा कि.नं. ७४४ को ज.वि. ०–१२–५ मा गाउँ र कि.नं. ७४१ को ज.वि. २–५–१० मा कुलो लेखिएको हुँदा त्यस्तो जग्गा दर्ता गर्नलाई मालपोत ऐन, ०३४ को दफा २४ र विपक्ष नं. २ श्री ५ को सरकार मन्त्री परिषद्को निर्णय तथा विपक्ष नं. ३ मालपोत विभागको मिति २०४५।२।१३ को परिपत्र दफा (क) अनुसार फिल्ड बुकमा गाउँ र कुलो भनी लेखिएको जग्गा दर्ता गर्न नमिल्ने हुँदा कारवाही मिसिल तामेलीमा राखी दिने । यसमा चित्त नबुझे ३५ दिन भित्र सम्बन्धित निकायमा जानु भनी जनाउ दिने गरी मिति २०४६।११।१ मा विपक्षको कार्यालयबाट निर्णय गरी जानकारी २०४६।११।१६ मा दिइयो । ४. जग्गा (नाप जाँच) ऐन, ०१३ बमोजिम नाप नक्शा हुँदाको अवस्थामा खडा भएको फिल्डबुक र सोमा लेखिएको विवरण अन्तिम होइन । मेरो हक भोगको घर सहितको जग्गा फिल्डबुकमा गाउँ कुलो लेखिएको छ । मेरो घर सहितको जग्गा गाउँ कुलो भनी फिल्डबुकमा जनाएकोमा मैले म