निर्णय नं. १११६१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११६१ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०५/०२ १६७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।०५।०२ मुद्दाः- कर्तव्य ज्यान ०७३-CR-०४१७ पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स., वडा नं.१ घर भई हाल जिल्ला कारागार कार्यालय पोखरा, कास्कीमा थुनामा रहेको पदमबहादुर आलेको छोरा वर्ष ४४ को रूद्रबहादुर आले विरूद्ध प्रत्यर्थी / वादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं.१ बस्ने जीत वीरबहादुर पुर्जा पुनको जाहेरीले नेपाल सरकार ०७३-CR-०७८१ पुनरावेदक / वादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं.१ बस्ने जीत वीरबहादुर पुर्जा पुनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं. १ बस्ने किरण भन्ने कर्णबहादुर कुँवरसमेत प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको साबिती बयान घटनाका अन्य प्रमाणबाट समर्थित रहेको अवस्था छ भने अदालतसमक्षको निजको इन्कारी बयान अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट स्थापित हुन नसकेको स्थितिमा त्यस्तो इन्कारी बयान मात्र निजको निर्दोषिता पुष्टि हुने आधार बन्न नसक्ने । (प्रकरण नं.७) घटनाका अन्य आधार, कारण र प्रमाणको शृङ्खलाबद्ध कडीहरूबाट घटना समर्थित भइरहेको, प्रतिवादी कसुरदार देखिएको अन्य तथ्यगत अवस्थाबाट सम्पुष्टि भइरहेको अवस्थामा जाहेरवाला र मौकाका व्यक्तिले गरेको प्रतिकूल बकपत्र (hostile) लाई प्रमाण ग्राह्य गर्न मनासिब नहुने । प्रतिकूल बकपत्र (hostile statement) मुद्दाको समग्र अवस्था, प्रतिकूल बकपत्रको ग्राह्यता वा अग्राह्यताको विश्वसनीयता, अन्य वस्तुगत प्रमाणहरूको तार्किक सादृश्यतासमेतका समग्रताका आधारमा निर्धारण हुनुपर्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्रीकान्त बराल र विद्वान् अधिवक्ताहरू श्री शिवराम श्रेष्ठ, श्री विशेश्वर प्रसाद गौतम अवलम्बित नजिर : ने.का.प.२०५०(क), अङ्क १, नि.नं.४६८६ ने.का.प.२०७१, अङ्क ४, नि.नं.९१४४ ने.का.प.२०७२, अङ्क ५, नि.नं.९३९३ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री पुरूषोत्तमप्रसाद ढकाल कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सत्यराज गुरूङ माननीय न्यायाधीश श्री द्वारिकामान जोशी पुनरावेदन अदालत पोखरा फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी रूद्रबहादुर आलेको र प्रतिवादीहरू किरण भन्ने कर्णबहादुर कुँवर, निर्मल थापा, केशबहादुर कुँवर र बुद्धिबहादुर लामिछानेउपर वादी नेपाल सरकारकोसमेत गरी दोहोरो पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड कास्की जिल्ला, भरतपोखरी गा.वि.स., वडा नं.१ उपल्लो पुर्णिटारमा रहेको खाली चउरमा रगत जस्तो रातो पदार्थ लागेको, सो स्थानबाट ४ इन्च पूर्वमा अन्दाजी २०० ग्रामका २ (दुई) वटा रगत जस्तो रातो पदार्थ लागेको ढुङ्गा रहेको, सोही स्थानमा मिति २०६९।१२।१२ गते साँझ रूद्रबहादुर आलेसमेतले कमल पुनलाई धारिलो हतियार, लाठी र मुक