निर्णय नं. १११६२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११६२ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७८/१०/११ १६५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७८।१०।११ ०७६-CR-०९५२ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : खोटाङ जिल्ला नुनथला गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय खोटाङ दिक्तेलमा कैदमा रहेको राजधन राईको नाति कर्णबहादुर राईको छोरा वर्ष ३३ को भक्तबहादुर राई विरूद्ध प्रत्यर्थी / वादी : खोटाङ जिल्ला बुईपा गा.वि.स. वडा नं. ६ बस्ने भक्तबहादुर राईको जाहेरीले नेपाल सरकार आफूले गरेको कार्यको परिणामको जानकारी हुन सक्ने अवस्थामा आफूमा मार्ने मनसाय नरहेको भनी भन्न नमिल्ने । त्यस्तै कुनै कसुर हुन मनसाय तत्त्वको विद्यमानता पहिलेदेखि नै हुनुपर्छ भन्ने नहुने । घटनाक्रमको जुनसुकै अवस्थामा पनि मनसाय सिर्जना हुन सक्ने । आफूले गरेको कार्यको परिणाम जानकारी हुने अवस्था नै मनसाय तत्त्व विद्यमान रहेको देखिने आधार हुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विषण राई प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शान्तिप्रसाद आचार्य खोटाङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विदुर विक्रम थापा माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ : तथ्य खण्ड मिति २०७३।०४।०५ गते बेलुका ०५:०० बजेको समयमा जिल्ला खोटाङ, नुन्थला गा.वि.स., वडा नं.१ महुरे बस्ने भक्तबहादुर राईले ऐ. बुईपा गा.वि.स. वडा नं.६ बस्ने मनिकुमार राईलाई दाउराले कुटपिट गरेकोमा सोही चोट पिरले भोलिपल्ट मिति २०७३।४।६ गते निजको मृत्यु भएकोले कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७३।४।७ गतेको जाहेरी दरखास्त । जिल्ला खोटाङ, नुन्थला गा.वि.स., वडा नं.१ स्थित पूर्वमा पदमबहादुर राईको घर, पश्चिममा भक्तबहादुर राईको सुँगुरको खोर, उत्तरमा निजकै मकैबारी तथा दक्षिणमा विष्णुबहादुर राईको घर यति चार किल्लाभित्र रहेको भक्तबहादुर राईको घर-आँगन, सोही आँगनमा भक्तबहादुर राईले आफ्नै घरको आगो बाल्न राखेको गोलो दाउराले मनिकुमार राईलाई टाउकोमा प्रहार गरेको, घटनास्थलबाट वारदातमा प्रयोग भएको तीन फिट लम्बाइ साढे तीन फिट गोलाइ भएको गोलो दाउरासमेत बरामद गरी लगेको भन्नेसमेत बेहोराको मिति २०७३।४।७ गतेको घटनास्थल मुचुल्का । जिल्ला खोटाङ, नुन्थला गा.वि.स., वडा नं.१ स्थित पूर्वमा रामबहादुर राईको घर, पश्चिममा दिक्तेल तथा हलेसीतर्फ जाने कच्ची सडक, उत्तरमा सोही सडक, दक्षिणमा गाईघाट जाने सडक यति चार किल्लाभित्र रहेको रामबहादुर गिरीको बाँसको टाटीले बारेको बाँसको भकारीले छाएको २ तले घर पसल, सो घरको कोठामा खाटमाथि ब्लाङ्केट कम्बलले छोपेको उत्तानो अवस्थामा मृतक मनिकुमार राईको लास रहेको, सो लासको बायाँ आँखामा निलडाम र टाउकोमा खाटा बसेको चोट रहेको भन्नेसमेत बेहोराको मिति २०७३।४।७ गतेको घटनास्थल लास जाँच प्रकृति मुचुल्का । मिति २०७३।४।५ गते बेलुकी ५ बजे मृतक मनिकुमार रा