निर्णय नं. १११६३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११६३ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०२/१७ १४४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।०२।१७ मुद्दा: कर्तव्य ज्यान ०७५-CR-२३७७ पुनरावेदक / वादी : धनकला सुवेदीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रोल्पा, हाल सुनिलस्मृति गा.पा., वडा नं. ६ बस्ने भिउसन थापाको छोरा जितबहादुर थापा ०७६-CR-००५३ पुनरावेदक / प्रतिवादी : असारे सुवेदीको छोरा, जिल्ला रोल्पा, सुनिल स्मृति गाउँपालिका वडा नं.६ काभ्रा घर भई हाल जिल्ला कारागार कार्यालय, रोल्पामा थुनामा रहेको दिपक सुवेदी विरूद्ध प्रत्यर्थी / वादी : धनकला सुवेदीको जाहेरीले नेपाल सरकार आवेशप्रेरित हत्याको वारदात कायम हुनको लागि ज्यान मार्ने मनसाय हुन नहुने । मृतक र प्रतिवादीबिच ज्यान लिनुपर्नेसम्मको पूर्वरिसइवी रहेको भन्ने पनि देखिन नहुने । त्यसका अतिरिक्त वारदातमा जोखिमी हतियारको प्रयोग भएको हुन नहुने । प्रतिवादीले ज्यान मार्ने षड्यन्त्र गरेको, सोबमोजिमको योजना बनाएको, योजनाबमोजिम तयारी गरी मार्नेसम्मको कार्य भएको भन्ने कहीँकतैबाट देखिन नहुने । प्रतिवादीले तत्काल आवेशमा आई आत्मसंयम गुमाई कार्य हुन पुगेको हुनुपर्ने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्बान् सहन्यायाधिवक्ता श्री शंकर खत्री प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध (संहिता) ऐन, २०७४ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री बसुदेवलाल श्रेष्ठ रोल्पा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री शिवनारायण यादव माननीय न्यायाधीश श्री रामबहादुर थापा उच्च अदालत तुलसीपुर फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य-खण्ड जिल्ला रोल्पा, मिझिङ गा.वि.स. वडा नं. २ कजिमस्थित सडक बाटो ढिकमा रगत जमेको, चारैतिर सुकेको रगतका थोपाहरू, सडक छेउदेखि अ. ५० मिटर तल रहेको सालको रूखमा उत्तर गोडियान, दक्षिण टाउको भई घोप्टो अवस्थाको मृतक रेगबहादुर सुवेदीको लास उक्त लासको टाउको, घाँटी, नाक, कान, छाती र दाहिने हातको मासु नभएको, पेटको भागमा निलडाम रहेको, माथिल्लो शरीर चिन्न नसकिने अवस्थामा रहेको, तल्लो भागमा कम्ब्याटको पाइन्ट लगाएको, खुट्टामा जुत्ता लगाएको, लासदेखि माथि सडकछेउमा कम्मरमा बाँध्ने कपडाको बेल्ट थान १, रगत लागेको ढुङ्गा थान २ फेला पारी प्रहरी टोलीले बरामद गरी लिएको भन्नेसमेत बेहोराको मिति २०७३।०७।२६ को घटनास्थल मुचल्का । जिल्ला रोल्पा मिझिङ गा.वि.स. वडा नं. २ कजिमस्थित पूर्वमा रूईनिवाङ फगाम सडक खण्ड, पश्चिम सामुदायिक वन, दक्षिण सामुदायिक वन, यति चार किल्लाभित्र कच्ची सडक खण्डबाट अ. ५० मिटर तल सालको रूखमा उत्तर खुट्टा, दक्षिण टाउको भई माथिल्लो शरीर, अनुहार, टाउको, आँखा, कान, कपडा केही नभएको घोप्टो अवस्थामा टाउको, घाँटी, नाक, कान, छाती र दाहिने हातको मासु नभएको, पेटको भागमा निलडाम रहेको, माथिल्लो शरीरको भाग चिन्न नसकिने अवस्थामा रहेको, तल्लो भागमा कम्ब्याटको पाइन्ट लगाएको, खुट्टामा जुत्ता लगाएको, मलद्वारबाट दिसा निस्केको, जिब्रो नभएको, दाँत हल्का देखिएको, दुवै खुट्टा सुन्निएको भन्नेसमेत बेहोराको मिति २०७३।०७।२६ को घटन