निर्णय नं. १११६४ - लागु औषध (गाँजा)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११६४ - लागु औषध (गाँजा) भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०३/२८ २४५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।३।२८ मुद्दाः लागु औषध (गाँजा) ०७१-CR-११४६ पुनरावेदक/वादी : प्र.स.नि. वैद्यनाथ दाससमेतको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला बारा गा.वि.स. प्रशुरामपुर वडा नं.१ बस्ने लखिचन राय यादवको छोरा देवीलाल यादवसमेत ०७२-CR-१४९५ पुनरावेदक/प्रतिवादी : जिल्ला बारा गा.वि.स. प्रशुरामपुर वडा नं.१ बस्ने राजदेव यादवको छोरा दोरिक प्रसाद यादवसमेत विरूद्ध प्रत्यर्थी/वादी : प्र.स.नि. वैद्यनाथ दाससमेतको प्रतिवेदनले नेपाल सरकार कसुरमा संलग्नता रहनु र कसुरजन्य वस्तु बरामद भएको स्थानमा उपस्थिति रहनु भन्ने कुरा फरकफरक विषय हुने । अन्य कुनै प्रमाणबाट प्रतिवादीहरूको कसुरमा संलग्नता रहेको नदेखिएको अवस्थामा कसुरजन्य वस्तु बरामद हुँदाको अवस्थामा प्रतिवादीहरू पनि त्यहीँ थिए भन्ने मात्र तथ्यले कसुरदार ठहर गर्न पर्याप्त प्रमाण रहेको मान्न नमिल्ने । (प्रकरण नं. २) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री टेकबहादुर कार्की प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू श्री रामविलास राउत, श्री सीता शरण मण्डल र श्री सपना सुवेदी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ लागु औषध (नियन्त्रण) ऐन २०३३ सुरू तहको फैसला गर्ने मा.न्या.श्री निलकण्ठ उपाध्याय बारा जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने मा. न्या. श्री डिल्लीराज आचार्य मा. न्या. श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या. तिलप्रसाद श्रेष्ठ : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दर्ता भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं फैसला यसप्रकार छ:- मुद्दाको सङ्क्षिप्त तथ्य जिल्ला बारा प्रशुरामपुर गा.वि.स वडा नं.१ बस्ने रामनारायण यादव, ऐ. बस्ने देवीलाल यादव, ऐ. बस्ने इनरजित प्रसाद यादव, ऐ. बस्ने दोरिकप्रसाद यादव र जिल्ला बारा कबही जब्दी गा.वि.स. ५ बस्ने देवानन्दप्रसाद यादवसमेतका व्यक्तिहरूको मिलोमतो संलग्नतामा लागु औषध गाँजा ओसारपसार, बिक्री वितरण गर्दै आएकोमा निजहरूले लागु औषध गाँजा ल्याई रामनारायण यादवको घरमा लुकाइ छिपाइ राखेकोले उक्त लागु औषध गाँजा बरामद गरी कानूनबमोजिम गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन पत्र । मिति २०६८।७।२२ गते राति अ.२३:०० बजेको समयमा जिल्ला बारा प्रशुरामपुर गा.वि.स. वडा नं. १ स्थित ऐ.ऐ. बस्ने रामनारायण यादवको घर खानतलासी गर्दा घर कोठाबाट लागु औषध गाँजा ९ पोकाको १७० के.जी. गाँजा बरामद भएको भन्ने बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । जिल्ला बारा प्रशुरामपुर गा.वि.स वडा न. १ बस्ने रामनारायण यादव, देवीलाल यादव, इनरजित प्रसाद यादव, दोरिक प्रसाद यादव र देवानन्द प्रसाद यादवसमेतका व्यक्तिहरूले लागु औषध गाँजा खरिद बिक्री ओसारपसार गर्ने गरेको र रामनारायण यादवको घरमा लागु औषध लुकाइ छिपाइ राखेको भन्ने बेहोराको जानकारी प्राप्त हुनासाथ निज रामनारायण यादवको घर खानतलासी गर्दा लागु औषध गाँजा ९ पोकाको १७० के.जी. बरामद भएकोले घरधनी रामनारायण यादव र ओसारपसार कार्यमा संलग्न देवीलाल यादव, इनरजित प्रसाद