निर्णय नं. ४२६९ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२६९ - ज्यान मार्ने उद्योग भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०२/०६ ५५३४ निर्णय नं. ४२६९ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४६ सालको फौ.पु.नं. ३५०।३५१।३६० २०४७ सालको निवेदन नं. १२३८ फैसला भएको मिति: २०४८।२।६।२ मा पुनरावेदक/वादी: मनसा ठकुराठीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी: का.जि. सोल्टी पछाडि बाफल डेरा गरी बस्ने राजु लामासमेत पुनरावदेक/प्रतिवादी: म्याग्दी,पाखापानी गा.वि.स. वा.नं. ३ बस्ने भीमप्रसाद गौचनसमेत विरुद्ध विपक्षी/वादी: मनसा ठकुराठीको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान मार्ने उद्योग (१) ततिम्बा बयान गराउन नमिल्ने गरी कुनै ऐन नियमले बन्देज लगाएको देखिँदैन, अ.बं. १३३ नं. मा सोध्नु परेको मनासिब माफिकको कुरा जहिलेसुकै सोधी कागज गराउन सक्ने गरी व्यवस्था भएको पाइन्छ । सो कानुनी व्यवस्थाबाट सोध्नु परेको कुरा (साविक पेज नं. १००) खुलाई ततिम्बा बयान गराउन मिल्ने । (प्रकरण नं. ४३) (२) छुट्टै साक्षीको रुपमा आएको नभई अभियोग लागी आएको र ती अभियोग लागेका सहअभियुक्तहरु स्वयं आफूले गरेको कसूर समेतलाई स्वीकारी पोल गरेको स्थितिमा निजहरुको पोलाइलाई आधार लिन मिल्ने । (प्रकरण नं. ४४) (३) श्री ५ को सरकार वादी मुद्दा, शुरु अदालतबाट फैसला भई सो फैसला उपर प्रतिवादीहरुले पुनरावेदन गरी तारीख गुजारी सकेपछि सो पुनरावेदनमा कारवाही गर्नुपर्ने हुँदैन, त्यस्तो पुनरावेदन डिसमिस गर्न नहुने कुनै कानुनले बन्देज लगाएको पनि नपाइने । (प्रकरण नं. ४५) (४) ज्यान मार्ने वा मार्नलाई बचन दिएको वा मार्न लगाएकोमा सो बमोजिमको कार्य पूर्ण भए पनि मानिस नमरेको अर्थात उनीहरुले सोचेको परिणाम ननिस्केको अवस्थामा ज्यान मार्ने उद्योगको अपराध कायम गरी सजायँ गर्ने व्यवस्था १५ नं. मा भएको पाइने । (प्रकरण नं. ४६) (५) १५ नं. ले स्पष्ट रुपमा ज्यान मार्ने उद्योग र १६ नं. ले षडयन्त्रको कसूरमा सजायँ गर्ने भिन्दा भिन्दै व्यवस्था गरेको देखिन्छ । उक्त व्यवस्थाबाट एउटै कसूरमा उक्त दुवै व्यवस्था एकैसाथ आकर्षित हुने नदेखिने । (प्रकरण नं. ४६) (६) १५ नं. को व्यवस्था आकर्षित भई सो बमोजिम सजायँ भएको हुँदा १६ नं. बमोजिम पनि सजायँ हुनु पर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावदेन जिकिर नमिल्ने । (प्रकरण नं. ४६) (७) पुनरावेदन सुन्ने अधिकारीलाई कसूरको मात्रा अनुसार त्यस्तो सजायँमा थप घट गर्न पाउने तजबिजी अधिकार भएको सजायँ घटाएको मिलेन भन्ने पुनरावेदन जिकिर पुग्ने अवस्था नरहने । (प्रकरण नं. ४६) पुनरावेदक वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव, विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला न्या.बब्बरप्रसाद सिंह १. प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने दुवै पक्षको पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :– २. मिति ०४३।५।२० गते राती कोठामा सुतिरहेको अवस्थामा ३ बजे केही पडकेको आवाजले (साविक पेज नं. १०१) बिउँझी हेर्दा लोग्ने पदम ठकुराठीको टाउकोमा गोली लागी रगत बगीरहेको रहेछ । तसर्थ अपराधीहरु पत्ता लगाई कार्यवाही गरी पाउँ भन्ने समेत मनसा ठकुराठीको जिल्ला प्रहरी कार्यालय काठमाडौंमा परेको मिति २०४३