निर्णय नं. १११६५ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११६५ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७८/१०/२५ १५३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।१०।२५ ०७६-CR-१९१७ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : विष्णुबहादुर खत्रीको छोरा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं.१० अर्घु घर भई हाल कारागार कार्यालय, तुलसीपुर थुनामा रहेका दिपेस पाण्डे विरूद्ध प्रत्यर्थी / वादी : सङ्केत नाम “दाङ ५६(A) भालुवाङ, २०७५” को जाहेरीले नेपाल सरकार जाहेरवाला नाबालिग रहेको देखिएको र जबरजस्ती करणी जस्तो गम्भीर किसिमको अपराध आफूमाथि घटित भएको अवस्थामा केही समयको अन्तरालमा भएको निजको बकपत्रको बेहोरा र जाहेरी दरखास्तको बेहोरा सामान्यरूपमा फरक पर्नुलाई अस्वाभाविक रहेछ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय जिल्ला न्यायाधीश श्री हेमन्त रावल दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री शालिग्राम कोइराला माननीय न्यायाधीश श्री मेरिना श्रेष्ठ उच्च अदालत तुलसीपुर दाङ फैसला न्या.हरिप्रसाद फुयाल : उच्च अदालत तुलसीपुर, दाङको मिति २०७६/०९/१४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(ख) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड जिल्ला दाङ, राप्ती गाउँपालिका वडा नं.१ पाखापानी स्थित पूर्वमा साइँलो कुमालको पक्की घर, पश्चिममा टिकाराम कालाथोकीको पक्की घर, उत्तरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्ड, दक्षिणमा आफ्नै बारीमा यति चार किल्लाभित्र पर्ने विष्णुप्रसाद खनालको आफ्नै खनाल होटल एण्ड लज भएको दुई तले पक्की घरको माथिल्लो तलाको उत्तर पश्चिमतर्फ रहेको कोठा नं.१०२ को कोठाभित्र झ्याल पट्टि रहेको काठको खाट, सो खाटमाथि बिच्छ्याएको सेतो रातो खैरो बुट्टा भएको तन्ना, सो तन्नाको छेउमा हल्का दाग लागी सुकेको, सोही तन्नामा स-साना रौहरू फेला परेको, ओढ्ने ब्लाङकेट, टेबुलमाथि रहेको सेतो रङको टाबेल अस्तव्यस्त यत्र तत्र छरिएको अवस्थामा रहेको उक्त कोठाको पश्चिमपट्टि भित्तामा सेतो तरल पदार्थ सुकेको अवस्थामा रहेको सो कोठाभित्र रहेको खाटमाथि जिल्ला दाङ, घोराही उपमहानगरपालिका वडा नं.१०, अर्बु बस्ने वर्ष २३ को दिपेस पाण्डेले परिवर्तित नामथर “दाङ ५६(A) भालुवाङ,२०७५” लाई जबरजस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का । म जाहेरवाली सङ्केत नाम दाङ ५६(A) भालुवाङ,२०७५, मिति २०७५/०४/२९ गते साँझ अन्दाजी ८ बजेको समयमा जिल्ला दाङ, राप्ती गाउँपालिका १, भालुवाङ बजारमा रहेको आफ्नै तरकारी पसलबाट घरतर्फ फर्कने क्रममा प्रतिवादी दिपेस पाण्डेले मलाई बाटोमा भेटी फकाइ फुलाइ नास्ता खान जाउँ भनी ऐ.ऐ. १, पाखापानी स्थित रहेको खनाल होटल एण्ड लजको माथिल्लो तलाको कोठामा राखी ढोका लगाउन थालेपछि मैले किन ढोका लगाउनु हुन्छ ढोका नलगाउनुहोस् भनी अनुरोध गर्दा गर्दै प्रतिवादीले जबरजस्ती ढोका लगाई मैले जे भन्छु त्यही मान, होइन भने यहीँ मारिदिन्छु भनी डर त्रास देखाई मलाई बिस्तारामा ढलाई पटकपटक जबरजस्ती करणी गरी अर्को दिन ऐ. ३० गते बिहान १० बजेको समयमा उक्त होटलमा मलाई छोडी भागी गएकोले निजलाई हदैसम्मको सजाय गरी कानूनबमोजिम क्षतिपूर्तिसमेत दिलाइपाउँ भन्नेस