निर्णय नं. १११६६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११६६ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/१२/०६ २८११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।१२।०६ मुद्दाः- जबरजस्ती करणी ०७५-CR-०१०५ पुनरावेदक / प्रतिवादी : धनप्रसादको नाति लोकप्रसाद रिमालको छोरा नुवाकोट जिल्ला, विदुर न.पा. वडा नं. ३ घर भई हाल जिल्ला कारागार कार्यालय नुवाकोटमा थुनामा रहेको धनप्रसादको नाति लोकप्रसाद रिमालको छोरा विनोद रिमाल विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित २५ जिल्ला विदुर न.पा. वडा नं. ४ बस्ने विदुर (त्र) को जाहेरीले नेपाल सरकार ०७५-CR-०२५३ पुनरावेदक / प्रतिवादी : जसो घलेको नाति चेन्ज घलेको छोरा नुवाकोट जिल्ला, विदुर न.पा. वडा नं. ४ घर भई हाल कारागार कार्यालय मकवानपुर भिमफेदीमा थुनामा रहेको वर्ष ३८ को दिनेश घले विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित २५ जिल्ला नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं. ४ बस्ने विदुर (त्र) को जाहेरीले नेपाल सरकार ०७८-CR-०९८० पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला विदुर न.पा. वडा नं. ३ घर भई हाल जिल्ला कारागार शाखा विदुर नुवाकोटमा थुनामा रहेका वर्ष २५ को प्रेम थापा विरूद्ध प्रत्यर्थी / वादी : विदुर (त्र) को जाहेरीले नेपाल सरकार पीडितको असहायपना र संवेदनशील अवस्था एवं न्यायिक प्रक्रियामा सहयोग गरेबापत उठाउनुपर्ने जोखिमको प्रकृति र मात्राको तुलनामा अभियुक्त पक्षबाट प्रयोग हुनसक्ने दबाब र प्रभावको सहजताका कारण पीडितले अदालतमा प्रतिकूल बकपत्र गर्ने सम्भावना बढी हुने । पीडितले मौकामा के बेहोरा लेखायो र अदालतमा के बेहोरा लेखायो भनी निजले लेखाएको बेहोरालाई यान्त्रिक रूपमा हेरी त्यस्तो बेहोराको सत्यताको परीक्षण गर्नेतर्फ नै नलागी प्रतिवादीलाई कसुरमा गढाउ वा कसुरबाट सफाइ दिनुपर्छ भन्ने मान्यतालाई सही मान्यता मान्न नसकिने । प्रमाण मूल्याङ्कनमा प्रमाणहरूको संख्याभन्दा पनि उपलब्ध प्रमाणहरूको विश्वसनीयता महत्त्वपूर्ण हुने । (प्रकरण नं.९) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सन्तोष नेपाल अवलम्बित नजिर : ने.का.प.२०६२, अङ्क १०, नि.नं.७६११ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री लोकजङ्ग शाह नुवाकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे उच्च अदालत पाटन फैसला न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा १ (ख) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भनी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मुद्दाको संक्षिप्त तथ्य जिल्ला नुवाकोट, विदुर न.पा. वडा नं.४ स्थित सेन्जायाङवो शेर्पाको घर भाडामा लिई गोसाईकुण्ड होटल सञ्चालन गर्दै आएकोमा मिति २०७३।३।७ गते साँझ अ.७ बजेको समयमा प्रतिवादीहरू दिनेश घले, प्रेम थापा र विनोद रिमालसमेत मेरो होटलमा आई रूस्लान भोड्का ठुलो एक बोतल र क्वाटर १ बोतल, सुकुटी मासु तथा चुरोटसमेत खाई त्यसपछि पुनः मासु तथा बियर ४ वटा तथा ४ वटा पेप्सीसमेत खाँदै गर्दा रातको अ.८:३० बजेको थियो । प्रतिवादीहरूले रक्सी लाग्यो यतै सुत्ने कोठा छ भनी सोधेकोले बिच तलामा सुत्ने कोठा छ भनेकोमा निजहरूलाई कोठा देखाई फर्किन लाग्दा निज प्रतिवादीहरूले कोठामा हिँड भनी मलाई जब