निर्णय नं. १११६७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११६७ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७८/१२/१३ २०४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तेजबहादुर के.सी फैसला मिति : २०७८।१२।१३ मुद्दाः- कर्तव्य ज्यान ०७२-CR-०३८१ पुनरावेदक / वादी : सोभित रामसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला, सप्तरी छिन्नमस्ता गा.वि.स. वडा नं.४ बस्ने सूर्य नारायण यादव-१ ऐ. वडा नं.२ बस्ने अशोक शर्मा ०७२-RC-००८७ पुनरावेदक / वादी : सोभित रामसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : वैजनाथी राम कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी प्रमाणित गर्न नसकेको अवस्थामा plea of alibi को विषयमा प्रश्न उठ्ने नदेखिने । कुनै पनि स्वतन्त्र प्रमाण वा परिस्थितिजन्य प्रमाणहरूबाट व्यक्ति कसुरदार हुन् भनी देखिन आएमा मात्र plea of alibi को विषयमा प्रश्न उठ्ने देखिने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खडिन्द्र राज कटुवाल प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू फैसला गर्ने : माननीय जिल्ला न्यायाधीश श्री रितेन्द्र थापा सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री राजेश्वर तिवारी माननीय न्यायाधीश श्री तेजबहादुर राई पुनरावेदन अदालत राजविराज फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ख) र सोही ऐनको दफा १० बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत पर्ने भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ:- तथ्य खण्ड जिल्ला सप्तरी, गा.वि.स., छिन्नमस्ता वडा नं.२ स्थित धान खेतको आलीमा पश्चिम टाउको पूर्व खुट्टा भई उत्तानो अवस्थामा रहेको मृतक बौकी देवी रामको लास हेर्दा दायाँ आँखामाथि निधारमा कालो निलडाम बायाँ हातमा दुई ठाउँमा खुइलिई रगत बगिरहेको, दायाँ कानबाट रगत बगिरहेको, मुखबाट तरल पदार्थ निस्किएको, योनिबाट सेतो तरल पदार्थ निस्किएको भन्नेसमेत बेहोराको मिति २०६७।८।२ को घटनास्थल लास जाँच मुचुल्का । मेरो श्रीमान्ले श्रीमती बौकी देवी रामलाई विवाह गरी कान्छी श्रीमती बनाई भारततर्फ बस्ने गरेको थियो । निजहरूसँग मेरो बोलचाल थिएन । मिति २०६७।८।२ गतेका दिन छिन्नमस्ता २ स्थित श्रीमती बौकी देवी रामको मृतक लास फेला परेकोले निजको के कसरी मृत्यु भएको हो, सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६७।८।२ मा वैजनाथी रामको जेठी श्रीमती सितली देवी रामको जाहेरी दरखास्त । मृतक बौकी देवी रामको टाउकोमा गम्भीर चोट लागेको कारण निजको मृत्यु भएको भन्नेसमेत बेहोराको मिति २०६७।८।३ को सगरमाथा अञ्चल अस्पताल, राजविराजको पोष्टमार्टम रिपोर्ट । मेरो श्रीमती बौकी देवी रामलाई अन्यायी वैजनाथी रामले ललाइफकाइ भगाई लगी श्रीमती बनाइराखेकोमा निजलाई खोजतलास गर्दा फेला नपरेको, मिति २०६७।८।१ गते राति वैजनाथी राम र निजका मिलुवा ४।५ जनासमेत मिली बौकी देवी रामलाई कर्तव्य गरी मारेको हुँदा निजहरूलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०६८।१।२ मा सोभित रामको