निर्णय नं. १११६८ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११६८ - अंश दर्ता भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०७/२० १६४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।०७।२० मुद्दा:- अंश दर्ता ०७३-CI-०४६६ पुनरावेदक / प्रतिवादी : स्व. बतहुप्रसाद शर्माको छोरा, जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं.११ बस्ने चन्द्रप्रकाश शर्मा विरूद्ध प्रत्यर्थी / वादी : स्व. बतहुप्रसाद शर्माको छोरा, धनुषा जिल्ला, बसहिया गाउँ विकास समिति, वडा नं.३ बस्ने केदारनाथ शर्मासमेत ०७३-CI-०४६७ पुनरावेदक / प्रतिवादी : स्व. बतहुप्रसाद शर्माकी बुहारी, चन्द्रप्रकाश शर्माकी श्रीमती, जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं.११ बस्ने बवन शर्मा विरूद्ध प्रत्यर्थी / वादी : स्व. बतहुप्रसाद शर्माको छोरा, धनुषा जिल्ला, बसहिया गाउँ विकास समिति, वडा नं.३ बस्ने केदारनाथ शर्मासमेत ०७३-CI-१६१७ पुनरावेदिका / प्रतिवादी : जिल्ला धनुषा, बसहिया गाउँ विकास समिति, वडा नं.३ हाल परिवर्तित जनकपुर उपमहानगरपालिका, वडा नं.२४ मा बस्ने बतहुप्रसाद शर्माको छोरा, उपेश्वरप्रसाद भूमिहार मरी मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने रामसिकील देवी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला धनुषा, बसहिया गाउँ विकास समिति, वडा नं.३ हाल परिवर्तित जनकपुर उपमहानगरपालिका, वडा नं.२४ बस्ने बतहुप्रसाद शर्माको छोरा, केदारनाथ शर्मासमेत ०७३-CI-१४२० पुनरावेदक / वादी : स्व. बतहुप्रसाद शर्माको छोरा, जिल्ला धनुषा, बसहिया गाउँ विकास समिति, वडा नं.३ हाल परिवर्तित जनकपुर उपमहानगरपालिका, वडा नं.२४ बस्ने केदारनाथ शर्मा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : स्व. बतहुप्रसाद शर्माकी बुहारी, चन्द्रप्रकाश शर्माकी पत्नी, जिल्ला मोरङ, विराटनगर उपमहानगरपालिका, वडा नं.११ हाल परिवर्तित ऐ. वडा नं.८ बस्ने बवन शर्मासमेत दाइजो हुनको लागि माइती मावलीपट्टिका नातेदार इष्टमित्रहरूले दिएको सम्पत्ति हुनुपर्ने र पेवा हुनको लागि लोग्ने वा लोग्नेपट्टिका सबै अंशियारहरूको मन्जुरीको लिखत गरिदिएको हुनुपर्ने । (प्रकरण नं.७) अंशियारबाहेक आफ्नो सहोदर दाजुबाट बकसपत्रको माध्यमबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनकै सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं.१२) ऋण लिएको घर जग्गा नै अन्य अंशियारलाई बन्डा नलाग्ने निजी आर्जनको ठहरिसकेको अवस्थामा ऋण भने बन्डा हुनुपर्छ भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं.१७) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाशबहादुर के.सी. र श्री श्यामप्रसाद पाण्डे तथा विद्वान् अधिवक्ता श्री सीता भट्ट अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४५४ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने न्यायाधीशः माननीय न्यायाधीश श्री चन्द्रमणी ज्ञवाली धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने न्यायाधीशः माननीय न्यायाधीश श्री पुरूषोत्तम भणडारी माननीय न्यायाधीश श्री ईश्वरीप्रसाद घिमिरे पुनरावेदन अदालत जनकपुर फैसला न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- तथ्य खण्ड हाम्रो मूल पुरूष बाबु बतहुप्रसाद र आमा मोहरी देवी दुवै जनाको मृत्यु भइसकेकोले हामी चार भाइ छोरामा जेठो विपक्षी उपेश्वरप्रसाद शर्मा, माहिलो म वादी केदारनाथ शर्मा, साहिँलो विपक्षी चन्द्रप्रकाश शर्मा