निर्णय नं. १११७० - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११७० - बैंकिङ कसुर भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०३/२२ १४५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।०३।२२ ०७७-RB-०१९१ मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / वादी : सुनिलकुमार कर्णको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : महोत्तरी जिल्ला, रामगोपालपुर नगरपालिका वडा नं. १ घर भई हाल पर्सा जिल्ला, वीरगन्ज महानगरपालिका वडा नं. १५ बस्ने रामनारायण लाल कर्णको छोरा मनिलकुमार कर्ण व्यक्ति व्यक्तिबिचको व्यवहारबाट सिर्जित कसुरसम्बन्धी व्यवहार आपसमा मिलिसकेको अवस्थामा जरिवाना ठहर गरी राज्यकोषमा राख्नुसमेत लोककल्याणकारी राज्यको मान्यता र सजाय निर्धारणसम्बन्धी मान्य प्रचलनका आधारमा न्यायसङ्गत नहुने हुँदा असुल भइसकेको बिगोबमोजिम जरिवाना गर्नु मनासिब नहुने । व्यक्तिलाई बिगो भराइदिन बाँकी नरहेको अवस्थामा सो बिगोबमोजिम जरिवाना गरी राज्यकोषमा राख्ने अवस्था राज्यका लागि पनि अनुचित सम्बृद्धि (unlawful enrichment) सरह हुन जाने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरि शंकर ज्ञवाली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२४१ सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री डिल्लीराज आचार्य मा. न्यायाधीश श्री अब्दुल अजीज मुसलमान उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ उपदफा (१) को खण्ड (क) बमोजिम उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसलाउपर पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र इजलासको ठहर यसप्रकार छः तथ्य खण्ड विपक्षी मनिलकुमार कर्णले किस्ता तिर्नुपर्ने छ भनी रू.१,००,०००।- सापटी रकम लिएकोमा सो सापटी लिएको रकमबापत म जाहेरवालालाई बैंकबाट भुक्तानी लिनु भनी बैंक खातामा रकम नभएको थाहा जानकारी हुँदाहुँदै आफ्नो नाममा रहेको NMB बैंकको खाता नम्बर ०९०२४९००७२८३०००००००१ बाट चेक थान-२ काटिदिएकोमा सो चेक लिई रकम भुक्तानीको लागि बैंकमा जाँदा खातामा रकम नभएको भनी बैंकले चेक बाउन्स गरिदिएकोले बैंकिङ कसुर मुद्दामा कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला सुनिलकुमार कर्णको जाहेरी दरखास्त । म तथा जाहेरवाला सहोदर दाजुभाइ रहेकोमा मलाई बैंकमा किस्ता तिर्नको लागि पैसा आवश्यक रहेको हुनाले दाजु जाहेरवालासँग रू.१,००,०००।- रकम सापटी मागेकोमा मैले आफ्नो खातामा मौज्दात रकम नभएको कुरा जानी जानी NMB बैंकमा रहेको खाता नं.०९०२४९००७२८३०००००००१ बाट रू.५०,०००।- का २ थान चेक काटिदिएको हुँ । उक्त चेक साट्न भनी बैंकमा जाँदा खातामा पर्याप्त रकम नभएको भनी बैंकले चेक बाउन्स गरिदिएको हुँदा जाहेरवाला दाइले मउपर प्रहरीमा जाहेरी दिई प्रहरीले मलाई पक्राउ गरेका हुन् भन्नेसमेत बेहोराको प्रतिवादी मनिलकुमार कर्णले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान । प्रतिवादी मनिलकुमार कर्णले आफ्नो खातामा रकम मौज्दात नरहेको थाहा जानकारी हुँदाहुँदै जाहेरवालालाई चेकमा रकम उल्लेख गरी चेक सटहीको लागि दिएको हुनाले निज प्रतिवादीले अभियोग दाबीबमोजिमको कसुर गरेको हुनाले निजलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भन्नेसमेत बेहोराको