निर्णय नं. १११७१ - खोटा चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११७१ - खोटा चलन भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०७/०४ १०६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।०७।०४ ०७२-CR-२०७४ मुद्दाः- खोटा चलन पुनरावेदक / वादी : प्र.स.नी. रामकाजी के.सी.को प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बाँके जिल्ला, नेपालगन्ज नगरपालिका, वडा नं. ७ बस्ने विनय गौतम कसुर गर्ने मनसाय वा भइरहेको कसुरको जानकारीबेगर साथीको नाताले कसुरदारसँगै उपस्थित हुनुलाई नै शंकारहित तवरबाट कसुरदार कायम गर्ने पर्याप्त आधार मान्न नमिल्ने । अवैध सामान बरामद गरिएको प्रतिवादीसँगै रहेको कारणबाट मात्र कसुर गर्ने मनसाय पुष्टि नहुने । सामान्यतया अवैध वस्तु बरामद नभएको प्रतिवादीलाई कसुरदार ठहर्याउन नमिल्ने । बरामद भएको अवैध भारतीय नक्कली नोट कारोबारमा निज प्रतिवादीको संलग्नता शंकारहित तवरबाट पुष्टि भएको नदेखिने । (प्रकरण नं.२) खोटा चलनको कसुर भए तापनि कसुरमा उपस्थित हुनेमध्ये पनि ज-जसको कसुरमा भूमिका पुष्टि हुन्छ उसैलाई मात्र कसुरदार ठहर गर्नु कानूनसङ्गत हुने । साथीले बोलाएकाले गएको र कसुरको मनसाय वा जानकारी नभएको प्रतिवादीको कसुरमा भूमिका स्थापित हुन नसकेका अवस्थामा निजलाई कसुरदार कायम गर्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.जिल्ला न्या.श्री कृष्णकमल अधिकारी बाँके जिल्ला अदालत पुनरावेदन फैसला गर्ने : मा. न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना मा. न्यायाधीश श्री अवधविहारी प्रसाद सिन्हा तत्कालीन पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.सपना प्रधान मल्ल : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः संक्षिप्त तथ्य जिल्ला बाँके, नेपालगन्ज नगरपालिका, वडा नं. १५ स्थित पूर्वमा खानेपानी संस्थानको खाली जग्गा, पश्चिममा राजु श्रेष्ठको स–मिल, उत्तरमा नाम थाहा नभएको मानिसको घर, दक्षिणमा गुरुद्वारा रोड यति चार किल्लाभित्र उत्तर दक्षिण मोहडा खरले छाएको पश्चिम ढोका भएको तारबारसहितको बेम्बु रेष्टुरेन्टभित्र राउन्ड टेबुलमा बसेको अब्दुल रहीम मिया, बिनय गौतम र दिपक के.सी. समेतको तलासी लिँदा अब्दुल रहीम मियाले लिएको Sky Star नामक ब्यागमा भारतीय नक्कली रू.१,०००।– दरको थान–५० र भारू रू. ५००।– दरको थान ७०० समेत गरी भारू रू.४,००,०००।–, मोटरसाइकल थान २ र मोबाइल थान ३ बरामद भएको भन्ने बेहोराको बरामदी मुचुल्का । मिति २०६६।०३।११ का दिनमा मसमेतको प्रहरी टोली अवैध भारतीय नक्कली नोटको कारोबार भएको भन्ने जानकारीअनुसार नेपालगन्ज नगरपालिका वडा नं.१५ बेम्बु रेष्टुरेन्टमा जाँदा दिपक के.सी.समेत रहेकोमा निजको खानतलासी लिँदा अब्दुल रहीम मियाको ब्यागमा भारू रू.१,०००।– दरका थान ५० र भारू रू.५००।– दरको थान-७०० समेत गरी नक्कली भारू रू.४,००,०००।– (चार लाख) तथा अब्दुल रहीम मियाबाट मोटोरोला मोबाइल-१, बिनय गौतमबाट भे २ प १४०१ को पल्सर मोटरसाइकल १, नोकिया मोबाइल-१ र दिपक के.सी.को साथबाट सामसुङ मोबाइल थान-१ र भे १ प ७१२१ नं.को मोटरस