निर्णय नं. १११७३ - बन्दीप्रत्यक्षीकरणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११७३ - बन्दीप्रत्यक्षीकरणसमेत भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०५/०१ २६६१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०८०।०५।०१ ०८०-WH-००२४ विषयः- बन्दीप्रत्यक्षीकरणसमेत निवेदक : रामहरि श्रेष्ठको छोरा, धादिङ जिल्ला सल्यानटार गा.वि.स. वडा नं. ४ (परिवर्तित त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.१) बाट २०५२ सालमा बसाइँ सरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्वरमा बसोबास रही बैंकिङ कसुर मुद्दामा हाल कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको प्रकाश श्रेष्ठ विरूद्ध विपक्षी : उच्च अदालत पाटन, ललितपुरसमेत स्थायी वतन र हालको वतन दुवै रहेको अवस्थामा र निज विरूद्ध परेको जाहेरी दरखास्त, अभियोगपत्रलगायतका कागजातमा निजको स्थायी ठेगाना, सम्पर्क नम्बरसहित खुलाएको छ भने उक्त व्यक्ति सोही ठेगानामा बसोबास गर्दछ भन्ने बुझ्न तामेलदारको मात्र होइन न्याय प्रशासनको समेत सामान्य समझको विषय हुने । व्यक्तिको बसोबास अस्थायी ठेगाना छ भन्ने यकिन भएमा वा निज बसाइँ सरी आएको भन्ने प्रमाण मिसिल संलग्न भएमा त्यस्ता प्रमाण कागजातहरूलाई अनदेखा गरी म्याद तामेलीको प्रक्रिया पूरा भएको भनी सुनुवाइ गर्न न्यायिक प्रक्रियाको लागि स्वाभाविक कार्य भन्न नमिल्ने । म्याद तामेलीसम्बन्धी प्रक्रिया प्राकृतिक न्यायको सिद्धान्तको एक महत्त्वपूर्ण अवयव भएकाले म्याद रीतपूर्वक बुझाउनु अदालत प्रशासन तथा तामेलदारको कर्तव्यभित्रको विषय हुने । यदि पक्षले सुनुवाइमा ढिलाई गर्न वा अदालत वा अर्को पक्षलाई दु:ख झन्झट दिन त्यस्तो कार्य गरेको भएमा निजको त्यस्ता कार्यको तस्वीर चित्रण हुने गरी सम्बन्धित कागजातहरूमा खुलाएको हुनुपर्ने । (प्रकरण नं.४) यथेष्ट कानूनी प्रावधानले सुनुवाइको मौका दिनुपर्ने प्रावधानलाई उच्चतम तहमा संवैधानिक तथा कानूनी व्यवस्थाले संरक्षण गरेको परिप्रेक्ष्यमा म्याद तामेली र आफूले प्रतिरक्षा गर्न पाउने सुनुवाइको हकसम्बन्धी व्यवस्थाका प्रावधानहरूको कार्यान्वयन त्रुटिरहित तवरले हुनको लागि सम्बन्धित सबै निकायहरू संवेदनशील हुनु आवश्यक देखिने । (प्रकरण नं.५) हाल बसोबास गरिआएको वतन स्पष्ट खुलेको अवस्थामा स्थायी वतनमा म्याद जारी गर्नाले सम्बन्धित व्यक्तिले म्याद सूचना बुझ्ने सम्भावना वा उक्त म्याद सूचनाको जानकारी पाउने सम्भावना कति न्यून रहन्छ भन्ने विषयलाई अनदेखा गर्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री कुमार प्रसाद घिमिरे विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री पुष्पराज बास्तोला अवलम्बित नजिर : ने.का.प.२०७८, अङ्क ११, नि.नं.१०७८२ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मुलुकी अपराध संहिता, २०७४ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः- तथ्य खण्ड जाहेरवाला न्यू महालक्ष्मी सःमील तथा फर्निचर उद्योगको एकल सञ्चालक पूर्णविलास श्रेष्ठले मेरा विरूद्ध विपक्षी उच्च अदालत पाटनमा बैंकिङ कसुर मुद्दा दर्ता गरेको र विपक्षी नं. १ बाट अपूर्ण कार्यविधि अपनाई म निवेदक तथा मेरो परिवारको मानिससमेत बसोबास नगरेको र हाल घरको अस्तित्वसमेत नभएको पूर्व स्थायी वतनमा म