निर्णय नं. १११७४ - जग्गा हक कायम धितो लिखत दर्ता बदर दर्ता कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११७४ - जग्गा हक कायम धितो लिखत दर्ता बदर दर्ता कायम । भाग: ६५ साल: २०८० महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०२/११ १७७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०२।११ मुद्दा : जग्गा हक कायम धितो लिखत दर्ता बदर दर्ता कायम । ०७२-CI-०४४३ पुनरावेदक / प्रतिवादी : मायानाथको नाति, वासुदेवको छोरा, मोरङ जिल्ला, गोविन्दपुर गाउँ विकास समिति वडा नं. १ बस्ने विनोदकुमार नेउपाने विरूद्ध प्रत्यर्थी / वादी : अब्दुल लतिफ खाँकी पत्नी सिराहा जिल्ला, खिरौना गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल बस्ने मुनिया खातुन ०७२-CI-१६८१ पुनरावेदक / वादी : अब्दुल लतिफ खाँको पत्नी, सिराहा जिल्ला, खिरौला गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल बस्ने मुनिया खातुन विरूद्ध प्रत्यर्थी / प्रतिवादी : साबिक जिल्ला सिराहा, खिरौना गाउँ विकास समिति वडा नं. ५ ठेगाना उल्लेख भएकी हाल गुड्डु खानकी पत्नी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराही, ओरिएन्टल कोलनी सि ब्लक भुइँ तल्ला १ नं. कोठामा बस्ने रोक्साना बेगमसमेत कुनै जग्गाधनीको नाममा किर्ते नागरिकताको प्रमाणपत्र बनाई नक्कली व्यक्ति खडा गरी लिखत पारित गरिन्छ भने त्यस्तो किर्ते जालसाजको कार्यबापत सजाय मात्र हुन्छ, किर्ते जालसाज ठहरेको लिखतको कानूनी मान्यता कायम रहिरहन्छ भन्न नमिल्ने । कुनै लिखत किर्ते जालसाजपूर्वक तयार भएको ठहर्छ भने त्यसरी किर्ते जालसाजपूर्वक तयार भएको ठहरेपछि त्यस्तो लिखत स्वत: किर्ते जालसाजपूर्वक तयार हुनुपूर्वको अवस्थामा कायम रहन गएको मान्नुपर्ने । सरकारी छाप दस्तखत किर्ते मुद्दा दायर भई सोबमोजिमको कसुर भएको ठहरेकोमा लिखतको कुनै अंश वा भागको मान्यता कायम रहिरहने भनी मान्न नसकिने । (प्रकरण नं.४) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री विरेन्द्रकुमार ठाकुर प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री भेषराज नेउपाने अवलम्बित नजिर : ने.का.प.२०३७, नि.नं.१३५०, पृ.५७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री किरणकुमार पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री विदुर विक्रम थापा पुनरावेदन अदालत पाटन फैसला न्या.सुष्मालता माथेमा : पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१७ को फैसलाउपर वादी र प्रतिवादी दुवैतर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः मुद्दाको संक्षिप्त तथ्य म फिरादकर्ता मुनिया खातुन र विपक्षी रोक्साना बेगम पति अब्दुल लतिफ खाँका दुई पत्नी थियौं । पति अब्दुल लतिफ खाँ नेपाल प्रहरीको सेवामा प्र.स.नि. पदमा इलाका प्रहरी कार्यालय लाहान सिराहामा कार्यरत रहँदाका अवस्थामा मिति २०५९।८।१८ मा नेपाल प्रहरी र माओवादीबिच भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । स्व. पति अब्दुल लतिफ खाँले आफ्नो कमाई र पैतृक सम्पत्तिसमेतबाट जम्मा गरेको पैसाले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ नक्सा सिट नं.११०७–३४ को कि.नं. ३९६ को ज.रो. ०–०–०–२,