निर्णय नं. ४२७० - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२७० - परमादेश भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/१२/१७ ३०५१ निर्णय नं. ४२७० ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४७ सालको रिट नं. ११८९ आदेश भएको मिति: २०४७।१२।१७।१ मा निवेदक : केन्द्रीय कारागार भद्रगोलमा थुनामा रहेको खगेन्द्रजंग गुरुङ विरुद्ध विपक्षी : प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, निर्वाचन आयोगसमेत विषय : परमादेश (१) सुनुवाई निवेदकको सुविधा (Convenience) बमोजिम हुनुपर्छ भन्ने होइन । (प्रकरण नं. १२) (२) सुनवाइको उचित मौका प्रदान गरिएको छ भने प्राकृतिक न्यायको सिद्धान्तको परिकल्पनालाई यसले पूरा गरेको हुन्छ । (प्रकरण नं. १३) (३) जनजाती भन्ने नामले कुनै खास वर्गलाई अथ्र्याउने र भिन्न भाषा, संस्कृति, धर्म, नस्ल जातीहरुलाई मातृस्थलको आधारमा स्वशासित प्रान्त कायम गर्दा साम्प्रदायिक प्रकृतिका भई संविधान बमोजिम निर्वाचनको लागि मान्यता प्राप्त गर्न सक्दैन र त्यस्तो राजनैतिक दल दर्ता गर्न समेत नमिल्ने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल, विद्वान अधिवक्ता श्री तुल्सी भट्ट विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. बिगतको जनआन्दोलनको परिणाम स्वरुप दलगत राजनैतिक व्यवस्था स्थापना भएको र नेपाल (साविक पेज नं. ११४) अधिराज्यको संविधान, २०४७ को धारा ११३ अनुसार सोही संविधानको धारा ४५ बमोजिम गठन हुने प्रतिनिधिसभाको सदस्यको निर्वाचनमा दलगत आधारमा भाग लिन कुनै पनि राजनैतिक पार्टीले निर्वाचन आयोगमा दर्ता गराउनु पर्ने व्यवस्था गराएको र सोही अनुकूल निर्वाचन आयोगले मिति २०४७।९।९ मा गोरखापत्रमा निर्वाचन प्रयोजनको लागि राजनैतिक संगठन वा दल दर्ता गराउन सूचना प्रकाशित गरी ३० दिन भित्र दल दर्ता गराइसक्नु पर्ने र संविधानको धारा ११२ को उपधारा (३) प्रतिकूल दल हुनु नहुने, धारा ११३ को पालना भएको हुनुपर्ने र धारा ११४ मा निर्धारित व्यवस्था गर्नु पर्ने व्यवस्था गरियो । नेपाल राष्ट्रिय जनजाती पार्टीले सूचनामा निर्दिष्ट म्याद भित्र अर्थात २०४७।१०।२ मा मिति ०४७।९।९ मा दैनिक गोरखापत्रमा प्रकाशित सूचनाको पालना गर्ने कबूल गर्दै आगामी संसदीय निर्वाचनमा राजनैतिक पार्टीको रुपमा निर्वाचन आयोगबाट मान्यता पाउन आवेदन प्रस्तुत गरेकोमा निर्वाचन आयोगले मिति २०४७।१०।१५ मा च.नं. १५०३ को पत्र पठाई मिति २०४७।१०।२ मा यस पार्टीले पेश गरेको आवेदनमा मिति २०४७।९।९ मा प्रकाशित सूचना तथा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११३(३) बमोजिम भएको नभएको हेर्दा निम्न कुरा भेटिएको भनी यस पार्टीको विधानको प्रस्तावनाको केही अंश तथा विधानको भाग ३(क) को केही अंश उल्लेख गरी उक्त पत्रको जवाफ ३ दिन भित्र दिनु होला भन्ने उल्लेख गरेको रहेछ, परन्तु उक्त पत्रमा संविधानको कुन धारा उपधाराको प्रतिकूल यस पार्टीको विधान भएको हो उल्लेख छैन । यस पार्टीले मिति २०४७।१०।१८ मा निर्वाचन आयोगलाई दिएको जवाफ पत्रमा आफ्नो विधान नेपाल अधिराज्यको संविधान, २०४७ को प्रतिकूल भएको महसूस नगरेको, तथापी निर्वाचन आयोगलाई त्यसप्रकार संविधानको कुन भाग धारा उपधाराको प्रतिकूल हाम्रो विधान छ भन्ने