निर्णय नं. १११७५ - जबरजस्ती करणी गरी कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११७५ - जबरजस्ती करणी गरी कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/०८/१५ ३२२० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला मिति : २०७९।०८।१५ मुद्दाः जबरजस्ती करणी गरी कर्तव्य ज्यान ०७५-NF-००४० पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, बाजुङ गा.वि.स. वडा नं. १ हाल ऐ. मोदी गाउँपालिका वडा नं ५ घर भई कारागार कार्यालय, बागलुङमा थुनामा रहेको प्रकाश भन्ने निशान के.सी.समेत विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम सर्वोच्च-३ पर्वतसमेतको जाहेरीले नेपाल सरकार ०७६-NF-००२७ पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, बाजुङ गा.वि.स. वडा नं.१ बस्ने बलबहादुर भन्ने बुधबहादुर पौडेल क्षेत्री विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम सर्वोच्च-३ पर्वतसमेतको जाहेरीले नेपाल सरकार तत्काल सङ्कलन गरिएका वस्तुस्थितिको चित्रण गरिएको घटनास्थल मुचुल्का, बरामदी मुचुल्कामा उल्लिखित बेहोराले अपराधमा देखिएका (crime scene) तथ्यहरू (facts) को उजागर गरिदिएको हुन्छ । अन्यथा प्रमाणित नभएसम्म त्यस्ता तथ्यहरूको विश्लेषणबाट अपराधमा रहेको अपराधीहरूको संलग्नताको बारेमा नजिक पुर्याउने कार्य गरेको हुन्छ । साथै एकजना मात्र संलग्न रहेको देखिने तथ्य र धेरै व्यक्ति संलग्न भएको देखिने तथ्य जस्तै तत्काल सङ्कलन गरिएका प्रमाणहरूबाट परख गर्न सकिने । मृतकको पोस्टमार्टम रिपोर्ट परीक्षण पनि महत्त्वपूर्ण प्रमाण हुने । वैज्ञानिक विधिबाट मृतकको शरीरको यौनाङ्गमा देखिएका घाउ चोटहरू तत्काल खुलाइएको हुन्छ । सो प्रमाणले पनि कसुरदारहरूको संख्या वा संलग्नतालाई परख गर्न मद्दत पुग्ने । (प्रकरण नं.९) अनुसन्धानको क्रममा तत्काल सङ्कलन गरिएका प्रमाणहरूले अपराध र अपराधीको बारेमा बोलिरहेको हुन्छ । परिस्थितिजन्य प्रमाणले कसुरदारको नजिक पुर्याउने कार्य गर्दछ । कतिपय वारदातमा प्रत्यक्ष प्रमाण नरहेको हुन सक्दछ तर सङ्कलन गरिएका मिसिल संलग्न रहेको परिस्थितिजन्य प्रमाणहरूको सूक्ष्म विश्लेषणबाट कसुरदार पहिल्याउनुपर्ने । (प्रकरण नं.१४) प्रतिवादीहरूको संलग्नता पुष्टि गर्ने परिस्थितिजन्य प्रमाण मालाकार कडीका रूपमा रहेको देखिएको अवस्थामा प्रत्यक्ष प्रमाणको अभाव रहेको भन्ने आधारमा मात्र अपराध र अपराधीले गरेको कसुरबारे खोजबिन नहुने र कसुरदार ठहर गर्न नमिल्ने भन्न नहुने । (प्रकरण नं.१८) कसुरदारले सकभर आफ्नो अपराध समाजबाट लुकाउन खोज्ने प्रवृत्ति रहने हुँदा सबै वारदात घटनामा प्रत्यक्षदर्शी वा प्रत्यक्ष प्रमाण हुन्छ नै भन्ने हुँदैन । तर प्रत्यक्ष प्रमाण नभएको स्थितिमा पनि मिसिलबाट देखिएका तथ्यले के बोलिरहेका छन् र ती तथ्यहरू वारदातको परिस्थिति र परिस्थितिजन्य प्रमाणहरूबाट समर्थित भएको अवस्था छ, छैन हेरी विवादको निरूपण गरिनु आवश्यक हुने । (प्रकरण नं.२१) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री शम्भु थापा र श्री इश्वरीप्रसाद भट्टराई, विद्वान् अधिवक्ताहरू श्री सपना सुवेदी, श्री पुर्ण राजवंशी र श्री कृष्णनाथ शर्मा तथा विद्वान् वैतनिक अधिवक्ताद्वय श्री अमिता गौतम र श्री सुधा धिताल वादीका तर्फबाट : सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : ने.का.प.२०४५, अङ्क ११, नि.नं.३६५२ ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८ ने.का.प.२०६८, अङ्क २, नि.नं.८५५३ ने.का.प.२०६९, अङ्क १२, नि.नं.८९३० ने.का.प.