निर्णय नं. १११७७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११७७ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/१२/२७ ९५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।१२।२७ ०७३-WO-०४९२ मुद्दाः- उत्प्रेषण निवेदक : प्रतापकुमार सुनुवारको छोरा रामेछाप जिल्ला दुरागाउँ गा.वि.स. वार्ड नं. ३ बस्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक चौतारामा कार्यरत रहेको अवस्थामा निलम्बित प्र.स.नि. वर्ष ४५ को शंकर सुनुवार विरूद्ध प्रत्यर्थी : श्री प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंसमेत पूर्ण सावधानी अपनाई कर्तव्य निर्वाह हुन नसकी दायित्वको उल्लङ्घन हुँदा लापरवाही हुन जाने । उक्त लापरवाहीले अवस्थाअनुसार फौजदारी र देवानी गरी दुई किसिमको दायित्व सिर्जना गर्ने । सुरक्षा निकायजस्तो संवेदनशील सेवामा कार्यरत कर्मचारी हातहतियारलगायतको प्रबन्ध र व्यवस्थापन गर्ने जिम्मेवारीमा रहेको अवस्थामा हतियार हराएको विषय सामान्य नभई गम्भीर कसुर हुन जाने । यस्तोमा फौजदारी कानून आकर्षित हुने र क्षतिपूर्तिको अतिरिक्त अन्य सजाय पनि हुन सक्ने । सार्वजनिक पदाधिकारीले आफ्नो जिम्मामा रहेका सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु कर्तव्य र दायित्व दुवै हुने । सुरक्षा निकायका लागि हातहतियार, गोलीगठ्ठा तथा खरखजानाको उचित प्रयोग, व्यवस्थापन र संरक्षण गर्नुपर्ने कानूनी दायित्वसमेत हुने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्तात्रय श्री चुडामणि पोखरेल, श्री विनोद शर्मा र श्री कुमारप्रसाद आचार्य प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको संविधानको धारा १३३(२)र(३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्यगत बेहोरा म निवेदक मिति २०४८।९।१५ गतेदेखि नेपाल प्रहरी सेवामा प्रवेश गरी प्रहरी ऐन, २०१२ को दफा १५ ले तोकेका कर्तव्यहरू इमान्दारीका साथ पालना गर्दै आएको थिए । यसै क्रममा मिति २०६८।१२।०२ गते इ.प्र.का. पोखरिया पर्साबाट सरूवा भई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रबन्ध शाखामा कार्यरत थिएँ । सो प्रबन्ध शाखामा मसँग प्र.ज. तिलक दुलालसमेत कार्यरत थिए । सो प्रबन्ध शाखाको ३ वटा चाबीमध्ये आदेशबमोजिम एउटा म निवेदकको जिम्मामा रहने, एउटा प्र.ज. तिलक दुलालको जिम्मा रहने र एउटा प्रबन्ध शाखाकै दराजको भित्रको प्लास्टिकको डब्बामा राख्ने गरिएको थियो । कार्यालय प्रमुखको निरीक्षणको क्रममा चाइनिज पेस्तोल नं. २२०४०५७ को ७७ टाइप ७.६२ क्यालिबरको १ थान र सोको मेगजिन थान २ र ऐ. को गोली १४ समेत कोही कसैले फिर्ता बुझाउन नल्याएकोले खोजबिन भइरहेको छ भनी मैले जाहेर गरेको थिए । मेरो जाहेरीलाई आधार मानी मिति २०७१ साल जेष्ठ १५ गते २२०४०५७ नं.को चाइनिज पेस्तोल थान १ र सोको मेगजिन थान २ ऐ.को गोली १४ राउन्ड आम्दानीअनुसार नपाइएको जिन्सी स्टोरमा नदेखिएकोले लापरवाही गरी हातहतियार हराएको भन्ने प्रतिवेदन तयार गरी मलाई थुनामा राखी अञ्चल प्रहरी कार्यालय बागमतीमा पुर्‍याई पोलिग्राफ परीक्षणसमेत गरियो । मिति २०७१।०३।२३ गते मात्र २४ घण्टाभन्दा बढी समय थुनामा राख्न अख्तियारी नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले थुनुवा पुर्जी दिएको र सोको ८ दिनपछि मिति २०७१/३/३१ गते मलाई हातहतियार हराएको अभियोग लगाई प्रहरी ऐन, २०१२ को परिच्छेद ६ को दफ