निर्णय नं. १११७९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११७९ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/०९/०५ १५२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा आदेश मिति : २०७९।०९।०५ ०७३-WO-०४१९ मुद्दाः- उत्प्रेषण निवेदक : प्रचलित कम्पनी कानूनअन्तर्गत स्थापित भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.३५ तीनकुनेस्थित साना किसान विकास बैंक लि. को तर्फबाट अख्तियार प्राप्त ऐ. का प्रमुख कार्यकारी अधिकृत जलन शर्मा विरूद्ध विपक्षी : नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वर, काठमाडौं कम्पनी रजिस्ट्रारको कार्यालयको रजिस्ट्रारले जारी गर्ने निर्देशिका कम्पनी ऐनको सर्वमान्यतामा प्रतिकूल नहुने गरी सोको कार्यान्वयन तथा कम्पनीको प्रशासनसम्बन्धी कार्य प्रभावकारी वा व्यवस्थित रूपमा सम्पादन गर्न सक्ने भएकोले ऐनमा हुँदै नभएको व्यवस्थालाई कार्यान्वयन गर्ने वा कम्पनीको प्रशासन गर्ने निहुँमा सोको सर्वमान्यतामा प्रतिकूल हुने गरी कम्पनी रजिस्ट्रारको कार्यालय तथा उक्त कार्यालयका रजिस्ट्रारबाट जारी भएको निर्देशिकाले पक्षको हकमा प्रभाव पर्ने गरी ऐनको प्रावधानविपरीत कार्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गर्न नमिल्ने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री पोषण राज लामिछाने, श्री हरि उप्रेती, श्री बद्रीबहादुर कार्की विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : ने.का.प.२०६३, नि.नं.७६६० सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ कम्पनी ऐन, २०६३ सहकारी ऐन, २०७४ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधान, २०७२ को धारा १३३ (२)(३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः तथ्य खण्ड निवेदक साना किसान विकास बैंक तत्कालीन विकास बैंक ऐन, २०५२ अन्तर्गत काम गर्ने गरी तत्कालीन कम्पनी ऐन, २०५३ अन्तर्गत मिति २०५८।०३।२२ मा स्थापित पब्लिक लिमिटेड कम्पनी हो । नेपालको ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्थाहरू र गरिबी निवारणमा संलग्न समान प्रकृतिको अन्य लघुवित्त संस्थाहरूलाई थोक कर्जा र पुनर्कर्जा प्रदान गर्ने, तथा गरिबी निवारणसम्बन्धी कार्यमा सहयोग पुर्‍याउने बैंकको उद्देश्य रहेको छ । पूर्वका इलामको श्रीअन्तु तथा झापाको पृथ्वीनगरका साना किसान सहकारी संस्थाहरूदेखि सुदूर-पश्चिमको कैलाली, श्रीपुरका साना किसान सहकारी संस्थाहरूसमेत गरी २१ वटा साना किसान सहकारी संस्थाहरू र तत्कालीन श्री ५ को सरकार अर्थ मन्त्रालय-१, कृषि विकास बैंक-१, नेपाल अरब बैंक लि-१, नेपाल बैंक लि.-१ समेत गरी २५ वटा संस्थाहरूको संयुक्त लगानीमा यो बैंकको स्थापना गरिएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश, २०६२ बमोजिम स्थापनाकालको प्रबन्धपत्र खारेज गरी बनाइएको हालको प्रबन्धपत्रबमोजिम यस बैंकको काम कारबाही हुँदै आएको छ । निवेदक बैंकले आफ्ना गरिबी निवारणलगायतका काम कारबाहीहरू अघि बढाइरहेकै अवस्थामा कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरको मिति २०७२।०८।०६ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी कम्पनी निर्देशिका, २०७२ जारी गरिएको रहेछ । उक्त निर्देशिका औपचारिक रूपमा विपक्षी कार्यालयबाट हालसम्म यस बैंकलाई प्राप्त भएको छैन । तथापि, यस बैंकलाई अनौपचारिक रूपमा प्राप्त जानकारीअनुसा