निर्णय नं. १११८१ - जबरजस्ती करणी गरी कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११८१ - जबरजस्ती करणी गरी कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/०५/०१ १४५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।५।१ ०७५-CR-२३२५ मुद्दा : जबरजस्ती करणी गरी कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, उमाप्रेमपुर गा.वि.स. वडा नं.४ घर भई हाल कारागार कार्यालय सिन्धुलीमा थुनामा रहेको सहिदुल राईन विरूद्ध विपक्षी / वादी : बिमला कापरको जाहेरीले वादी नेपाल सरकार परिस्थितिजन्य प्रमाणहरूका साथै चस्मदिद व्यक्तिले गरेको बकपत्रसमेतबाट आरोपितले कसुर गरेको पुष्टि भएको देखिँदा लास decomposed भई मृत्युको कारण नखुलेको अवस्थामा विशेषज्ञ डाक्टरले बकपत्र नगरेकै कारण प्रतिवादी निर्दोष रहेको भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कैलास के.सी धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.मुख्य न्यायाधीश श्री उदय प्रकाश चापागाई माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने उच्च अदालत जनकपुर फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला धनुषा, यज्ञभूमि गा.वि.स. वडा नं. ७ स्थित पूर्वमा वेंगाडावरको जंगल, पश्चिम, दक्षिण र उत्तरमा समेत वेंगाडावरकै जंगलको बिच भागमा श्री मालटोल सामुदायिक वनभित्र पर्ने चिराइते खोलाको पूर्वपट्टि किनारमा रहेको हलुरेको रूखमा नाम थर वतन यकिन नखुलेकी अं.वर्ष २० की तराई मूलकी रातो कुर्ता हरियो सुरूवाल लगाएकी महिला मानिसको दुवै खुट्टा भुइँमा छोएको हरियो सलले पासोमा उत्तरतर्फ फर्केको झुन्डिई मृत अवस्थामा झिँगा लागि दुर्गन्धित अवस्थामा फेला परेको लासको अनुहारको अवस्था सडीगली सकेको, आँखा सुन्निएर किरा लागेको, जिब्रो बाहिर निस्की औँसा परेको, घाँटी सुन्निएको र सलको डाम रहेको, दुवै हात सुन्निएको, बायाँ हातअगाडि दाहिने हात पछाडि भएको, दुवै खुट्टा सुन्निएको, बायाँ खुट्टा अगाडि, दायाँँ खुट्टा पछाडि भई लत्रेको, जिउभरि फोका उठेको, पेट सुनिएको, मलद्वारबाट दिसा आएको र योनिद्वारमा रगत र वीर्य जस्तो तरल पदार्थ रहेको भन्ने बेहोराको घटनास्थल तथा लास जाँच मुचुल्का । मिति २०७०।३।२८ गतेका दिन अं.११:०० बजेको समयमा मेरो नाबालिक नातिनी वर्ष १५ की आरती कुमारी घरबाट निस्की गएकोमा खोजतलास गर्ने क्रममा मिति २०७०।३।३० गते इलाका प्रहरी कार्यालयमा यज्ञभूमिबाट मुर्गिया टोलको टिकटिक खोलानजिक जंगलमा लास फेला परेको भन्ने खबर पाई उक्त स्थानमा मसमेत गई हेर्दा मृतक नातिनीको लास हलुरेको रूखमा दुवै खुट्टा भुइँमा लतारिएको अवस्थामा देखी मेरो नातिनीको लास हेरी देखी सनाखतमा समेत गरी लास कानूनबमोजिम गरी दाह संस्कारको लागि जिम्मा पाऊँ । पछि खुलेको बखत कानूनबमोजिम किटानी जाहेरी दिने नै छु भन्ने बेहोराको सुरू जाहेरी दरखास्त । The body is decomposed so cause of death can’t be ascertained भन्ने बेहोराको मृतकको शव परीक्षण प्रतिवेदन । म जाहेरवालीको माइली छोरी वर्ष १२ की मनिषा