निर्णय नं. १११८२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११८२ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७८/११/११ २१९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री कुमार चुडाल आदेश मिति : २०७८।११।११ ०७५-WO-०७६६ विषय:– उत्प्रेषण निवेदक : जिल्ला सिराहा, लाहान नगरपालिका, वडा नं. ७ बस्ने रामेश्वर उपाध्यायको छोरा प्रियरञ्जन उपाध्याय विरूद्ध विपक्षी : उच्च अदालत जनकपुर, राजविराज इजलास, सप्तरीसमेत अंश मुद्दामा अंशबन्डा गर्नुपर्ने देखिए अंश दिनुपर्ने दायित्व भएका पक्षहरूसँग अंशबन्डा लाउनुपर्ने सम्पत्तिको विवरण माग गर्ने प्रक्रिया हो । अंश मुद्दामा तायदाती फाँटवारी माग गर्ने आदेश मुद्दाको अन्तिम निचोड र विचाराधीन विषय अन्त्य भएको घोषणा होइन । यो प्रक्रियामार्फत बन्डा गर्नुपर्ने सम्पत्ति निर्क्यौल गरिनुका साथै मुद्दा किनाराको लागि अङ्ग पुर्याई योग्य बनाइएको मात्र हो । अंशको तायदाती फाँटवारी माग हुँदैमा मुद्दामा विचाराधीन सम्पूर्ण प्रक्रियाको अन्त्य हुने नभई न्यायिक प्रक्रियाको विभिन्न चरणमध्ये अंश मुद्दामा अवलम्बन गरिने एक चरण मात्र हुने । यसपछि तायदाती फाँटवारीमा पक्षहरूबाट देखाइएको श्रीसम्पत्तिको आधिकारिकता सम्बन्धमा आवश्यक प्रमाण बुझ्ने, के-कुन सम्पत्ति बन्डा लाग्ने वा नलाग्ने निर्क्यौल गर्ने, मुद्दामा संलग्न पक्षबाहेक अन्यको नाममा समेत सम्पत्तिहरू देखिए त्यस्ता व्यक्तिहरू बुझ्ने, नपुग हुन आउने अदालती शुल्क निर्धारण गरी दाखिल गर्न लगाउने र निष्कर्षसहितको ठहर गर्नेलगायतका कार्य बाँकी रहने । (प्रकरण नं. १५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ताद्वय श्री ईश्वरप्रसाद सुवेदी र श्री राजु कटुवाल विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्याम खरेल र विद्वान् अधिवक्ताद्वय श्री लिलामणी पौडेल र श्री संजिवकुमार लामा अवलम्बित नजिर : ने.का.प. २०४८, अङ्क ६ नि.नं. ४३१३ ने.का.प. २०५३ अङ्क २ नि.नं. ६१५४ ने.का.प. २०६९, अङ्क ६, नि.नं. ८८५१ सर्वोच्च अदालत बुलेटिन, अङ्क ६, असार १६-३२, २०६३ पूर्णाङ्क ३३६, रिट नं. ३३४४, पृष्ठ १ सम्बद्ध कानून : आदेश न्या. प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ:- तथ्य खण्ड मूल पुरूष बच्चुलाल उपाध्यायको स्व.रामेश्वर र स्व.दिनेश्वर दुई भाइ छोरा भएकोमा स्व.रामेश्वरतर्फ विजय, विनोद, अशोक र म निवेदकसमेत ४ भाइ तथा स्व.दिनेश्वरतर्फ विपक्षीहरू अनिल, सुनिल र कृष्णकुमार तीन भाइ हुन् । विपक्षी बिनिता अनिल र विपक्षी मधु विपक्षी सुनिलकी श्रीमती हुन् । हामीहरूका बिच रीतपूर्वक अंशबन्डा नभएकोले विपक्षीहरूउपर सम्पूर्ण सम्पत्ति २ खण्ड गरी १ खण्ड छुट्टयाई सो १ खण्डलाई ४ भाग लगाई १ भाग दिलाइपाउँ भनी सिराहा जिल्ला अदालतमा अंश मुद्दाको फिराद पत्र दायर गरेको थिएँ । सो अंश मुद्दामा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम मोहीको लगत भर्दा बाल बिटौरीको ०-०-१२ को जग्गाको मोहीको लगतमा जग्गावालाको नाम रामेश्वर मोहीको लगतमा दिनेश्वर र पारिवारिक विवरणमा दिनेश्वरको परिवारको नाम उल्लेख भएको, सो जग्गा दिनेश्वरकी पत्नीको नाममा नामसारी भएकोमा साधिकार निकायमा उजुर नपरेको, प्रतिवादीहरूका बिच लामो समयदेखि जग्गा खरिद बिक्री भइरहेको र वादीका पिताको नाममा समेत कि.नं. ४१ र ४२ को कित्ता जग्