निर्णय नं. १११८७ - सरकारी छाप दस्तखत किर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११८७ - सरकारी छाप दस्तखत किर्ते भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/०८/१४ १४२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।८।१४ मुद्दा: सरकारी छाप दस्तखत किर्ते ०७४-CR-१८५८ पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही, घुर्कौली गा.वि.स. वडा नं. ८ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने इन्द्र प्रसादको नाति गंगाप्रसादको छोरा महेश अधिकारी विरूद्ध प्रत्यर्थी / वादी : केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, काठमाडौंका प्रहरी निरीक्षक भोलाकुमार भट्टसमेतको प्रतिवेदनले नेपाल सरकार ०७४-CR-१८५९ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. ११ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ बस्ने अभय पोखरेल विरूद्ध प्रत्यर्थी / वादी : केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज, काठमाडौंका प्रहरी निरीक्षक भोलाकुमार भट्टसमेतको प्रतिवेदनले नेपाल सरकार पढ्न लेख्न जान्ने व्यक्तिले कागजमा लेखेको बेहोरा नपढी त्यतिकै सही गरे होलान् भनी विश्वास गर्न नसकिने । प्रतिवादीहरूको मौकाको बयान र बरामदी मुचुल्कामा भएको सहीलाई स्वीकार गरेको र सोमा भएको बेहोरालाई इन्कार गरेको देखिएकोमा कागजमा भएको सहीछाप स्वीकार गरेको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म सो कागजमा भएको बेहोरा पनि निजकै मानिने र सो बेहोरा निजको हकमा प्रमाणमा ग्रहणयोग्य नै मानिने । (प्रकरण नं.५) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद भण्डारी वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या.श्री महम्मद जुनैद आजाद काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री राजकुमार वन माननीय न्यायाधीश श्री कृष्णकमल अधिकारी उच्च अदालत पाटन फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड वुमसाङ धोर्जे लामासमेतले विभिन्न व्यक्तिहरूको राहदानी लिई नक्कली श्रम स्टिकर टाँसी छाप लगाई रकम लिई गैरकानूनी रूपमा मानिसहरूलाई विदेश पठाउने गरेको भन्ने सूचना प्राप्त भई त्यस्ता मानिसहरूको खोजतलास गर्दा वुमसाङ धोर्जे लामा र महेश अधिकारीलाई फेला पारी चेक जाँच गर्दा महेश अधिकारीले श्रम स्टिकरको रू.१५,०००।- का दरले वुमसाङ धोर्जे लामालाई बिक्री गर्न लागेको अवस्थामा महेश अधिकारीबाट बरामदी मुचुल्कामा उल्लिखित विभिन्न व्यक्तिहरूको राहदानी थान-३८, विभिन्न संस्थाका छापहरू र श्रम स्टिकर थान- ७, राहदानी थान- ३ Department of Foreign Employment Nepal २०६५ लेखिएको रवरको छाप थान १ बरामद गरी बरामदी मुचुल्कासाथ पेस गरेका छौं, आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत प्रहरीको प्रतिवेदन । काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ९ गैरीगाउँमा महेश अधिकारीको शरीर खानतलासी लिँदा १२ थान श्रम स्टिकर, विभिन्न व्यक्तिका नामको ३८ थान, नेपाली Aakriti Recruiting लेखेको छाप, Notary Public लेखेको छाप, Future Employment Service लेखेको छाप, Wise International लेखेको छाप, Future International लेखेको छापसमेत फेला परेको भन्ने खानतलासी तथा बरामदी मुचुल्का । काठमाडौं जिल्ला, मण्डीखाटार गा.वि.स. वडा नं. ३ मा भ