निर्णय नं. १११८९ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११८९ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०७९/१२/०१ १७६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।१२।१ ०७९-WO-०७९८ विषय:- उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : काठमाडौं जिल्ला साबिक नयाँपाटी गाउँ विकास समिति वडा नं. ३ को हाल परिवर्तित गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा कार्यालय रहेको सगरमाथा आयुर्वेदिक औषधी उद्योग (प्रा.फ.नं. ६६३) को तर्फबाट अख्तियार प्राप्त बुद्धिमान शाक्यसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत मानव स्वास्थ्यका लागि अत्यावश्यक वस्तुको रूपमा रहेको औषधीको रूपमा प्रयोग हुने चिजवस्तुको निश्चित मापदण्डबमोजिमको स्तर कायम हुनुपर्ने । (प्रकरण नं.५) जडिबुटी तथा परम्परागत औषधीहरूको समेत दिनानुदिन महत्त्व बढ्दै गइरहेको र यसको प्रयोग पनि बढी रहेको सन्दर्भमा यसको गुणस्तर कायम राख्न, उत्पादक कम्पनीहरूलाई त्यस्को लागि जिम्मेवार बनाउनका लागि कुनै न कुनै मापदण्डको निर्धारण र कार्यान्वयन गर्नु गराउनु अत्यावश्यक देखिने । (प्रकरण नं.११) नेपाल विश्व स्वास्थ्य सङ्गठनको सदस्य भएको र विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा प्रतिबद्धतासमेत जनाइसकेको अवस्थामा विश्वमा उदय भएका र विश्वव्यापी रूपका मान्यता प्राप्त गरेका विभिन्न स्वास्थ्यसँग सम्बन्धित विधि पद्धति तथा प्रणालीहरूलाई अवलम्बन र कार्यान्वयन गर्ने दायित्व नेपालको समेत रहेका कारण औषधी खरिद गर्दा गुणस्तरीय good manufacturing practices (GMP Certified) औषधी उत्पादन अनुमति वा प्रमाणपत्र भएकासँग मात्र खरिद गर्ने भन्ने विषयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१२) GMP लागु गर्दा आवश्यक पर्ने भौतिक स्रोत जनशक्ति आदिबाट उत्पादनमा लागत बढी पर्ने, सरोकारवाला राज्यका निकायलाई समेत यसको अनुगमन निगरानी र सुपरिवेक्षणमा थप लगानी गर्नुपर्ने हुँदा उपभोक्तामा अतिरिक्त भार पर्ने देखिए तापनि औषधी जस्तो मानव स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने विषयमा गुणस्तरमा सम्झौता गर्न नमिल्ने । (प्रकरण नं.१३) परम्परागत तथा जडिबुटीजन्य औषधीको हकमा त्यस्ता जडिबुटीहरूको उत्पादन, सङ्कलन, भण्डारण, ओसार पसारलगायत औषधी तयार गर्ने, भण्डार गर्नेसमेतका हरेक तहमा केही फरक मापदण्ड आवश्यक हुने । (प्रकरण नं.१४) नेपालमा पनि जडिबुटीजन्य वा परम्परागत औषधीजन्य उद्योगहरूका लागि WHO को सोही GMP का साथै सोको Preface Note समेतलाई उद्धरणमा (reference) लिई छुट्टै मापदण्ड तय गरी सो कार्यान्वयन गर्नु गराउनु उपयुक्त देखिने । (प्रकरण नं.१५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री विनोदमणी भट्टाराई र श्री लबन न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शम्भु कार्की, गण्डकी प्रदेश सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री धर्मराज पौडेल, बाग्मती प्रदेशका विद्वान् मुख्य न्यायाधिवक्ता श्री ज्ञानेन्द्र नेपाल र विद्वान शाखा अधिकृत श्री ढाकाराम भण्डारी सरोकारवालाको तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ज्योति बानिया, श्री जयप्रसाद पौडेल, श्री उमेशप्रसाद तथा श्री विष्णुप्रसाद तिमिल्सिना अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ सार्वजनिक खरिद ऐन, २०६३ उपभोक्ता संरक्षण ऐन, २०७५ आदेश न्या.हरिप्रसाद फु