निर्णय नं. १११९० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११९० - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: माघ अंक: १० फैसला मिति :२०८०/०२/०४ ३३१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०८०।२।४ मुद्दा: कर्तव्य ज्यान ०७२-CR-०५४९ पुनरावेदक / प्रतिवादी : जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.३ बस्ने नरेन्द्रनाथ योगी विरूद्ध प्रत्यर्थी / वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार ०७२-CR-१६८८ पुनरावेदक / प्रतिवादी : भुवानी शंकर गौतमको छोरा सुर्खेत जिल्ला वीरेन्द्रनगर न.पा. वडा नं. ३ बस्ने वर्ष ३१ को युवराज गौतम विरूद्ध प्रत्यर्थी / वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार ०७२-CR-१६८९ पुनरावेदक / प्रतिवादी : हेमराज रेग्मीको छोरा सुर्खेत जिल्ला वीरेन्द्रनगर न.पा. वडा नं. ४ बस्ने वर्ष ३२ को उपेन्द्र रेग्मी विरूद्ध प्रत्यर्थी / वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार ०७२-RC-००९७ वादी : विरेन्द्रबहादुर शाहीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : सन्तोष अधिकारी कसुर स्थापित हुन प्रतिवादी घटना स्थलमा उपस्थित रही कुनै अर्को प्रतिवादीले ज्यान मार्ने कार्य गरेको अवस्थामा सो कार्यमा सहप्रतिवादीलाई सहयोग गरेको तथ्य शंकारहित तवरमा स्थापित हुनुपर्ने । वारदातस्थलमा उपस्थित रहनु नै कसुर कायम हुने र सजायको भागीदार हुने आधार नबन्ने । वारदात घटाउन पूर्वयोजनाअनुसार घटनास्थलमा उपस्थित भएको छ, छैन, वारदातस्थलमा गरेको आपराधिक कार्यको आधार स्थापित हुन्छ, हुँदैन भन्ने महत्त्वपूर्ण पक्ष हुने । मृतकलाई उपचारको लागि सहयोग नगरेका कारणले मात्र आपराधिक दायित्व सिर्जना नहुने । (प्रकरण नं.१०) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री नरेन्द्र श्रेष्ठ, श्री कृष्णप्रसाद सापकोटा र विद्वान् अभिवक्ता श्री रमेश रेग्मी, विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ता श्री सुधा शर्मा वादीका तर्फबाट : विद्वान् उपन्यायाधविक्ता श्री बीना दहाल अवलम्बित नजिर : ने.का.प.२०७०, अङ्क ६, नि.नं.९०२२ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री कुल प्रसाद शर्मा सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. मा. न्यायाधीश श्री रमेश प्रसाद राजभण्डारी पुनरावेदन अदालत सुर्खेत फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ८(२) र १० बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- संक्षिप्त तथ्य मिति २०६१।३।१४ गते बिहान अं. ११.०० बजेको समयमा जिल्ला बर्दिया बगनाह गा.वि.स. वडा नं. ३ घर भई हाल मेरो घरमा डेरा गरी बस्ने मेरो फुपूको छोरा गोपाल भन्ने यादव शाहलाई सन्तोष अधिकारीसमेतले ढुङ्गाले टाउको तथा शरीरका विभिन्न अङ्ग भागमा प्रहार गरी सख्त घाइते बनाएका, तत्काल उपचारको लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लग्दा उपचार हुन नसकी थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेजमा लगी उपचार गर्दा गर्दै मृत्यु भएकोले कारबाही होस् भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । सुर्खेत वीरेन्द्रनगर न.न.पा.वडा नं.४ खोर्केखोला स्थित पूर्व खोर्केखोला, पश्चिम हर्कबहादुर नेपालीको घर, उत्तर खोर्केखोला सिँचाइ बाँध, दक्षिण राजेन्द्र गिरीको घर यति ४ किल्लाभित्रको खोर्केखोला सिँचाइ बाँध