निर्णय नं. १११९२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११९२ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/११/०४ १८४६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।११।४ ०७८-WO-१३३३ विषयः उत्प्रेषण / परमादेश निवेदक : का.जि.का.म.न.पा.वडा नं.२८ डिल्लीबजार चारखालस्थित रजिस्टर्ड कार्यालय रहेको दी मेडिकल सोलुसन प्रा.लि. को तर्फबाट अख्तियार प्राप्त ऐ.को सञ्चालक अशोककुमार अग्रवाल विरूद्ध विपक्षी : का.जि.का.म.न.पा.वडा नं.१३ स्थित सार्वजनिक खरिद पुनरावलोकन समिति, रेडक्रस मार्ग, ताहाचल, काठमाडौंसमेत छुट्टाछुट्टै वस्तु तथा सेवा (item) को बोलपत्र आह्वान (bid tender) लाई स्वीकार गरी छुट्टाछुट्टै बोलपत्र आह्वान (bid tender) भरी बोलपत्रमा सामेल भएको अवस्थामा बोलपत्र whole package को लागि हो भनी मान्न नमिल्ने । (प्रकरण नं.३) बोलपत्र प्राप्त भइसकेपश्चात् ती बोलपत्रहरूको प्राविधिक तथा आर्थिक मूल्याङ्कन गर्नुपर्ने । प्राविधिक मूल्याङ्कनले गुणस्तरजन्य आवश्यकता (quality requirement) अनुरूपको मालसामानको विशेषताहरू (specific requirement) स्पष्ट रूपमा छ छैन भनी हेर्नुपर्ने । (प्रकरण नं.६) सार्वजनिक खरिदको मूल उद्देश्य सार्वजनिक खरिदलाई गुणस्तरीय, सामयिक र लागत प्रभावकारी (qualitative, timely and cost effective) बनाई मालसामान, सार्वजनिक निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवाहरूको प्राप्ति गर्नु हो, तर वस्तु वा सेवाको माग र पूर्ति वा प्राप्ति गर्नु मात्रै पनि सार्वजनिक खरिदको उद्देश्य नहुने । सार्वजनिक खरिदबाट कुनै पनि सेवा वा सामानको खरिद गर्दा मूल्य सार्थकता, मितव्ययिता, पारदर्शिता र कार्यदक्षतासमेतलाई मध्यनजरमा राख्नुपर्ने । अझ अस्पतालजस्तो संवेदनशील संस्था, जहाँ मानिसको जिउ ज्यानसँग सम्बन्धित रहेको हुन्छ, त्यहाँ उपकरणहरू खरिद गर्दा गुणस्तरलाई उच्च प्राथमिकतामा राखी हेर्नुपर्ने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री सतिश कृष्ण खरेल र श्री विनय कुमार झा तथा विद्वान् अधिवक्ता श्री विष्णुप्रसाद न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शम्भु कार्की तथा विद्वान् अधिवक्ताहरू श्री विजय कुमार बस्नेत र श्री बाबुराम दाहाल अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ९, नि.नं.८८९३ ने.का.प.२०७४, अङ्क १, नि.नं.९७४२ सम्बद्ध कानून : सार्वजनिक खरिद ऐन, २०६३ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधान, २०७२ को धारा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ:- तथ्य-खण्ड विपक्षी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठाबाट delivery and installation of hospital equipment tender no: PAHS/NCB/HE/०९/०७८/०७९ सम्बन्धमा सन् ११ जनवरी २०२२ मा सूचना आह्वान गरिएको थियो । उक्त सूचनाबमोजिमको आइटम नं.३ को high speed electric drill for neurosurgery and spine surgery को हकमा विपक्षी हिमालयन टेक्नोलोजीले रू.५२,३०,४२१.९४ (मु.अ. करबाहेक) प्रस्ताव गरेकोमा निवेदकले रू.३८,००,०००।- (मु.अ. करबाहेक) प्रस्ताव गरेको छ । निवेदकको विपक्षीले पेस गरेको प्रस्तावभन्दा रू.१४,३०,४२१.९४ रकम कम रहेको र स्फेसिफिकेसनसमेत मेल खाने हुँदा उक्त सामान सप्लाइको लागि निवेदक नै छनौट हुनुपर्ने हो । आइटम नं.४ को neurosurgery operating microscope को लागि निवेदकले रू.२,२९,००,०००।- (