निर्णय नं. १११९३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११९३ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०५/१९ ८८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।५।१९ ०७०-WO-०६४९ मुद्दाः- उत्प्रेषण निवेदक : गोली राउतको नाति, बाबुलाल राउत अहिरको छोरा, जिल्ला बारा, गा.वि.स. कवहीगोठ, वडा नं. ७ घर भई सशस्त्र प्रहरी गण नं. ३ गुल्म नं. ४ रातोमाटे मकवानपुर दरबन्दी भई वडा प्रहरी कार्यालय, श्रीपुर, पर्सामा कार्यरत पूर्व प्रहरी हवल्दार केशव (केश्वर) प्रसाद यादव विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय, पर्सासमेत सुरक्षासँग सम्बद्ध प्रहरी सङ्गठन Chain of Command मा सञ्चालित हुने । जुनसुकै सङ्गठनमा पनि अनुशासनको अत्यधिक महत्त्व रहेको हुने । अहोरात्र जनताको जिउधनको सुरक्षार्थ खटिनुपर्ने कर्तव्यमा तत्पर रहनुपर्ने प्रहरी कर्मचारीले विना सूचना लामो समयसम्म कार्यालयमा गैरहाजिर रहँदा निजलाई कानूनबमोजिम विभागीय कारबाही हुनु मनासिब नै हुने । (प्रकरण नं. ८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री अरूण ज्ञवाली र श्री अमित कुमार कर्ण विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ: नेपालको संविधानको धारा ४६ तथा १३३ को उपधारा (२) बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ । तथ्य खण्ड म निवेदक २०५२ सालमा प्रहरी जवान पदमा नियुक्त भई सेवा सुरू गरी मिति २०६६।१।२२ गतेमा प्रहरी हवल्दार पदमा नियुक्ति पाई सशस्त्र प्रहरी गण नं. ३ गुल्म नं. ४ मकवानपुर दरबन्दी भइ तत्काल जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा कार्यरत रही पेसाप्रति पूर्ण इमान्दार तथा कर्तव्यनिष्ठ भई देशको सेवा गरी आएको थिएँ । मिति २०६८।११।२३ गतेका दिन बिहानपख बुबा साह्रै नै सिकिस्त बिरामी हुनुभएको खबर प्राप्त भएकोले कार्यालयमा मौखिक जानकारी गराई घर पुग्दा म पनि बिरामी परेँ तर पनि बुबा सिकिस्त भएकोले बुबाको तथा आफनो स्वयंको उपचार गराउन थालेँ । निकै कमजोरीले गर्दा हिँड्डुल पनि गर्न नसक्ने अवस्था तथा डाक्टरको नियमित रूपमा औषधी सेवन र बेड रेस्ट गर्न पर्ने बाध्यात्मक सुझावले गर्दा मिति २०६९।१।२५ गतेसम्म बेड रेस्टमा बसेँ । केही आराम भएपछि मिति २०६९।१।२६ गते गैरहाजिर भएको कारण तथा सप्रमाणसहित बिदाको निवेदन लिई कार्यालयमा हाजिर हुन जाँदा मेरो निवेदन नै लिइएन । मेरो यथार्थता दर्साई अनुनय विनय गर्दा पनि मेरो कुनै सुनुवाइ गरिएन म घर गई बस्न बाध्य भएँ र पटक पटक कार्यालयमा जाँदा नोकरीबाट हटाउने कारबाही अघि बढेको छ भनी मात्र आलटाल गरेकोले मलाई नोकरीबाट हटाउने निर्णय भएको भए त्यसको जानकारी दिनुस् भन्दा बल्ल बल्ल निर्णयको जानकारी दिइयो । विपक्षी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीज्यूले मिति २०६९।१।७ गते पत्र संख्या २-०१-०२/०६८/०६९) च.नं. ११७३९ मा म विरूद्ध निर्णय गर्दा निम्न आधार लिई निर्णय गर्नुभएको छः- सशस्त्र प्रहरी गण नं. ३ गुल्म नं. ४ रातोमाटे मकवानपुर दरबन्दी भई तत्काल यस कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा कार्यरत प्र.ह.केशवप्रसाद यादव मिति २०६८।११।२३ गतेदेखि कोही कसैलाई नसोधी आफूखुसी लाइन ब्यारेक छाडी भागी गैरहाजिर रहेको मिति २०६८।११।२३ ग