निर्णय नं. १११९८ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११९८ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/११/११ १९१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७९।११।११ ०७७-WO-०५९२ विषय: उत्प्रेषणसमेत निवेदक : जुम्ला जिल्ला, साबिक कार्तिकस्वामी गा.वि.स., वडा नं. ३ परिवर्तित चन्दना नगरपालिका, वडा नं. १० स्थायी ठेगाना भई शिक्षा विकास तथा समन्वय इकाइ, जुम्लामा शाखा अधिकृत (इकाइ प्रमुख) पदमा कार्यरत मक्करबहादुर भण्डारी विरूद्ध विपक्षी : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत कर्मचारीको सरूवा भनेको एक ठाउँ वा कार्यालयको जिम्मेवारीबाट अर्को ठाउँ वा कार्यालयमा काम गर्ने जिम्मेवारी तोकी खटाउने कार्यलाई सम्झनुपर्ने । कर्मचारीको सरूवा स्थायी प्रकृतिको अथवा कार्य जिम्मेवारीका साथै कर्मचारीको सम्पूर्ण पदाधिकारसमेत स्थानान्तरण भएर जान्छ भने काज सरूवामा पदाधिकार साबिककै कार्यालयमा राखी कार्य जिम्मेवारी तोकिने भएकाले काज सरूवा तदर्थ प्रकृतिको हुने भए पनि सरूवा र काज सरूवाको अन्तिम परिणाम भनेको कर्मचारीको एक कार्यालयबाट अर्को कार्यालयमा स्थानान्तरण भएको भन्ने नै बुझिने । त्यसैले कर्मचारीको सरूवा वा काज सरूवा विधि कानूनद्वारा निर्देशित गरिएको हुने । कानूनले तोकिएको विधि र प्रक्रियाविपरीत काज तथा सरूवा भएमा त्यस्तो कार्य कानूनले तोकेबमोजिम न्यायिक परीक्षणको विषय बन्न सक्ने । तर त्यस्तो न्यायिक परीक्षणको सम्बन्धमा कानूनमा नै स्पष्ट भएको अवस्थामा सोही कानूनबमोजिम हुने र कानूनमा स्पष्ट नतोकिएको अवस्थामा अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट क्षेत्रसमेत आकर्षित हुन सक्ने । (प्रकरण नं. २) कानूनमा उपचारको मार्ग स्पष्ट रूपमा तोकिदिएको अवस्थामा सो वैकल्पिक उपचारको मार्ग अवलम्बन नगरी असाधारण क्षेत्राधिकारमा प्रवेश गरी आएको रिट निवेदनको आधारमा कानूनले तोकेका न्यायिक तथा अर्धन्यायिक निकायको क्षेत्राधिकारमा हस्तक्षेप हुने गरी न्यायिक निरूपण गर्दाको अवस्थामा मातहतका न्यायिक तथा अर्धन्यायिक निकायको क्षेत्राधिकार कुण्ठित हुन जाने । (प्रकरण नं. ४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री मुकुन्द अधिकारी विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खडिन्द्रराज कटुवाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छ:- तथ्य खण्ड म रिट निवेदक मिति २०५१।१।२९ मा प्राविधिक नायब सुब्बा पदमा सुरू नियुक्ति भई मिति २०६४।११।२८ मा नेपाल शिक्षा सेवा/शिक्षा प्रशासनअन्तर्गत विद्यालय निरीक्षक (राजपत्राङ्कित तृतीय श्रेणी) पदमा विशेष बढुवा भई विभिन्न निकायमा काम गर्दै आइरहेको थिएँ । सोही क्रममा मिति २०७५।१२।१० च.नं. १२/४/१०३ मार्फत समायोजन भई शिक्षा विकास तथा समन्वय इकाइ, कालीकोटमा खटिएको अवस्थामा समायोजन ऐन, २०७५ को दफा ७ बमोजिम मिति २०७६।१।६ च.नं. २५०६ बाट संघमा समायोजन भई मन्त्रालयको (सचिवस्तरीय) मिति २०७६।१।५ को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, श्रेणी राजपत्राङ्कित तृतीय, पद शाखा अधिकृत (इकाइ प्रमुख) शिक्षा विकास तथा समन्वय इकाइ, जुम्लामा पदस्थापना भएको थियो । त्यसरी समायोजन भएको शिक्षा विकास तथा समन्वय इकाइ,