निर्णय नं. ११२०० - दूषित नामसारी निर्णय लिखत दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२०० - दूषित नामसारी निर्णय लिखत दर्ता बदर भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/१०/१८ ४५२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७९।१०।१८ ०७५-CI-०९४० मुद्दाः दूषित नामसारी निर्णय लिखत दर्ता बदर निवेदक/वादी : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. २० बस्ने सरोज जोशीको हकमा मुद्दा सकार गर्ने पति भई आफ्नो हकमा समेत ऐ. बस्ने अमिरराज जोशी विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २० विच्छेवहाल बस्ने गुणकेशरी जोशीको हकमा मुद्दा सकार गर्ने छोरा भई आफ्नो हकमा समेत ऐ. वडा नं. १६ नयाँबजार बस्ने उत्तमलाल जोशीको छोरा सुनिललाल जोशीसमेत सम्पत्तिको हक कानूनद्वारा मात्र सिर्जना हुने भएकोले हकै नपुग्ने लिखतबाट पूरा हक कायम गराई लिएको कार्य दूषित हुने । शेषपछिको बकसपत्र लिखतको सर्तबमोजिम कार्यान्वयन भएमा मात्र लिखतले सार्थकता पाउने । (प्रकरण नं. ५) निवेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा र श्री पूर्णमान शाक्य तथा अधिवक्ताहरू श्री राजीव आचार्य, श्री हरिप्रसाद पौडेल र श्री जनकसिंह साउद प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री विष्णु भट्टराई र श्री भीमबहादुर गुरूङ तथा अधिवक्ता श्री गणेशमान प्रधान अवलम्बित नजिर : ने.का.प. २०६६, अङ्क ८, नि.नं. ८२०१ ने.का.प. २०६६, अङ्क ७, नि.नं. ८१९० ने.का.प. २०६६, अङ्क ३, नि.नं. ८१०५ ने.का.प. २०६९, अङ्क ४, नि.नं. ८८०३ सम्बद्ध कानून : मालपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री शालिकग्राम कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री भीमकुमार ओझा मा. न्या. श्री ऋषिप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या. डा. कुमार चुडाल: न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: संक्षिप्त तथ्य मेरो मावलीपट्टिका हजुरबुबा गन्धर्व नारान र निजकी श्रीमती विष्णुदेवी प्रधानको कोखबाट छोराहरूको जायजन्म नभएकोमा नजिकको हक खाने हकदारहरूमा २ जना छोरी ज्यानबाबा र कान्छी मनिनाबाबा प्रधान मात्र भएकोमा आफ्ना दुईजना छोरीहरू जेठी ज्यानबाबाको तर्फबाट जन्मेका नाति उत्तमलाल, नातिनीहरू जुलुम र नानीछोरी तथा मनिनाबाबातर्फका नातिनीहरू सरोज र नयनताराको जायजन्म भएकोमा मनिनाबाबाको २०४३ सालमा कालगतिले मृत्यु भइसकेको छ । हजुरबुबा गन्धर्व नारानको १९८९ मा कालगतिले परलोक भइसकेपछि विष्णुदेवी प्रधानको हेरचाह, रेखदेख गर्ने व्यक्ति कोही नभएकोले मिति २००१।१०।१९ मा र.नं. ६४६४ बाट निजका नामको घरजग्गालगायतका सम्पत्तिहरू अष्टलोह गैह्र गरी नानीछोरी कायस्थ-१, सरोज जोशी-१, नयनतारा प्रधान-१, उत्तमलाल जोशी-१, जुलुम जोशी-१ समेत ५ जनालाई शेषपछिको बकसपत्र लिखत पारित गरिदिएकोमा जुलुम जोशीको २०१८ सालमा अविवाहित अवस्थामा नै मृत्यु भई बाँकी रहने ४ जनाले उक्त शेषपछिको बकसपत्रबमोजिम विष्णुदेवीका नाउँको दर्ता स्रेस्ता कायम रहेको घरजग्गाहरू बराबर बाँडी खान पाउने अधिकार रहन्छ । शेषपछिको बकसपत्र दिनु हुने बज्यै विष्णुदेवी प्रधान २०२३ सालमा नै कालगतिले परलोक हुनुभएपछि उहाँको नाउँमा दर्ता स्रेस्ता का