निर्णय नं. ११२०१ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२०१ - अंश चलन भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०९/२० २०६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।०९।२० ०७७-CI-०३५७ मुद्दा:- अंश चलन पुनरावेदक/प्रतिवादी : गुरूप्रसाद भन्ने रविरमण शर्माको छोरा काठमाडौं जिल्ला, का.म.न.पा.वडा नं.३२ घर भई हाल Nagoya City Tempakuku Montea Kuroishi 2-105 Kuroishi 1st Floor जापान बस्ने वर्ष ४६ को कृष्णप्रसाद शर्माको अ.वा. लम्जुङ जिल्ला, कुन्छा गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, टोखा न.पा. वडा नं. ८ बस्ने मिनाकुमारी शर्मा गौली विरूद्ध प्रत्यर्थी /वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३२ बस्ने वर्ष ४६ की सुभद्रादेवी विष्ट शर्मासमेत अंश दिनु पर्ने व्यक्तिले मेरा यी यी व्यक्तिहरू अंशियार हुन् भने पनि निजहरूबिच अंश बन्डा नभएको तथा एकासगोलमै रहेको भन्ने प्रमाण ऐन, २०३१ को दफा २८ बमोजिम अदालतलाई विश्वास दिलाउन चाहने व्यक्तिउपर नै प्रमाणको भार रहने । (प्रकरण नं. ३) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कृष्णनाथ शर्मा प्रत्यर्थी /वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री अर्जुन प्रसाद कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री प्रभा बस्नेत मा. न्या. श्री रामबहादुर थापा उच्च अदालत पाटन फैसला न्या. प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ बमोजिम पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत पुनरावेदन पत्रसहितको मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड विपक्षी प्रतिवादीसँग फिरादीमध्ये म सुभद्रादेवीको मिति २०५४।०१।२६ मा सामाजिक परम्पराअनुसार वैवाहिक सम्बन्ध कायम भई मिति २०५४।१२।०३ मा म वादी बंशिका शर्मा र मिति २०५६।११।०१ मा आशिष शर्माको जन्म भई हामी वादी प्रतिवादी गरी चार जनाको परिवार रही हामीबिचको सम्बन्ध राम्रो तथा हाँसीखुसी नै रहेकोमा विपक्षी प्रतिवादी करिब १६ वर्षअगाडि जापान जानु भई म वादी सुभद्रादेवीले छोराछोरीको लालनपालन, शिक्षादीक्षासमेतको घर व्यवहार विपक्षी प्रतिवादीको सहयोगमा गरी आएकोमा विपक्षी प्रतिवादी करिब ७ वर्षअगाडि नेपाल फर्की आउनु भई निजको व्यवहारमा एक्कासि परिवर्तन आई निजले घरायसी व्यवहार तथा छोराछोरीको शिक्षादीक्षासमेतमा वास्ता राख्न छाडी मनमुटावको स्थिति सिर्जना गरी पति तथा पिताको कर्तव्य पालनासमेत नगरेकोले हामी माइती/मावलीको सहयोगले वडो कष्टले जीवन निर्वाह गरी आइरहेका छौं । हामी फिरादीको खान लाउन, स्वास्थ्योपचार, शिक्षासमेतका लागि विपक्षी प्रतिवादीले पुरै बेवास्ता गरिरहनुभएकोले हामी फिरादीको आम्दानीको स्रोतसमेत नभएको, ऋणमा डुबिरहेको परिस्थितिको कारण फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षी प्रतिवादीबाट सम्पूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फाँटवारी माग गरी सो सम्पत्तिबाट हामी वादी वंशिका शर्मा र आशिष शर्माको विवाह खर्च पर सारी बाँकी सम्पत्तिलाई ४ भाग लगाई ३ भाग हामी फिरादीलाई अंश हकबापत दिलाई भराई चलनसमेत चलाई न्याय गरिपाउँ भन्ने वादीको फिराद दाबी । पिता गुरू प्रसाद शर्मा भन्ने रवी रमण शर्माको श्रीमतीहरूमा जेठी मिनाकुमारी शर्मा गौली र कान्छी शुष्मा शर्मा भएकोमा जेठी मिनाकुमारी गौलीबाट छोराहरू कृष्णप्रसाद शर्मा र भुवल शर्मा र कान्छी शुष्मा शर्मा