निर्णय नं. ११२०२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२०२ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०८०/०५/३१ २२२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी फैसला मिति : २०८०।५।३१ मुद्दा:- कर्तव्य ज्यान ०७४-CR-११२९ पुनरावेदक / प्रतिवादी : नित्यानन्द साहको छोरा, भारत बिहार राज्यको अररिया जिलाल जोगबनी हरिपुर महेश्वरी वडा नं.१६ घर भई हाल कारागार कार्यालय, सप्तरी राजविराजमा थुनामा रहेको वर्ष २६ का जिवछ साह विरूद्ध प्रत्यर्थी / वादी : शिवानन्द साहको जाहेरीले नेपाल सरकार ०७८-CR-०९९० पुनरावेदक / प्रतिवादी : ताराचन्द्र साहको छोरी, राजेश साहकी पत्नी जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वडा नं.१९ हाल विराटनगर महानगरपालिका वडा नं.१५ घर भई हाल कारागार कार्यालय, मोरङमा थुनामा रहेकी सुशिलादेवी साह विरूद्ध प्रत्यर्थी / वादी : शिवानन्द साहको जाहेरीले नेपाल सरकार फौजदारी मुद्दामा आरोपित कसुरमा साबित हुनु र तथ्यको स्वीकारोक्ति हुनु फरक अवस्था हुन् । तथ्यको स्वीकारोक्तिको अर्थ आरोपित कसुरमा साबिती रहेको भनी भन्न नमिल्ने । तथापि प्रतिवादीले स्वीकार गरेको तथ्यलाई सो तथ्यबाट आरोपित कसुरमा निजको संलग्नताको यकिन गर्न सकिने तहसम्म पुग्न सकिने अवस्था छ, छैन भनी सावधानीसाथ हेरिनुपर्ने । प्रतिवादीहरूबिच चिनजान र फोन सम्पर्क स्थापित हुनु मात्र पनि कसुर प्रमाणितका पर्याप्त आधार हुन नसक्ने । तर उक्त चिनजान र फोन सम्पर्कले प्रतिवादीहरूको मौकामा आरोपित कसुरमा साबित रही गरेको बयानमा उल्लिखित तथ्य स्थापित हुने । फरक फरक समय र लामो समयको अन्तरालमा भएको प्रतिवादीहरूको मौकाको साबिती बयानमा गरिएको वारदातको विस्तृत र सिलसिलेवार विवरणमा तथ्यगत तादम्यता देखिनुबाट समेत प्रतिवादीहरूको मौकाको बयान समर्थित हुने । (प्रकरण नं.५) वारदातको प्रत्यक्षदर्शी वा चश्मदिद गवाहको अभाव रहेको र प्रतिवादीहरू अदालतको बयानमा कसुरमा इन्कार रहेको देखिए तापनि वारदातका सम्बन्धमा मौकाको घटना विवरण कागज गर्ने मृतकका छोराछोरी र छिमेकी तथा ड्युटीमा रहेका प्रहरी कर्मचारीको भनाइ एवम् मिसिल संलग्न कल डिटेल्ससमेतबाट खुल्न आएको कसुर गर्दाको परिस्थितिजन्य तथ्य एकआपसमा मालाकार कडीको रूपमा देखिएकोमा सो तथ्यलाई परिस्थितिजन्य प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं.९) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री प्रकाशनाथ उप्रेती तथा विद्वान् अधिवक्ताहरू श्री रामप्रसाद ढुङ्गेल, श्री सुजन रिजाल र श्री रूद्र नेपाल वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ताहरू श्री सन्तोष शर्मा र श्री रूद्र सुवेदी अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७८ ने.का.प.२०७०, अङ्क ५, नि.नं.९०१२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने :- मा.जिल्ला न्या.श्री फणिन्द्रप्रसाद पराजुली मा.जिल्ला न्यायाधीश श्री प्रकाश राउत मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री बालेन्द्र रूपाखेती माननीय न्यायाधीश श्री राजेन्द्र खरेल उच्च अदालत विराटनगर फैसला न्या.डा.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४५ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र रही पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०७१।११।२४ गते बिहानको राति अ.१.१० को समयमा जिल्ला मोरङ