निर्णय नं. ११२०३ - हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२०३ - हक कायम भाग: ६५ साल: २०८० महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०८/१४ १८७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।८।१४ ०७३-CI-०११० मुद्दा: हक कायम पुनरावेदक/वादी : काठमाडौं जिल्ला, नयाँपाटी गा.वि.स. वडा नं.९ बस्ने वेदनाथ भण्डारीको नाति पोथरनाथ भण्डारीको छोरा अर्जुनप्रसाद भण्डारी विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. १३ चोभार बस्ने भक्तबहादुरको नाति नरेन्द्रबहादुरको छोरा नरेश कटुवाल कुनै पनि विवाद लिएर कुनै पक्षले अदालतमा प्रवेश गर्दा पक्षले के कति दाबी लिएको छ सो दाबीमा सीमित भएर अदालतले फैसला गर्नुपर्ने । वादीले लिएको दाबीभन्दा बाहिर गएर अदालतले बोल्न नमिल्ने । (प्रकरण नं. ८) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री माधवप्रसाद प्याकुरेल र श्री चन्द्रमणी पौडेल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री रितेन्द्र थापा काठमाडौं जिल्ला, अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा. न्या.श्री मोहनबहादुर कार्की मा. न्या.श्री प्रमोदकुमार वैद्य पुनरावेदन अदालत पाटन फैसला न्या. सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मेरी एकाघरकी स्वर्गीय हजुरआमा शिवमाया भण्डारीको नाममा नाप नक्सा भई सर्भे नापीमा फिल्डबुक कायम हुँदा जोताहाको महलमा शिवमाया भण्डारी का.इ. पाखाथोकको हकमा सही गर्ने एकाघरका छोरा हेमबहादुर भण्डारी भनी लेखिएको र किसानको बेहोरा महलमा यो जग्गा बेनिस्सामा नयाँ आवाद गरी भोग गरेको छु भनी जनिएको र कैफियत महलमा यो कि.नं. १६१ को जग्गा १७ सालदेखि पर्ती आवाद गरी आएकी छु, तिरो तिरान केही गरेको छैन भनी सही गर्ने शिवमायाको एकाघरका छोरा हेमबहादुर भण्डारी क्षेत्री, क.इ. पाखा कि.नं. १५८ साबिक भिड्ने भनी जनिएको काठमाडौं जिल्ला, नयाँपाटी गा.वि.स. वडा नं. ९क कि.नं. १६१ क्षेत्रफल ६-४-०-० जग्गा हजुरआमा शिवमायाको हकभोगभित्रको रहेकोले साबिकदेखि नै घर बनाई बसोबास गरी जोत कमोद गरी कमाइ आइरहेको निर्विवाद जग्गा हो । मेरो हजुरआमा शिवमाया भण्डारीको नाममा नापी भएको उक्त जग्गा नाता प्रमाणितमा उल्लिखित व्यक्तिहरूको नाममा दर्ता गरिपाउँ भनी मिति २०६८।१२।२० मा निवेदन दिई मिति २०६९।३।३० मा मालपोत कार्यालय चाबहिलबाट जग्गा दर्ता गर्ने विषयमा सर्जमिन हुँदा म अर्जुनप्रसाद भण्डारीसमेतको नाममा बेनिस्साअन्तर्गत जग्गा दर्ता गरेमा हाम्रो मन्जुर छ भनी साँध सँधियार, गा.वि.स. प्रतिनिधिसमेतको रोहबरमा सर्जमिन भई आएको र सम्पूर्ण मिसिल संलग्न कागजातहरूका आधारमा हकदारमध्ये शिवमाया भण्डारीको हक खाने हकदारहरू शम्भुप्रसाद भण्डारी, अर्जुनप्रसाद भण्डारी, मुरारी भण्डारी, सावित्री भण्डारीसमेत ४ जनाको संयुक्त नाममा दर्ता हुने गरी उक्त कि.नं.१६१ को क्षेत्रफल ६-४-०-० मध्ये दक्षिणतर्फबाट १-४-०-० जग्गा कि.का. गरी बाँकी हुन आउने ५-०-०-० जग्गा उल्लिखित हकदारको नाममा दर्ता गरिदिए हुन्छ भनी मिति २०६९।३।३० मा स्थलगत सर्जमिनसमेत गरी हाम्रो नाउँमा दर्ता भएको जग्गा हो । वादी नरेश कटुवालले मिति २०४८।९।२१ मा लिएको गा.वि.स. को सिफारिस हराएको भनी मिति २०६१।५।१० मा गा.वि.स. कार्यालय नयाँपाटीबाट सिफारिसको प्रतिलि