निर्णय नं. ११२०७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२०७ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०५/०९ १४३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।०५।०९ ०७१-CR-१२७१ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / वादी : रूद्रबहादुर जिमीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला संखुवासभा, तामाफोक गा.वि.स. वडा नं. ५ वतन भएका रामकुमार जिमीसमेत कतिपय अवस्थामा मुख्य अभियुक्त लामो समयदेखि फरार रही पक्राउ नपरे तापनि अन्य मतियार प्रतिवादीहरू तत्काल पक्राउ परेका हुन्छन् । मौकामा पक्राउ परेका कसुरदारले गरेको कसुरको मात्रा र कसुरको गम्भीरतासमेतका आधारमा त्यस्ता कसुरदारलाई सजाय निर्धारण गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तअनुकूल हुने । यस्तोमा एउटा कसुरदारले जुन हदसम्म कसुर गरेको हुन्छ सोभन्दा बढी हुने गरी कसुरमा सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता प्रा.डा. श्री रजितभक्त प्रधानाङ्ग तथा विद्वान् अधिवक्ताहरू श्री नविनकुमार सुब्बा र श्री दानबहादुर बुढा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री टिकाराम आचार्य सङ्खुवासभा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय मुख्य न्यायाधीश श्री बलराम विष्ट माननीय न्यायाधीश श्री चित्रदेव जोशी पुनरावेदन अदालत धनकुटा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर भई न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- मुद्दाको तथ्य जिल्ला सङ्खुवासभा तामाफोक गा.वि.स. वडा नं. ६ स्थित पूर्वमा श्यामकुमार जिमीको दुई तले जस्ताको छानो भएको घर, पश्चिममा तीन तले फुसको छानो भएको हस्तबहादुर नेपालीको घर, उत्तरमा तीन तले जस्ता लगाएको जगनबहादुर जिमीको घर र दक्षिणमा फुसले छाएको दुई तले भिमबहादुर जिमीको घर यति चार किल्लाभित्र घटनास्थल भएको भन्ने घटनास्थल मुचुल्का । सङ्खुवासभा जिल्ला तामाफोक गा.वि.स. वडा नं. ६ स्थित ओटेम्मा टोलको फुटबल खेल्ने चौरभन्दा तल बाटोमा मिति २०६८।११।०३ गते साँझ अं. ६:०० बजेतिर बुधे भन्ने बुद्धिराज जिमी, भुन्टे भन्ने विजय जिमी, मुकुन्दे भन्ने थामबहादुर जिमी, रामे भन्ने रामबहादुर जिमीसमेत लुकीछिपी बसी दाजु रविन जिमीलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्देश्यले चिरपट, ढुङ्गा, मुढासमेतले शरीरका टाउको, छाती, पेटसमेतमा मरणासन्न हुने गरी प्रहार गर्दा दीपेन्द्र जिमी, उदिमान जिमी, दिपक जिमी, देशबहादुर जिमी, मिलन जिमीसमेतले छुट्याइदिएकोमा सोही चोटपीरका कारण मिति २०६८।११।०६ गते रविन जिमीको मृत्यु भएको हुँदा कर्तव्य ज्यानतर्फ कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको रूद्रबहादुर जिमीको मिति २०६८।११।०६ गतेको जाहेरी दरखास्त । मिति २०६८।११।०३ गते जगन जिमीको छोरीको विवाहमा म पनि गएको थिएँ । बिहे घरमा दिपक जिमीले विजय जिमीको बहिनीलाई प्रेमविवाह गरी लगेको र माइतीले वास्ता नगरेको भन्ने विषयमा विवाद भयो । घर फर्कने क्रममा जाहेरीमा उल्लिखित साक्षीहरूले निहुँ खोजी खुकुरी, छुरी झिकी आइलागेकोले दुवै पक्षबिच हानाहान कुटाकुट चल्दा बुधे भन्ने बुद्धिराज जिमीले दाउराको च