निर्णय नं. ११२०८ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२०८ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०३/०३ ३६१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश मिति : २०७९।३।३ ०७८-WO-०८२६ विषय: उत्प्रेषणसमेत निवेदक : निरन्जन श्रेष्ठको छोरी, ज्ञानराज थापाको बुहारी, राजु थापाको पत्नी, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २५ स्थायी ठेगाना भई हाल ऐ. वडा नं. ४ बस्ने भावना श्रेष्ठ विरूद्ध विपक्षी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ११, थापाथली स्थित ट्रेड टावरमा रजिस्टर्ड कार्यालय रहेको एन.आई.सी. एसिया बैंक लि. समेत कानूनतः लिलामी प्रक्रिया समाप्त नभएसम्म सो प्रक्रिया जुनसुकै चरणमा रहे पनि जहिलेसुकै आफ्नो ऋण तिरेर आफ्नो सम्पत्तिको सुरक्षा गर्ने वा सम्पत्ति फिर्ता लिने प्राथमिक अधिकार ऋणीमै रहने । ऋण लिएबापत आफूले तिर्नु बुझाउनुपर्ने रकम भुक्तान गर्नुपर्ने दायित्व पनि ऋणीमै रहने । सामान्यतयाः दायित्वबाट विमुख हुनेले अधिकारबाट पनि स्वतः वञ्चित हुनुपर्ने । आफ्नो सम्पत्तिको लिलाम हुने अवस्थामा भन्दा बढी मूल्य लिन सकिने भए स्वयं ऋणी नै अग्रसर भई आफूले तिर्नुपर्ने ऋण चुक्ता गरी आफ्नो सम्पत्तिको मूल्यको रक्षा गर्नुपर्ने । ऋण तिरी आफूले राखेको धितो सम्पत्ति फिर्ता लिनपाउने अवधिसम्म आफूले केही नगरी बसी बैंकले कम मूल्याङ्कन गर्‍यो भन्नु तर्कसङ्गत नहुने । अर्कोतर्फ, बैंकको प्राथमिक दायित्व भनेको नै आफ्नो निक्षेपको रक्षार्थ लगानीको सुरक्षा गर्नु हुने । (प्रकरण नं. ८) घरजग्गाको मूल्यले समग्र पक्षसँग सम्बन्ध राख्ने चलायमान प्रवृत्ति राख्ने हुन्छ, जसका कारण समयको अन्तरालसँगै मूल्याङ्कनमा पनि सामान्य घटीबढी भइरहने । यस्ता सामान्य घटीबढी मूल्याङ्कनलाई आधार बनाई कसैले पनि सकार नगरेको धितो सुरक्षण बैंक आफैँले सकार गर्नबाट पनि रोक लगाउने हो भने समग्र बैंकिङ प्रणालीमा नै प्रतिकूल असर पुग्न गई अन्ततोगत्वा सर्वसाधारणको निक्षेपको सुरक्षामा नै सङ्कट उत्पन्न हुने । (प्रकरण नं. ९) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री विनोद कार्की र श्री मधु सेन विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शंकर खत्री, विद्वान् अधिवक्ताहरू श्री बालकृष्ण ढकाल, श्री मनोज अधिकारी, श्री राजाराम सुवाल, श्री मेघराज पोखरेल र श्री ईश्वर अधिकारी अवलम्बित नजिर : ने.का.प. २०७७, अङ्क ४, नि.नं. १०४७७ सम्बद्ध कानून : आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः- तथ्य खण्ड रिट निवेदनको बेहोराः म निवेदक राजामती फेसन वेयर नामको फेसन डिजाइन लुगा कपड़ासम्बन्धी व्यापार व्यवसाय गर्दै आएको छु । मैले व्यापार व्यवसायको लागि मेरो नाममा एकलौटी दर्ता भोगचलनमा भएको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ कि.नं. १६३ को क्षेत्रफल ५.९४ व.मि., र ऐ. कि.नं. ५०९ को क्षेत्रफल १३३.११ व.मि. जग्गा र सोमा बनेको घरसमेत तत्कालीन अवस्थामा चलन चल्तीको मूल्य रू.४,००,००,०००।- पर्ने घर जग्गा विपक्षी एन.आई.सी. एसिया बैंक लि. मा धितो सुरक्षण राखी मिति २०७५।०६।०४ मा अधिविकर्ष कर्जा रू.१,५०,००,०००।- तथा डिमान्ड कर्जा रू.१,००,००,०००।- गरी कुल रू.२,५०,००,०००।- कर्जा सापट लिएको थिएँ । मिति २०७६ स