निर्णय नं. ११२०९ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२०९ - अंश चलन भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०८०/०१/२१ १४२१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०८०।१।२१ ०७३-CI-१०१९ मुद्दाः अंश चलन पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १० घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १० बस्ने नानीमैया मुनकर्मीको हकमा मुद्दा सकार गरी आफ्नो हकमा समेत हाल ऐ.ऐ. बस्ने दिनेशमान मुनकर्मी विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ बस्ने कल्पना मुनकर्मीसमेत अंश मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै अंशियारले आफ्नो अंश भागमा पर्ने सम्पत्ति कसैलाई अष्टलोहसहित शेषपछिको बकसपत्र गरिदिन सक्ने । यसरी शेषपछिको बकसपत्र गरिदिनेको शेषपछि बकसपत्र पाउनेले निजको अंशहकको सम्पत्तिमा दाबी गर्नु स्वाभाविक हुने । (प्रकरण नं. २) सगोलका अंशियारको समेत अंशहक रहेको पैतृक सम्पत्ति कुनै अंशियारले अर्को अंशियारलाई कुनै बेहोराले लिखत गरिदिँदैमा सो सम्पत्तिले निजी आर्जनको स्वरूप ग्रहण गर्दैन र केवल त्यत्तिकै कारणबाट बन्डा नलाग्ने पनि नहुने । (प्रकरण नं. ५) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री राधेश्याम अधिकारी, श्री प्रकाशबहादुर के.सी., श्री हरिहर दाहाल, श्री ईन्द्र खरेल, श्री शम्भु थापा तथा विद्वान् अधिवक्ताहरू श्री सुरज कुमार रेग्मी र श्री ओमकृष्ण श्रेष्ठ प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणदत्त निर्मल पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री शालीग्राम कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री किशोर सिलवाल मा. न्या. श्री लेखनाथ घिमिरे पुनरावेदन अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्यगत बेहोरा सुरेशमान मुनकर्मी र फिरादी कल्पना (श्रेष्ठ) मुनकर्मीका बिच २०४० सालमा विवाह भएको हो । हामीहरूका कोखबाट दुई छोरीको जायजन्म भएको छ । हामीहरूका पति/पिता सुरेशमान मुनकर्मीसँग केही समयसम्म सगोलमा सपरिवार भई भक्तपुरको मूल घरमा नै रही बस्दै आएको अवस्थामा पति/पिताले हामीहरूप्रति अभिभावकले दिनुपर्ने अभिभावकीय दायित्व निर्वाह नगर्नु भएकाले बाध्य भएर २०५४।५।१२ का मितिबाट सगोलको घरबाट अलग भई बसी दुःख गरी आएका थियौं । मूल अंशियारमध्ये सासू आमा, जेठाजु र पति / पिता सुरेशमानसमेत गरी तीन जना मात्रै रहनुभएको हुँदा मिति २०५४।५।१२ लाई मानो छुट्टिएको मिति कायम गरी बन्डा गर्नुपर्ने चल अचल श्रीसम्पत्ति विपक्षीहरूको जिम्मामा नै रहेकोले विपक्षीबाट तायदाती फाँटवारी मागी सो सम्पत्तिलाई तीन अंश भाग लगाई सो तीन भागबाट हाम्रो पति/पिता सुरेशमानको हुने एक भागलाई चार भाग लगाई सो चार भागबाट तीन भाग हामी फिरादीहरूलाई दिलाई चलन चलाइपाउँ भन्ने बेहोराको वादीको फिराद पत्र । हामी वादी प्रतिवादीहरू एकासगोलमा बसिआएको अवस्थामा प्रतिवादीमध्येको नानीमैयाका नाममा दर्ता रहेको का.जि.का.म.न.पा. वडा नं. १० को साबिक कि.नं. ४६६ क्षे.फ. ०–५–० जग्गा छोराहरू दिनेशमान मुनकर्मी र सुरेशमान मुनकर्मीको संयुक्त नाममा मिति २०४६।३।१ मा हा.व. गरिदिएको थिएँ । उक्त जग्गामा छोरा दिनेशमान