निर्णय नं. ११२१० - निर्णय दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१० - निर्णय दर्ता बदर दर्ता भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०९/२५ १११२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।०९।२५ ०६९-CI-०१४१ मुद्दाः- निर्णय दर्ता बदर दर्ता पुनरावेदक वादी : ज्ञानुमानको नाति, ज्ञानलालको छोरा, ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १४ बस्ने जयकृष्ण शिल्पकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ सिंहदरबार प्लाजा स्थित नेपाल कृषि अनुसन्धान परिषद्समेत अधिग्रहण गरी उद्देश्य अनुरूप जग्गाको प्रयोग भएको अवस्थामा जग्गा रोक्का नरहेको अथवा हालसाबिक नगरिएको भन्ने आधारमा मात्र अधिग्रहण अवैध ठहरी व्यक्तिका नाममा नै जाने भन्ने अवस्था नहुने । (प्रकरण नं ६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री केशव पाण्डे, श्री कुष्माखर सापकोटा र श्री दयानिधि पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू डा. श्री सुरेन्द्र मानन्धर, श्री सपना सुवेदी, श्री हरेन्द्रराय यादव र श्री कृष्ण थापा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री प्रकाशचन्द्र गजुरेल ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री फडिन्द्रदत्त शर्मा मा. न्या. श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन फैसला न्या. डा. मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा मेरा बाबु ज्ञानलाल शिल्पकारसमेतका नाममा नापनक्सा भई दर्ता भई भोग चलन गरिआएको ललितपुर न.पा.वडा नं.५(ञ) कि.नं.३५९ को क्षे.फ.०-१३-२-० को जग्गा मेरो ठुलो बाबु प्रेमलाल शिल्पकारसँग मुद्दा चली मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४२/१०/२१ को मिलापत्रबमोजिम मेरी आमा लहरमाया शिल्पकारको भागमा परी सोही मिलापत्रको आधारमा मालपोत कार्यालय ललितपुरबाट दा.खा. नामसारी गरी अकाट्य रूपमा २०४० साल पूर्वदेखि नै घर निर्माण गरी हकभोग गरिआएको र जग्गाधनी प्रमाण पुर्जामा फोटो टाँस्नुपर्ने व्यवस्थाअनुरूप २०५८/८/६ मा फोटो टाँस गर्नुको साथै भू.सु.का. ललितपुरमा निवेदन दिई सो कार्यालयको मिति २०५९/४/२१ को निर्णयअनुसार मोही लगतसमेत कट्टा गरी मेरो एकलौटी हकभोग कायम गरी भोग चलन गरिआएको थिए । आमा लहरमाया शिल्पकारको २०६०/३/८ मा परलोक भएको हुँदा निजको अन्य हकदारहरूसमेतले मेरो नाममा नामसारी गरिदिने हक छोडपत्र गरी कारबाही चलिरहेको समयमा पेन्सिलको मसी देखिने गरी “कृषिको अधिग्रहणमा परेको भन्ने बुझिएको” भनी तत्कालीन फाँटवालाले लेखिदिएको कारणले तत्काल नामसारी गर्न नमानेको र सो सम्बन्धमा मालपोत कार्यालय ललितपुरले जिल्ला प्रशासन कार्यालय र नेपाल कृषि अनुसन्धान परिषद्समेतमा पत्राचार गर्दा जिल्ला प्रशासन कार्यालयले उक्त जग्गा अधिग्रहणमा नपरेको, मुआब्जा पनि नलिएको त्यस कार्यालयको रेकर्डबाट रोक्का नरहेको भनी मिति २०६३/३/१ र मिति २०६३/३/६ मा पत्राचार गरेको अवस्था देखिन्छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले च.नं.१२३२ मिति २०६३/८/२७ मा गरेको पत्रानुसार अधिग्रहणमा नपरेको, मुआब्जा पनि नलिएको, रोक्कासमेत नरहेको मेरो पैतृक सम्पत्ति केवल सरकारी कार्यालय भएको नाताले धम्कीको भरमा मालपोत कार्यालय ललितपुरले कृषि अनुसन्धान परिषद्‌को नामम