निर्णय नं. ११२११ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२११ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०४/२४ १३०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७९।४।२४ ०७१-WO-०८२२ मुद्दा : उत्प्रेषण निवेदक : जिल्ला रौतहट, पिपरिया गा.वि.स. वडा नं. ६ घर भई सशस्त्र प्रहरी सेनामुख दरबन्दीबाट हटाइएको प्र.ज. आशनारायण राय यादव विरूद्ध प्रत्यर्थी : श्री प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंसमेत वस्तुत: कुनै कानूनको संशोधन हुँदा कार्यविधिका हकमा तत्काल कायम रहेको कानूनलाई नै अवलम्बन गर्नुपर्ने । (प्रकरण नं. २) प्रहरी सेवाजस्तो संवेदनशील सेवामा रही देश र देशवासीको सेवामा खटिएको सुरक्षाकर्मीले सेवाको समयमा कमान्डरसँग वादविवाद, झगडा र हातपात गरी चोट छाड्नुलाई सामान्य विषय भनी मान्न नमिल्ने । यो केवल अनुशासनको उल्लङ्घनको विषयमा मात्र नभई प्रचलित कानूनको बर्खिलापको कार्यसमेत हुने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री विजयकुमार यादव, श्री शिशिरकुमार यादव, श्री सफिद राइन र श्री सुरेश महतो प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमाकान्त भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. नहकुल सुवेदी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं धारा १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- संक्षिप्त तथ्यगत बेहोरा म निवेदक सशस्त्र प्रहरी सेवामा मिति २०६६।३।२५ मा प्रवेश गरी प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार डिउटी पूरा गरी काम गरी आएको छु । यसै क्रममा मिति २०७१।१२।२१ गते राति २२:०० बजेदेखि ऐ. २२ गतेको ०२:०० बजेसम्म जिल्ला महोत्तरी जलेश्वर न.पा. ६ स्थित आयुर्वेद चोकमा प्र.ह. कृष्ण शर्माको कमान्डमा डिउटी खटिएकोमा सामान्य विवादका कारण प्र.ह. कृष्ण शर्माले अपशब्द बोली एक्कासि मैले बोकेको राइफल निज प्र.ह.कृष्ण शर्माले खोसी ममाथि राइफलले प्रहार गर्न खोज्दा उक्त हतियार भुइँमा बजारिन पुगी राइफलको बटको भाग र रडसमेत भाँचिन गई उक्त हतियार भाँचिएका कारण रिस उठी निजलाई हान्न खोज्दा गल्तीले निजको पिठ्युँमा लाग्न पुगेको थियो । सोपछि मैले निजलाई धकेलीदिँदा भुइँमा रहेको ढुङ्गामा लड्न पुगेको र अर्को प्रहरी आई हामीहरूको झगडा छुट्याइदिएको थियो । सोपश्चात् मलाई किन कारबाही नगर्ने भनी मिति २०७१।१।२२ च.न. ६९१० समेतको पत्रबाट स्पष्टीकरण माग गरिएको थियो । सोअनुसार मैले जवाफसमेत पेस गरेको थिएँ । सोपश्चात् प्रत्यर्थी नं.२ ले नोकरीबाट हटाउने गरी निर्णय गरेको र सोउपर मैले पुनरावेदन गरेकोमा त्यहाँबाट समेत उक्त निर्णय सदर गरेको अवस्था थियो । सो निर्णय गैरन्यायिक, स्वेच्छाचारी र एकपक्षीय रूपमा गरेको हुँदा सो निर्णयउपर उपचारको खोज्ने अन्य वैकल्पिक उपाय नभएकाले यस अदालतमा रिट निवेदनको सहारा लिई उपस्थित भएको छु । प्रत्यर्थी नं. २ र ३ बाट क्रमशः मिति २०७१।१।२३ तथा मिति २०७१।८।२ मा भएका निर्णयहरूमा प्रहरी नियमावली, २०७१ को परिच्छेद १० को नियम ११३ को देहाय (क), (ख) र (घ) अनुसारको कसुर कायम गरी सोही नियम १०९ को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने भनी निर्णय भएको छ । प्रस्तुत मुद्दाको वारदातको सिर्जना मिति २०७०/१२/२१ रहेको थियो । सो अवस्थामा सोही समयमा लागु रहेको प्रहरी नियमावली, २०४९अन्तर्गत नै काम कारबाही तथा सजा