निर्णय नं. ११२१२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२१२ - जालसाजी भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०४/२४ २४४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।४।२४ ०७४-CR-१६७६ मुद्दा:- जालसाजी पुनरावेदक/वादी : भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं.४ हाल सूर्यविनायक नगरपालिका वडा नं.२ बस्ने बिभुत्सा खड्कासमेतको संरक्षक भई आफ्नो हकमा समेत टिकाबहादुरको छोरा ऐ. ऐ. बस्ने खगेन्द्र खड्का विरूद्ध प्रत्यर्थी/प्रतिवादी : भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं.४ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३ बाँसबारी बस्ने कल्पना के.सी.समेत कुनै कानूनको व्याख्या गरेर वा कुनै कानूनी सिद्धान्तको आधारमा यस अदालतबाट निर्णय भएको छ भने पछिल्लो समान प्रकृतिको मुद्दामा त्यस्तो निर्णय अनुशरण गर्नुपर्ने । न्याय सम्पादनमा एकरूपता र निश्चितताको लागि अघिल्लो मुद्दामा प्रतिपादित नजिर सिद्धान्त पछिल्लो समान प्रकृतिको मुद्दामा प्रयोग र पालना गर्नु विधिशास्त्रीय मान्यता हुने । निर्णय अनुशरण गर्दा पहिले सिद्धान्त कायम भएको मुद्दाको तथ्यगत अवस्था र पछिल्लो मुद्दाको तथ्यगत अवस्था समान प्रकृतिको छ वा छैन भन्ने सम्बन्धमा अत्यन्त सावधानिकताको साथ हेरिनुपर्ने । न्याय एउटा अमूर्त कुरा भए तापनि अनुभूति गर्न सकिने किसिमको हुनुपर्ने । न्यायलाई निरपेक्ष ढङ्गले हेरिनु नहुने । मुद्दाको विषयवस्तु, अवस्था, परिस्थिति र सम्बद्ध कानूनको सापेक्षतामा न्याय खोज्नुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र अधिवक्ता श्री तेजबहादुर कटुवाल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री माधव बास्कोटा, श्री हरिहर दहाल र श्री रामकृष्ण निराला अवलम्बित नजिर : सम्बद्ध कानून: सुरू तहमा फैसला गर्ने मा. जि. न्या. श्री विष्णुप्रसाद सुवेदी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री उमेशराज पौड्याल मा. न्या. श्री मेघनाथ भट्टराई उच्च अदालत पाटन फैसला न्या. आनन्दमोहन भट्टराई: न्याय प्रशासन ऐन, २०७३ को दफा दफा १२(१) को देहाय (क) र (ख) को आधारमा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:- तथ्य खण्ड फिरादीहरूको हक लाग्ने फिरादी संयुक्त राष्ट्र संघको करिब १८ महिनाको शान्ति मिसन, स्वदेशको कमाइ, घर भाडा र अमेरिकाको ८ वर्षको दु:ख पसिनाले कमाइ गरी अन्यायी कल्पना के.सी. खड्काको नाममा खरिद गरेको भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं. १ को कि.नं. ३८२ को क्षेत्रफल ०-११-२-० मध्ये उत्तरतर्फ कि.का. गरी कायम हुन आएको ऐ.को कि.नं. १३५५ को क्षेत्रफल ०-१-०-० जग्गा कि.नं. १३५८ र १३६२ मा प्लट मिलान हुने गरी र साबिक कि.नं. ३८२ मध्येबाटै कि.का. गरी कायम हुन आएको कि.नं. १३५६ को क्षेत्रफल ०-०-३-० बाटो प्रयोजनको लागि हक छोडिएको मालपोत कार्यालय भक्तपुरको मिति २०६६।०४।२८ मा पारित राजीनामाको लिखत मुलुकी ऐन, किर्ते कागजको महलको ३ नं.बमोजिम जालसाजी घोषित गरी उक्त लिखत बदर गरी विपक्षी प्रतिवादीहरूलाई किर्ते कागजको महलको १० नं.बमोजिम हदैसम्म सजाय गरिपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । प्रचलित कानूनले लाग्नै नसक्ने प्रमाणले दाबी पुग्नै नसक्ने, हकदैयाविहीन विपक्षीको फिराद दाबी झुट्टा भएकाले त्यस्तो