निर्णय नं. ११२१३ - चेक अनादर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१३ - चेक अनादर भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/१२/०५ १०५६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।१२।५ ०७२-CR-०११६ मुद्दाः- चेक अनादर पुनरावेदिका/प्रतिवादी : शिवप्रसाद चापागाईकी श्रीमती, सुनसरी जिल्ला, धरान नगरपालिका, वडा नं.१९ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.३१ बस्ने जमुना भट्टराई विरूद्ध प्रत्यर्थी/वादी : नारायणप्रसाद पोखरेलकी छोरी, विवेक घिमिरेकी श्रीमती, साबिक सुनसरी जिल्ला, इनरूवा नगरपालिका, वडा नं.१ घर भई हाल काठमाडौं जिल्ला, धापासी गाउँ विकास समिति, वडा नं.८ बस्ने अल्का घिमिरे विनिमेय अधिकारपत्र ऐन, २०३४ अन्तर्गत चलेको चेक अनादर मुद्दामा मुख्य रूपमा चेक काटिएको हो वा होइन ? चेक रीतपूर्वकको छ वा छैन ? र सो चेक बैंकमा पेस भई अनादर भएको हो वा होइन ? भन्नेसम्म हेरिने । वादी र प्रतिवादीबिच के कस्तो कारोबार थियो, कति लिनु वा बुझाउनु बाँकी थियो भन्ने कुरा चेक अनादर मुद्दामा नहेरिने । चेकलाई “विनिमेय” वस्तु भनेको अर्थ नै त्यसको विनिमेयतामा कुनै अवरोध नआओस् भन्ने हुने । त्यसैले यस्तो मुद्दाहरूमा चेकसँग सम्बन्धित विषयमा सीमित रहेर विवादहरूको निरूपण गरिनुपर्ने । (प्रकरण नं. ६) पुनरावेदिका / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : विनिमेय अधिकारपत्र ऐन, २०३४ फैसला न्या. डा. आनन्दमोहन भट्टराई: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड पहिलादेखि नै चिनजान रहेको कारण विपक्षी र मेरोबिचमा लेनदेन कारोबार हुँदै आएको थियो । विपक्षीले मबाट लगेको रू.१५,००,०००।- (पन्ध्र लाख रूपैयाँ) माग गर्दा आफ्नो उद्योग व्यवसाय फस्टाउने क्रममा रहेकोले एकैपटक एकमुष्ट रकम बुझाउन नसक्ने हुँदा पटक पटक गरी लानुहोस् भनी मिति २०६९/१/५, २०६९/१/२५ र २०६९/२/१५ मा बैंक अफ एसिया न्युरोड शाखाको क्रमशः चेक नं. ००१९१८००८, ००१९१८००९ र ००१९१८०१० बाट पाँच / पाँच लाख गरी जम्मा रू. पन्ध्र लाखको चेक दिनुभएको थियो । चेकहरू लिई बैंकमा जाँदा चेकमा रकम छैन साट्न सकिँदैन भनी बैंकले जवाफ दिएकोले विपक्षीलाई सो विषयमा जानकारी गराउँदा दुई दिनमा रकम जम्मा गरिसक्छु, त्यसपछि मात्र रकम साट्न जानुहोला भन्नुभएकोले सोहीबमोजिम दुई दिनपछि जाँदासमेत बैंकले उक्त खातामा रकम जम्मा नभएको जवाफ दिएकोले चेक भुक्तानी हुन सकेन । त्यसपछि रकम उपलब्ध गराइदिनुहोस् भन्दा अब तपाइँको कुनै रकम म दिन्न, जे सक्नुहुन्छ गर्नुहोस् भनेकोले र पछिल्लो पटक लगेको ऋणको सम्बन्धमा ऐनका म्यादभित्र छुट्टै नालेस गर्ने मेरो कानूनी अधिकार सुरक्षित नै रहेको हुँदा विनिमेय अधिकारपत्र ऐन, २०३४ को दफा ५४ बमोजिम २२ प्रतिशतका दरले हुने ब्याज रकमसमेत सम्पूर्ण रकम मलाई दिलाई भराइपाऊँ । साथै, सोही ऐनको दफा १०७ बमोजिम विपक्षीलाई हदैसम्म कैद तथा जरिवानासमेत गरिपाउँ भन्ने बेहोराको फिराद दाबी । विपक्षी वादीले फिरादमा उल्लेख गरेका सबै कुरा सत्य होइनन् । विपक्षी र मबिच विभिन्न कारोबार भएको हो । विपक्षीले भनेजति रकम तिर्नुपर्ने होइन । विपक्षीसँग हिसाब किताब गर्न बाँकी नै रहेकोले कति तिर्नुपर्ने हो यकिन भन्न सक्दिनँ । विपक्षीले मलाई अप्ठेरो पर्‍यो चेक चाहिँ दिनुहोस् हिसाब गर