निर्णय नं. ११२१४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१४ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०३/०५ १८९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना आदेश मिति : २०७९।३।५ ०७५-WO-०२७९ मुद्दा: उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १० थापागाउँ, नयाँ बानेश्वरमा कार्यालय रहेको उपभोक्ता हित संरक्षण मञ्च-नेपालको तर्फबाट अधिकार प्राप्त भई आफ्नो हकमा समेत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं. ३ बस्ने अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना विरूद्ध विपक्षी : नेपाल चिकित्सक संघ, प्रदर्शनीमार्ग, काठमाडौंसमेत कुनै समयमा कुनै समूह वा मन्त्रालयबाट भएको कुनै सहमति विरूद्ध रिटको माध्यमबाट हस्तक्षेप गर्नु उपयुक्त नहुने । कानूनमा गरिने संशोधनको सम्भाव्यतालाई रोक्न माग गरिएको रिट औचित्यपूर्ण र मनासिब नदेखिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ज्योती बानिया, श्री कुमारी खरेल, श्री हरिप्रसाद मैनाली र श्री विष्णुप्रसाद तिमल्सेना विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री विदुर कुमार कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ आवश्यक सेवा सञ्चालन ऐन, २०१४ आदेश न्या.प्रकाशकुमार ढुङ्गाना : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छ:- रिट निवेदनको तथ्यगत बेहोरा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २३० को उपदफा (३) मा भइरहेको इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानव अङ्गलाई कुनै खास प्रतिकूल असर नपर्ने गरी मामुली प्रकृतिको औषधी खुवाउने वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्न बाधा पुग्ने छैन भन्ने व्यवस्था खारेज गर्ने, दफा २३३ को उपदफा (३) पछि ३(क) थप गरी उपदफा (१)(२)(३) मा जुनसुकै कुरा लेखिएको भए पनि प्राकृतिक विपद् सडक दुर्घटना, वा महामारी जस्तो विशेष परिस्थितिमा बिरामीको ज्यान जोगाउनको लागि सम्बन्धितलाई जानकारीबेगर उपचार गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था गर्न, दफा २३९ पछि दफा २३९(क) र २३९(ख) थप गरी दफा २३९(क) मा यस परिच्छेदको विभिन्न प्रकरणमा उल्लिखित सजाय गर्नुअघि सम्बन्धित काउन्सिलको छानबिन प्रतिवेदनको आधारमा मात्र गर्नुपर्ने छ भन्ने व्यवस्था र दफा २३९(ख) थप गरी सोको उपदफा (१) मा कर्तव्य पालनाको सिलसिलामा रहेको स्वास्थ्यकर्मी उपर कसैले गाली गलौज, हातपात र कुटपिट गर्न नहुने । उपदफा (२) मा कुनै पनि स्वास्थ्य संस्थामा तोडफोड आगजनी र हुलदङ्गा गर्न नहुने र उपदफा (३) मा उपदफा (१) र (२) विपरीत कसुर गर्ने गराउने व्यक्तिलाई बिनाधरौटी थुनामा राखी कुटपिट र अङ्गभङ्गसम्बन्धी परिच्छेदमा उल्लिखित सजाय हुने छ भन्ने व्यवस्था गर्न र दफा ४० को उपदफा (१) मा उजुर गर्ने हदम्याद जहिलेसुकै पनि उजुर लाग्ने छ भन्ने शब्दको सट्टा ज्यान मरेको मितिले ६ महिना नाघेपछि उजुरी लाग्ने छैन भन्ने शब्द हुनुपर्ने गरी उक्त कानूनी व्यवस्थामा संशोधन गर्ने गराउने गरी विपक्षीहरूका बिच सहमति भएको भन्ने छ, उक्त सहमतिबमोजिम मन्त्रालयले भदौ २५ गतेभित्र संसद्‌मा संशोधन प्रस्ताव दर्ता गर्ने सो नगरे विपक्षी चिकित्सक संघले अस्पताल बन्द, हड्ताल, सेवा इन्कारसमेतका आन्दोलन घोषणा गरी उक्त सम्झौता कार्यान्वयन गर्ने गराउने गरी र मिति २०७५।५।२५ गते विपक्षी संघले अ