निर्णय नं. १५५६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५५६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३९/०५/२९ २७७२ निर्णय नं. १५५६ ने.का.प. २०३९ अङ्क ५ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज गुरुघराना माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको रि.फू नं. ४६ आदेश भएको मिति : २०३९।५।२९।३ मा निवेदिका : का.जि.बसन्तपुर बस्ने केशवकुमारी शाह समेत विरुद्ध विपक्षी : का.जि.भगवनस्थान गा.पं.वडा नं.२ बस्ने,सु.बे.गोविन्दबहादुर लामिछाने विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) कुनै पनि अधिकार प्राप्त निकायले निर्णय गर्दा जुन कुराको दावी उजुरवालाले लिएको छ सोही कुरामा सीमित रहेर निर्णय गर्नु पर्छ । वादी दावी भन्दा बाहिर गई गरिएको निर्णयलाई स्वीकार योग्य मान्न सकिदैंन । (प्रकरण नं. ११) (२) सनदले प्रदान गरेको अधिकार क्षेत्र भन्दा बढी अधिकार प्रयोग गरेको देखिन आएकोले उक्त विषयमा अधिकार क्षेत्र नाघी निर्णय गरेको देखिन्छ । तसर्थ पशुपतिनाथ अमालकोट कचहरिले ०३१।८।६ मा विवादको घर जग्गा ओमकारनाथका नाउँमा लगत कस्ने गरी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान अ.श्री शोभाकर उपाध्याय र वैतनिक अ.श्री विश्वराम खयरगोली आदेश न्या.धनेन्द्रबहादुर सिंह १. सर्वोच्च अदालतबाट ०३७।१।२७ मा छिनिएको मिसिल झिकी त्यस अदालतम उपस्थित रहेका सबै न्यायाधीशहरुको फुलबेञ्चबाट दोहर्‍याई कानून बमोजिम गरी छिनी दिनु भन्ने श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग मार्फत भई आएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ : २. विपक्षी अमालकोट कचहरी कार्यालयमा सालको ठेक रु.१०४८।–बुझाउनु पर्ने सर्भे नापी अनुसार हुन आएको कि.नं.२१ को रोपनी ०–८–१ जग्गाको तत्कालिन जग्गाधनी श्री पशुपति अमालकोट र मोही ओमकारनाथ भएकोमा निज ओमकारनाथले मोहीको सोही मलाई गरी दिनु भएकोले घर समेत बनाई बसोबास भोग चलन गराई आएको ०२१ सालमा भूमिसुधार लागू हुँदा जोताहा अस्थाई निस्सा प्राप्त गरेकोमा उक्त ०–८–१ जग्गादेखि पश्चिमपट्टिको पर्ति जग्गामा बार बेर गरी आवाद गर्न खोज्नु भएको भनी विपक्षी चिरञ्जीवीप्रसादले श्री पशुपति अमालकोट कचहरीमा उजुर दिई अमालकोटबाट विपक्षी ओमकारनाथ र म निवेदकलाई झिकाईएकोमा मोही मेरै नाउँमा कायम हुनु पर्ने मेरो प्रतिवाद भएकोमा अमालकोटबाट उक्त ०–८–१ जग्गा साविक मोही ओमकारनाथका नाउँमा सलामी लिई नापी भएका सालदेखिको भू.बहाल बर्ष १ को रु.५।३० ले हुन आउने रकम आम्दानी बाँधी ओमकारनाथका नाउँमा लगत कसी दिने र आवाद गर्न नहुने जग्गामा आवाद गर्ने गोविन्दबहादुरलाई रु.५।–दण्ड गरी दिने समेत गरी ०३१।८।६ मा निर्णय भयो । प्रस्तुत मुद्दा हेर्ने अधिकार पशुपति अमालकोटलाई छैन । वादी दावी भन्दा बढ्ता गई निर्णय गरिएको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ तथा नियम ६ समेतद्वारा मोहीको हक प्राप्त म निवेदकलाई अधिकार क्षेत्र नै नभएको कचहरीले दावी भन्दा बाहिर गई गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउा भन्ने समेत